सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै बनेका राजनीतिक सहकार्य र एकतालाई लक्षित गर्दै तीव्र व्यंग्य गरेका छन्। उनले बाख्रा, कुखुरा र स्यालको मोर्चाबन्दीले बाघ वा सिंहसँग मुकाबला गर्न नसक्ने टिप्पणी गर्दै आफू नेतृत्वको एमालेलाई बलियो शक्ति भएको दाबी गरे।
मदन–आश्रित स्मृति प्रतिष्ठानले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले एमाले देखेपछि विभिन्न राजनीतिक शक्ति एकआपसमा मिल्न थालेको आरोप लगाए। उनले रवि लामिछाने, बालेन्द्र शाह र कुलमान घिसिङलाई कुखुरा, बाख्रा र स्यालको संज्ञा दिँदै उनीहरूबीचको सहकार्यलाई ‘दुब्लाहरूको गठजोड’ भने।
“विशाल एमाले देखेपछि तिमी र म मिलौँ, ऊसँग पनि मिलौँ भन्ने गरिएको छ,” ओलीले भने, “कुखुराले मोर्चा गरेर, बाख्राले मोर्चा गरेर, स्यालले मोर्चा गरेर बाघको वा सिंहको शिकार हुन्छ र? दुब्लाको काम नै मोर्चा गर्ने हो। बलियासँग लड्न दुब्लाले एकताको कुरा गर्छन्।”
ओलीले नेपाली कांग्रेस र एमालेजस्ता ठूला पार्टीसँग प्रतिष्पर्धा गर्न नसकेपछि साना शक्तिहरूले जो–कोहीसँग पनि सहकार्य र एकताको कुरा गरिरहेको दाबी गरे। उनले कांग्रेससँग नजिकिँदा स्थिति जटिल हुने भन्दै व्यंग्यात्मक शैलीमा टिप्पणी गरे।
“एकातिर नेपाली कांग्रेस छ। छेउमा नगएसम्म त मजै छ, छेउमा गएपछि त गाह्रै पार्छ नेपाली कांग्रेसले,” ओलीले भने, “घरैमा प्रधानमन्त्री बनाइसकेका मान्छे पनि छन्।”
उनले देशमा को लोकप्रिय छ भन्ने कुरा निर्वाचनले नै तय गर्ने उल्लेख गर्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहप्रति घरघरबाट प्रधानमन्त्री घोषणा गरेको भन्दै व्यंग्यसमेत गरे।
ओलीको उक्त अभिव्यक्तिलाई लिएर राजनीतिक वृत्तमा मिश्रित प्रतिक्रिया देखिएको छ। कतिपयले यसलाई राजनीतिक कटाक्षका रूपमा लिएका छन् भने कतिपयले असहिष्णु अभिव्यक्ति भएको टिप्पणी गरेका छन्।

युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा