• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ७, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • बागमतीको बाढीमा टापुमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

      बागमतीको बाढीमा टापुमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

      सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन :बालेन शाह

      नेतालाई ‘भगवान’ बनाउने प्रवृत्तिले दल कमजोर हुन्छ : गगन थापा

      जङ्गबहादुरको योगदानलाई वस्तुगत रूपमा मूल्याङ्कन गर्नुपर्छ : विद्या भण्डारी

      ‘म नेपाली जनता हाँसेको हेर्न चाहन्छु’ भन्न सक्नुपर्यो, प्रधानमन्त्रीज्यू’ : सिके राउत

      महाधिवेशनमा निम्तो नपाएपछि मुकुल ढकालको असन्तुष्टि, भने– ‘पार्टी स्थापना गर्ने म सूचीमै परिनँ’

      रास्वपाको प्रथम महाधिवेशनः रवि र बालेनले गरे उद्घाटन (फाटोफिचर)

      रास्वपाको महाधिवेशनमा गएर गगन थापाले दिन खोजेका सन्देश

      रास्वपा महाधिवेशनमा विपक्षी दलका नेताको उपस्थिती

      रास्वपा महाधिवेशनमा पुगे बाबुराम र वर्षमान

      हुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

      धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अनुपम संगम: दूधकुण्ड (तस्विरहरू)

      अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन २०२६ : काठमाडौं घोषणापत्र जारी

      फिटनेस अभिनेत्री शिल्पा शेट्टीको योग 

    होमपेज /  राजनीती

    जङ्गबहादुरको योगदानलाई वस्तुगत रूपमा मूल्याङ्कन गर्नुपर्छ : विद्या भण्डारी

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ अषाढ ७, आईतबार (१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १५ पटक पढिएको
  • काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका ऐतिहासिक व्यक्तित्वहरूको मूल्याङ्कन वस्तुगत र सन्तुलित ढंगले गर्नुपर्ने बताएकी छन् ।

    श्री ३ महाराज जङ्गबहादुर राणाको २०९औँ जन्मजयन्तीका अवसरमा आयोजित ‘नेपाली राष्ट्रियता र जङ्गबहादुर’ विषयक प्रवचन कार्यक्रममा बोल्दै भण्डारीले इतिहास कुनै व्यक्तिको प्रशंसा वा आलोचनाको विषय नभई समय, परिस्थिति, उपलब्धि र तिनका प्रभावहरूको समग्र मूल्याङ्कन भएको बताइन् ।

    उनले भनिन्, ‘इतिहास कुनै व्यक्तिको प्रशंसा वा आलोचनाको विषय होइन, बरु समय, परिस्थिति, उपलब्धि र तिनका प्रभावहरूको समग्र मूल्याङ्कन हो । त्यसैले, जङ्गबहादुर राणाको ऐतिहासिक भूमिका र योगदानलाई पनि हामीले वस्तुगत तथा सन्तुलित दृष्टिकोणबाट हेर्नुपर्दछ ।’

    उनले नेपालको राजनीतिक अस्थिरता, षड्यन्त्र र शक्ति सङ्घर्षले ग्रस्त अवस्थामा जङ्गबहादुरको उदय भएको उल्लेख गर्दै उनले राज्य सञ्चालनलाई संस्थागत र व्यवस्थित बनाउन महत्त्वपूर्ण भूमिका खेलेको धारणा राखिन् । वि.सं. १९१० मा जारी गरिएको मुलुकी ऐनलाई नेपालको पहिलो कानुनी संहिताका रूपमा लिन सकिने उनको भनाइ थियो ।

    उनले भनिन्, ‘राज्य सञ्चालनलाई निश्चित नियम, प्रक्रिया र संस्थागत आधारमा अघि बढाउने प्रयत्नस्वरूप वि.सं. १९१० मा उहाँद्वारा जारी मुलुकी ऐनलाई नेपालको पहिलो कानुनी संहिताको रूपमा लिन सकिन्छ। यद्यपि, त्यस ऐनमा तत्कालीन समाजको जातीय संरचना र सामाजिक असमानताका केही पक्षहरू प्रतिविम्बित थिए, जुन आजको मूल्य, मान्यताका दृष्टिले स्वीकार्य मानिँदैन। तथापि, इतिहासको मूल्याङ्कन गर्दा त्यस समयको सामाजिक संरचना, राज्य व्यवस्था र चेतना स्तरलाई समेत सँगसँगै बुझ्नु आवश्यक हुन्छ ।’

    भण्डारीले जङ्गबहादुरका सामाजिक सुधारसम्बन्धी प्रयासहरूको पनि चर्चा गर्दै सती प्रथालाई निरुत्साहित गर्ने पहल उल्लेखनीय रहेको बताइन् । यद्यपि, तत्कालीन समाजको संरचना र चेतनास्तरलाई ध्यानमा राखेर इतिहासको मूल्याङ्कन गर्नुपर्नेमा उनले जोड दिइन् ।

    उनले १९औँ शताब्दीको औपनिवेशिक विस्तारको समयमा नेपालले आफ्नो सार्वभौम अस्तित्व जोगाउन सफल हुनुमा जङ्गबहादुरको नेतृत्व महत्त्वपूर्ण रहेको बताइन् । बेलायत भ्रमणपछि उनले अपनाएको कूटनीतिक व्यवहारले नेपाल र ब्रिटिश साम्राज्यबीचको सम्बन्धलाई व्यवस्थित बनाउन सहयोग पुगेको उनको भनाइ थियो । साथै, नेपाल–ब्रिटिश भारत सीमाना व्यवस्थापनका क्रममा निर्माण गरिएका जङ्गे पिलरहरूले सीमाको स्पष्टता र प्रशासनिक स्थिरतामा योगदान पुर्याएको उनले उल्लेख गरिन् ।

    उनले वर्तमान नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मार्गमा अघि बढिरहेको उल्लेख गर्दै राष्ट्रियताको संरक्षणसँगै लोकतान्त्रिक मूल्य, सामाजिक न्याय, समावेशिता, आर्थिक आत्मनिर्भरता र नागरिक अधिकारको प्रवद्र्धनलाई सँगसँगै अगाडि बढाउनुपर्ने धारणा राखिन् ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    नेतालाई ‘भगवान’ बनाउने प्रवृत्तिले दल कमजोर हुन्छ : गगन थापा

    रास्वपा महाधिवेशनमा विपक्षी दलका नेताको उपस्थिती

    रास्वपा महाधिवेशनमा पुगे बाबुराम र वर्षमान

    गृहमन्त्रीले गरे रास्वपा महाधिवेशन स्थलको निरीक्षण 

    गृहमन्त्रीले गरे रास्वपा महाधिवेशन स्थलको निरीक्षण

    रास्वपा महाधिवेशन : उम्मेदवारी दर्ता शुल्क र आवश्यक कागजातको विवरण सार्वजनिक

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बागमतीको बाढीमा टापुमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा…

    बागमतीको बाढीमा टापुमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा…

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म…

    नेतालाई ‘भगवान’ बनाउने प्रवृत्तिले दल कमजोर हुन्छ :…

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म…

    ‘म नेपाली जनता हाँसेको हेर्न चाहन्छु’ भन्न सक्नुपर्यो,…

    आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लामो…

    रास्वपाको महाधिवेशनमा गगन थापा पनि जाने

    आर्थिक

    बैंकका सिइओको तलब वृद्धिमा राष्ट्र बैंकको कडाइ: फोन, गाडी र ल्यापटपबाहेक बढी सुविधा लिन नपाउने

    आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

    सीताराम गोकुल मिल्कले बजारमा ल्यायो आइसक्रिम र मही

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑