• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ८, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • ‘प्रधानमन्त्रीले राष्ट्रिय स्वाभिमान जोगाउन सक्नुहुन्न भने राजीनामा दिनुस्’ : साजिदा सिद्धिकी

      एमाले उपाध्यक्ष पौडेल सुर्खेतबाट पक्राउ

      ‘मदनकृष्ण’ बायोपिक नेपाली चलचित्र उद्योगको अर्को माइलस्टोन बन्नेछ : दिनेश डिसी

      वैकल्पिक राजनीतिको म्यान्डेट पूरा गर्ने नेतृत्व आउँछ : केपी खनाल

      रास्वपा महाधिवेशनः सागर ढकालले गरे सहमहामन्त्री पदमा दाबी

      जेनजी आन्दोलनलाई राष्ट्रव्यापी बनाउने अभियान सुरु भएको छ : ऋषि धमला

      छोरी लिएर सौराहा घुम्दै प्रधानमन्त्री वालेन्द्र शाह

      सरकारको हनिमुन पिरियडमा योजना र कार्यान्वयन कमजोर देखियो : सांसद सिद्धिकी

      राहदानी छपाई प्रकरण: आरजु राणासहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

      रास्वपा महाधिवेशनः उपसभापति पदमा प्रतिभा रावलको उम्मेदवारी घोषणा

      दक्षिणढोकामा स्वागत ट्रेडिङ ग्रुपको नयाँ बहु–ब्रान्ड शोरूम संचालनमा

      गृहमन्त्री सुधन गुरुङ विरुद्ध मानव अधिकार आयोगमा उजुरी

      १ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

      ११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

      म्यामोग्राफी मेसिन खरिद भ्रष्टाचार मुद्दामा डा. संगीता मिश्रासहित ८ जनाले पाए सफाइ

    होमपेज /  अन्य

    राहदानी छपाई प्रकरण: आरजु राणासहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ अषाढ ८, सोमबार (१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ७५ पटक पढिएको
  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ई–पासपोर्ट (विद्युतीय राहदानी) छपाइ ठेक्का प्रकरणमा पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवासहित १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

    सोमबार दायर गरिएको मुद्दामा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, सूचना प्रविधि निर्देशक सुनिलकुमार केसी, तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्यलगायतलाई प्रतिवादी बनाइएको छ। आयोगले उक्त प्रकरणमा १० अर्ब १३ करोड ४ लाख ६१ हजार ४७७ रुपैयाँ बिगो दाबी गरेको छ।

    अख्तियारका अनुसार राहदानी खरिद तथा छपाइ ठेक्कामा गम्भीर अनियमितता भएको निष्कर्षसहित १० जना कर्मचारी, दुई कम्पनी, चार विदेशी नागरिक तथा दुई जर्मन कम्पनीका नेपाली प्रतिनिधिविरुद्ध मुद्दा दायर गरिएको हो।

    आयोगले अनुसन्धानका क्रममा पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्र सचिव अमृतबहादुर राई तथा पूर्वसचिव एवं बेल्जियमका लागि नेपाली राजदूत सेवा लम्सालसँग समेत बयान लिएको जनाएको छ।

    हाल न्यायिक हिरासतमा रहेका महानिर्देशक तीर्थराज अर्याल, सूचना प्रविधि निर्देशक सुनिल केसी, तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य तथा जर्मन कम्पनी मुल्हबाउरका नेपाली प्रतिनिधि मुनिन्द्रराज मल्लसहित सात जनालाई अभियोगपत्रसहित अदालतमा उपस्थित गराइएको छ।

    राहदानी विभागले सन् २०२५ जुन ६ मा जर्मनीका सुरक्षा मुद्रण कम्पनी भेरिडोस जीएमबीएच र मुल्हबाउर लाई ई–पासपोर्ट उत्पादन तथा व्यवस्थापनको ठेक्का दिएको थियो। ठेक्का अन्तर्गत राहदानी पुस्तिका उत्पादन, डेटा व्यवस्थापन, व्यक्तिगत विवरण छपाइ, गुणस्तर नियन्त्रण र प्याकेजिङको जिम्मेवारी ती कम्पनीहरूले पाएका थिए।

    अख्तियारको अनुसन्धानमा राहदानी प्रकरणमा करिब ८ अर्ब रुपैयाँ बराबरको अनियमितता भएको निष्कर्ष निकालिएको छ। विभागले २०८१ मंसिरमा पाँच वर्षका लागि ६४ लाख थान विद्युतीय राहदानी आपूर्ति तथा प्रणाली व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो।

    अनुसन्धानका क्रममा तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवाले २०८१ फागुन ९ गते महानिर्देशक तीर्थराज अर्यालको संयोजकत्वमा बोलपत्र मूल्याङ्कन समिति गठन गरेको र सोही दिन सूचना प्रविधि निर्देशक सुनिल केसीको नेतृत्वमा प्राविधिक उपसमिति बनाएको खुलासा भएको छ। अख्तियारको दाबी अनुसार दुवै समितिले पूर्वनिर्धारित कम्पनीलाई ठेक्का दिन प्रक्रिया अघि बढाएका थिए।

    ठेक्का अन्तर्गत मुल्हबाउरले करिब १ अर्ब ५५ करोड रुपैयाँ र भेरिडोसले करिब ६ अर्ब ५५ करोड रुपैयाँको सम्झौता पाएका थिए। यद्यपि, ठेक्का सम्झौता भए पनि राहदानी छपाइ तथा प्रणाली व्यवस्थापनको काम अझै सुरु भएको छैन।

    खरिद प्रक्रिया र सम्झौतामा सार्वजनिक खरिद नियमावली उल्लंघन भएको आशंकापछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको चासोमा अख्तियारले विस्तृत अनुसन्धान अघि बढाएको थियो। उक्त प्रक्रियामा फ्रान्सेली कम्पनी आइडिमिया प्रतिस्पर्धाबाट बाहिरिएको विषय पनि विवादको केन्द्रमा रहेको छ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    एमाले उपाध्यक्ष पौडेल सुर्खेतबाट पक्राउ

    काठमाडौं उपत्यका बन्यो बर्डफ्लुको हटस्पट, मानिसमा कसरी सर्छ ?

    धुलो र हिलोमुक्त हुँदै सोरुका बस्तीहरु

    सौगल गणेश मन्दिरमा सेतो मुसा, ‘शुभ संकेत’ हुने विश्वास

    सिरहामा प्रहरीको गोलीपछि कुख्यात भारतीय लागू औषध कारोबारी पक्राउ, ब्राउन सुगरसहित नियन्त्रणमा

    महाधिवेशनमा निम्तो नपाएपछि मुकुल ढकालको असन्तुष्टि, भने– ‘पार्टी स्थापना गर्ने म सूचीमै परिनँ’

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ‘प्रधानमन्त्रीले राष्ट्रिय स्वाभिमान जोगाउन सक्नुहुन्न भने राजीनामा दिनुस्’…

    एमाले उपाध्यक्ष पौडेल सुर्खेतबाट पक्राउ

    ‘मदनकृष्ण’ बायोपिक नेपाली चलचित्र उद्योगको अर्को माइलस्टोन बन्नेछ…

    वैकल्पिक राजनीतिको म्यान्डेट पूरा गर्ने नेतृत्व आउँछ :…

    छोरी लिएर सौराहा घुम्दै प्रधानमन्त्री वालेन्द्र शाह

    गृहमन्त्री सुधन गुरुङ विरुद्ध मानव अधिकार आयोगमा उजुरी

    म्यामोग्राफी मेसिन खरिद भ्रष्टाचार मुद्दामा डा. संगीता मिश्रासहित…

    काठमाडौं उपत्यकामा एकै दिन २ हजार ७६ चालक…

    आर्थिक

    १ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

    ११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

    याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑