सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । सुर्खेतबाट पक्राउ परेका नेकपा (एमाले) उपाध्यक्ष विष्णु पौडेललाई काठमाडौं ल्याइएको छ ।
पार्टीको कार्यक्रमका लागि सोमबार सुर्खेत पुगेका पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोलीले कार्यक्रमस्थलबाटै नियन्त्रणमा लिएको थियो ।
पक्राउपछि सोमबार राति नै काठमाडौं ल्याउन हिँडाइएका पौडेललाई सार्वजनिक सवारीसाधनमार्फत मंगलबार दिउँसो करिब १२ः१५ बजे सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पुर्याइएको हो ।
विभागले पौडेललाई म्याद थपका लागि आजै अदालतमा उपस्थित गराउने तयारी गरेको छ । अनुसन्धानका क्रममा पौडेलको निवासबाट केही कागजातसमेत बरामद गरिएको बताइएको छ ।
पौडेल जेनजी आन्दोलनअघिसम्म तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा अर्थमन्त्रीको जिम्मेवारीमा रहेका थिए ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा