सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भेटवार्ता भएको छ । जेनजी आन्दोलनपछि दुई शीर्ष नेताबीच भएको यो पहिलो द्विपक्षीय छलफल हो ।
ललितपुरस्थित एक नेताको निवासमा भएको भेटमा समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको बताइएको छ । भेटका क्रममा दुवै नेताले सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको विषयमा समीक्षा गरेका छन् ।
नेकपा संयोजक प्रचण्डको सचिवालयका अनुसार भेटमा सरकारको कार्यशैली, राजनीतिक स्थायित्व तथा अन्य समसामयिक राजनीतिक विषयमा पनि कुराकानी भएको थियो ।
यसअघि शनिबार नै भेट गर्ने सहमति भए पनि प्रचण्ड सङ्खुवासभाबाट काठमाडौं फर्किन ढिलाइ भएपछि भेट स्थगित भएको थियो ।
प्रचण्ड नेकपानिकट ‘नेपाली समाज भारत’को आयोजनामा हुने एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रममा सहभागी हुन आजै दिल्ली प्रस्थान गर्दैछन् । दिल्ली जानुअघि उनले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन् ।
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा