सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
हुम्ला । हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर आइतबार दिउँसो ४.१ म्याग्निच्युडको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प दिउँसो २ बजेर ३२ मिनेटमा गएको हो। भूकम्पको केन्द्रविन्दु हुम्लाको श्रीनगर आसपास रहेको जनाइएको छ।
भूकम्पका कारण स्थानीयवासीले सामान्य कम्पन महसुस गरेका छन्। यद्यपि, हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त नभएको केन्द्रले जनाएको छ।
सम्बन्धित निकायहरूले भूकम्पपछिको अवस्थाबारे निगरानी गरिरहेका छन् भने प्रभावित क्षेत्रबाट विस्तृत विवरण आउने क्रम जारी रहेको छ।
यसअघि पनि संखुवासभाको च्याम्ताङ आसपास केन्द्रविन्दु भएर ४.० म्याग्निच्युडको भूकम्प गएको थियो। पछिल्ला दिनहरूमा विभिन्न जिल्लामा साना परिमाणका भूकम्पहरू महसुस भइरहेका छन्।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा