सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रुपन्देही । नेकपा एमालेका महासचिव शंकर पोखरेल ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेल लाई सुर्खेतमा नियन्त्रणमा लिइएको घटनालाई पूर्वाग्रही, प्रतिशोधपूर्ण र अदृश्य शक्तिकेन्द्रको प्रभावमा भएको कदम भएको आरोप लगाएका छन्।
सुर्खेतमा आयोजित एमालेको कर्णाली प्रदेशस्तरीय चुनावी समीक्षा कार्यक्रममा सहभागी रहेका पौडेललाई प्रहरीले नियन्त्रणमा लिएपछि महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
पोखरेलका अनुसार सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशकले केही समयअघि पौडेललाई टेलिफोन गरी ‘भोलि काठमाडौं आएपछि सम्पर्कमा आउनु होला’ भन्ने अनुरोध गरेका थिए। तर त्यसको केही समयपछि नै सुर्खेत प्रहरीलाई पत्राचार गरी नियन्त्रणमा लिन निर्देशन दिइएको घटनाले अनुसन्धान गर्ने राज्यका निकाय स्वतन्त्र नभई अदृश्य शक्तिकेन्द्रबाट सञ्चालित भइरहेको आशंका पैदा गरेको उनले बताएका छन्।
कार्यक्रमकै क्रममा प्रहरीबाट ताकेता आएपछि पोखरेल र पौडेलबीच केहीबेर छलफल भएको र त्यसपछि पौडेल प्रहरीको गाडीमा गएको जनाइएको छ।
पोखरेलले राज्यका न्यायिक तथा अनुसन्धानमूलक निकायहरू राजनीतिक पूर्वाग्रह, प्रतिशोध वा सस्तो लोकप्रियताबाट प्रभावित हुनु नहुने उल्लेख गर्दै अनुसन्धान र अभियोजन प्रक्रिया तथ्य, प्रमाण र कानुनको आधारमा सञ्चालन हुनुपर्ने बताएका छन्। उनका अनुसार यस्ता निकायहरू कसैलाई सिध्याउने वा रिसइबी साँध्ने माध्यम बन्नु हुँदैन।
एमाले न्यायपूर्ण समाज र निष्पक्ष न्यायको पक्षमा दृढ रहेको उल्लेख गर्दै पोखरेलले उपाध्यक्ष पौडेलमाथिको कारबाही आफ्नो पार्टीको मान्यताविपरीत भएको दाबी गरेका छन्।
पौडेल र पोखरेल पछिल्लो समय एमालेभित्र नेतृत्व पुनःगठन तथा संगठन सुदृढीकरण अभियानमा सँगै सक्रिय रहँदै आएका छन्।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा