सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
गोरखा । नेकपा एमाले गोरखाले प्रतिनिधिसभा निर्वाचनका लागि गोरखा क्षेत्र नम्बर–२ बाट चक्रे मिलन भनेर चिनिने मिलन गुरुङलाई उम्मेदवारका रूपमा सिफारिस गरेको छ।
जिल्ला कमिटीको निर्णयअनुसार विगतमा गुण्डा नाइकेको छविका कारण चर्चामा आएका मिलनलाई उम्मेदवार सिफारिस गरिएको हो। उनी पटक–पटक विभिन्न विवादमा मुछिँदै आएका छन् भने केही घटनामा पक्राउ समेत परेका व्यक्ति हुन्।
यद्यपि एमालेले मिलन गुरुङ २०५० सालदेखि नै पार्टीमा सक्रिय रहँदै आएको दाबी गरेको छ। पार्टी स्रोतका अनुसार उनी लामो समयदेखि संगठन निर्माण र पार्टी गतिविधिमा संलग्न रहँदै आएका छन्।
अघिल्लो प्रतिनिधिसभा निर्वाचनको समयमा पनि मिलन उम्मेदवार बन्ने चर्चा चलेको थियो। तर अन्तिम समयमा एमालेले गोरखा–२ बाट अब्दुस मियालाई टिकट दिएको थियो।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा भने गोरखा–२ बाट तत्कालीन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित भएका थिए।
एमालेको यो सिफारिसपछि गोरखा–२ को राजनीतिक समीकरण र उम्मेदवार चयनलाई लिएर थप बहस सुरु भएको छ।
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा