सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चितवन । नेपाली कांग्रेसका सभापति गगन कुमार थापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा सहभागी हुनु केवल औपचारिक उपस्थिति मात्र नभई महत्वपूर्ण राजनीतिक सन्देशका रूपमा हेरिएको छ।
रास्वपाको महाधिवेशनमा सहभागी भएर थापाले लोकतान्त्रिक राजनीतिक संस्कृतिप्रति आफ्नो प्रतिबद्धता देखाउन खोजेको विश्लेषण गरिएको छ। फरक राजनीतिक विचार र दल भए पनि लोकतान्त्रिक अभ्यास, संवाद र सहकार्यलाई महत्व दिनुपर्ने सन्देश उनले दिन खोजेको बुझिएको छ।
त्यस्तै, नयाँ राजनीतिक शक्तिहरूसँग संवाद र सहकार्यका लागि कांग्रेस खुला रहेको संकेत पनि थापाको उपस्थितिबाट गएको राजनीतिक विश्लेषकहरूको भनाइ छ। पछिल्लो समय वैकल्पिक राजनीतिक शक्तिको रूपमा उदाएको रास्वपासँग प्रतिस्पर्धा मात्र होइन, लोकतान्त्रिक मूल्य–मान्यताका सवालमा सहकार्य गर्न सकिने सन्देश पनि यसले दिएको छ।
रास्वपा सभापति रवि लामिछानेलाई सामाजिक सञ्जालमार्फत शुभकामना दिएपछि महाधिवेशनमा प्रत्यक्ष उपस्थित हुनु थापाको राजनीतिक परिपक्वताको संकेतका रूपमा समेत हेरिएको छ।
यससँगै आगामी राजनीतिक समीकरण, लोकतान्त्रिक शक्तिहरूबीचको सम्बन्ध र नयाँ पुस्ताको राजनीतिप्रति सकारात्मक दृष्टिकोण प्रस्तुत गर्ने प्रयासका रूपमा पनि गगन थापाको सहभागितालाई अर्थपूर्ण रूपमा लिइएको छ।
रास्वपाको महाधिवेशनमा गएर गगन थापाले दिन खोजेका सन्देश (बुँदागत)
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा