सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वमहामन्त्री डा. मुकुल ढकालले पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनमा आफूलाई निमन्त्रणा नदिइएको भन्दै सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्।
आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै ढकालले पार्टी स्थापना र संगठन निर्माणमा आफ्नो महत्वपूर्ण भूमिका रहेको स्मरण गराउँदै महाधिवेशनको निम्तो सूचीमा समेत आफ्नो नाम नराखिएकोप्रति दुःख व्यक्त गरेका हुन्।
उनले लेखेका छन्, *आज पार्टीले आफ्नो प्रथम ऐतिहासिक महाधिवेशन गर्दैछ। विडम्बना, पार्टी स्थापना गर्ने म भने महाधिवेशनको निम्तो सूचीमा समेत परिनँ।”*
ढकालले महाधिवेशनलाई केवल नेतृत्व चयन वा पद बाँडफाँडको कार्यक्रमका रूपमा नभई पार्टीको वैचारिक दिशा, राजनीतिक मार्गचित्र र भविष्य तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिनुपर्ने धारणा राखेका छन्। उनले पार्टी नेतृत्वलाई व्यक्तिकेन्द्रित राजनीति भन्दा माथि उठेर संगठन र सिद्धान्त केन्द्रित राजनीति गर्न सुझाव दिएका छन्।
उनको अभिव्यक्तिलाई रास्वपाभित्र देखिएको आन्तरिक असन्तुष्टि र नेतृत्वप्रतिको असहमतिको संकेतका रूपमा समेत हेरिएको छ। पार्टीको प्रारम्भिक चरणदेखि सक्रिय रहेका ढकाल पछिल्लो समय नेतृत्वसँगको विवादका कारण अलग हुँदै आएका थिए।
उता, चितवनको भरतपुरमा आइतबारदेखि रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन औपचारिक रूपमा सुरु भएको छ। महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले संयुक्त रूपमा गरेका छन्।
महाधिवेशनमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको समेत उपस्थिति रहेको छ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, एमालेका नेता प्रदीप ज्ञवाली तथा नेकपाका नेता वर्षमान पुन लगायतका नेताहरू उद्घाटन समारोहमा सहभागी भएका छन्।
रास्वपाको प्रथम महाधिवेशन असार ९ गतेसम्म सञ्चालन हुने कार्यक्रम रहेको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा