सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत सचिवालय सदस्य सागर ढकालले सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
ढकालले पार्टीलाई संगठनात्मक रूपमा थप सुदृढ बनाउने, युवा नेतृत्वको भूमिका विस्तार गर्ने तथा पार्टीको वैकल्पिक राजनीतिक अभियानलाई प्रभावकारी ढंगले अघि बढाउने उद्देश्यसहित सहमहामन्त्री पदमा दाबी प्रस्तुत गरेका हुन्।
पार्टीका सक्रिय युवा नेताका रूपमा परिचित ढकालले विभिन्न राजनीतिक तथा संगठनात्मक गतिविधिमा भूमिका निर्वाह गर्दै आएका छन्। उनले महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन प्रक्रियामा आफूलाई सहमहामन्त्री पदका लागि योग्य उम्मेदवारका रूपमा प्रस्तुत गरेका छन्।
रास्वपाको प्रथम महाधिवेशनमा नेतृत्वका विभिन्न पदका लागि उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ। महाधिवेशनले आगामी कार्यकालका लागि पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा