सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने २ हजार ७६ जना सवारी चालक पछिल्लो २४ घण्टामा कारबाहीमा परेका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई कारबाही गर्दा राज्यकोषमा १० लाख ५३ हजार ५१० रुपैयाँ राजस्व संकलन भएको छ।
कारबाहीमा पर्नेहरूमध्ये मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने ८८ जना, नियमविपरीत राइड सेयरिङ गर्ने ९३ जना, ट्राफिक संकेत बत्ती उल्लंघन गर्ने ११७ जना तथा तीव्र गतिमा सवारी चलाउने २२८ जना रहेका छन्।
त्यसैगरी लेन अनुशासन पालना नगर्ने १२९ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ५७ जना, सडक पेटीमा सवारी पार्किङ गर्ने ९० जना तथा एकतर्फी सडक नियम उल्लंघन गर्ने ८८ जना चालकलाई पनि कारबाही गरिएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार अन्य विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने १ हजार १८६ जना चालकलाई समेत कारबाही गरिएको छ।
ट्राफिक प्रहरीले सडक अनुशासन कायम गर्न तथा दुर्घटना न्यूनीकरणका लागि निगरानी र कारबाही अभियानलाई थप प्रभावकारी बनाउँदै लगिएको जनाएको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा