सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपाल’ का अध्यक्ष तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। प्रसाईंलाई सोमबार पोखराबाट प्रहरीले नियन्त्रणमा लिएको हो।
नेपाली कांग्रेसको आन्तरिक विवादका विषयमा सार्वजनिक अभिव्यक्ति दिँदै प्रसाईंले निर्वाचन आयोगले करोडौँ रुपैयाँ लिएर गगन थापा पक्षलाई पार्टीको आधिकारिकता दिएको आरोप लगाएका थिए। उनको उक्त अभिव्यक्तिलाई गम्भीर रूपमा लिँदै निर्वाचन आयोगले प्रसाईंविरुद्ध प्रहरीमा उजुरी दिएको थियो।
उजुरीका आधारमा कास्की प्रहरीले उनलाई पोखराबाट पक्राउ गरेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ। कार्यालयका अनुसार पक्राउ परेका प्रसाईंलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी काठमाडौं पठाउने तयारी भइरहेको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा