सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । म्यामोग्राफी मेसिन खरिदमा भएको भनिएको भ्रष्टाचार मुद्दामा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता मिश्रासहित ८ जनाले सफाइ पाएका छन्।
विशेष अदालतले सोमबार उक्त मुद्दामा फैसला सुनाउँदै डा. मिश्रासहित आठ जनाविरुद्ध लगाइएको भ्रष्टाचारको आरोप पुष्टि हुन नसकेको ठहर गर्दै सफाइ दिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागको महानिर्देशक रहेका बेला डा. मिश्रासहितका पदाधिकारीहरूले म्यामोग्राफी मेसिन खरिद प्रक्रियामा अनियमितता गरेको आरोप लगाउँदै मुद्दा दायर गरेको थियो। तर अदालतले उनीहरूको प्रत्यक्ष संलग्नता प्रमाणित नभएको निष्कर्ष निकाल्दै सफाइ दिएको हो।
सफाइ पाउनेहरूमा विवेककुमार लाल, भुवनप्रसाद काफ्ले, दीपक अधिकारी, यादवप्रसाद देवकोटा, शम्भुप्रसाद ढकाल, सीता घिमिरे र तिलकराम ढकाल पनि रहेका छन्।
यद्यपि, सोही प्रकरणमा डा. श्रवण, डा. चौरसियासहित चार जनालाई विशेष अदालतले दोषी ठहर गरेको छ। अदालतले उनीहरूलाई चार महिना कैद र जरिवानाको सजाय सुनाएको छ।
त्यस्तै, उपकरण आपूर्ति गर्ने कम्पनी म्याक्सिम इन्कर्पोरेशन ट्रेडर्स प्रालि**का सञ्चालक सुन्दर भुसाललाई पनि दोषी ठहर गरिएको छ। अदालतले कम्पनी र सञ्चालक भुसाललाई मुख्य दोषीहरूको मतियारको भूमिका खेलेको ठहर गर्दै भ्रष्टाचार निवारण ऐनअनुसार कैद तथा जरिवानाको फैसला गरेको छ।
विशेष अदालतको फैसलासँगै चर्चित स्वास्थ्य उपकरण खरिद प्रकरणमा केही अभियुक्तले सफाइ पाउँदा केहीलाई भने सजाय तोकिएको छ।
अदालतबाट सफाइ पाएसँगै डा.मिश्रा आज सोमबारदेखि मन्त्रालयमा पुगेर हाजिरी गरेकी छन् ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा