• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ १७, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • सुनचाँदीको मूल्य घट्यो

      क्वेडरलाई २-० गोलले हराउँदै मेक्सिको फिफा विश्वकपको अन्तिम १६ मा 

      रास्वपाको महाधिवेशनबाट महिला सहभागिताको ऐतिहासिक मानक : अन्य दलका लागि पनि शिक्षा

      हुलाकको पुनर्जन्म: आधुनिक राज्यको मेरुदण्ड

      एमआरपी कार्यान्वयनमा व्यवसायी अन्योलमा छन् : हिमलाल खराल

      स्विडेनलाई पराजित गर्दै फ्रान्स अन्तिम १६ मा प्रवेश

      पेट्रोल र डिजेलको घट्यो मूल्य

      ‘वेलकम टु द जंगल’ले पाएको सफलताप्रति के भन्छन् सुनील शेट्टी ?

      विश्वकप फुटबलमा चर्चित बन्यो ‘मर्लिन’ हाँस, भिडियो भाइरल

      विष्णु पौडेललाई रिहा गर्न सर्वाेच्चको अस्वीकार, थप कागज मगाउने आदेश

      प्रचण्डलाई ओलीको जवाफः एकता गर्दैनौं पार्टी प्रवेश गर्नेलाई उदारताका साथ समेट्छौं

      नेपालीहरूको जीवन करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित छ : राष्ट्रपति पौडेल

      सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन एनटिसीलाई मन्त्रीको निर्देशन

      संघीयताप्रति प्रमुख दलहरु इमान्दार भएनन् : उपेन्द्र यादव

      सरकारको हस्तक्षेपका कारण एन्फा अन्तर्राष्ट्रिय प्रतिबन्धमा परेको ओलीको आरोप

    होमपेज /  अन्य

    हुलाकको पुनर्जन्म: आधुनिक राज्यको मेरुदण्ड

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ अषाढ १७, बुधबार (१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २५ पटक पढिएको
  • हुलाक सेवा राज्यको एउटा यस्तो आधारभूत र ऐतिहासिक संरचना हो जसले नागरिक र सरकारबीच सञ्चारको सेतुको रूपमा काम गर्दछ । परम्परागत रूपमा चिठ्ठीपत्र ओसार–पसार गर्ने माध्यमको रूपमा मात्र बुझिने हुलाक सेवा आधुनिक समयमा सूचना प्रविधि, वित्तीय कारोबार र ढुवानी व्यवस्थापनको एक एकीकृत केन्द्र बन्दै गएको छ । राज्यका हरेक भूगोल, वर्ग र समुदायसम्म सहजै पहुँच पुर्याउन सक्ने यसको विशिष्ट क्षमताका कारण हुलाकलाई राज्यको सार्वभौमिक उपस्थिति जनाउने बलियो माध्यम मानिन्छ । बदलिदो वैश्विक र प्राविधिक परिवेशमा यसको कार्यशैलीमा व्यापक परिवर्तन आए तापनि यसको सान्दर्भिकता र रणनीतिक महत्त्व झनै बढेर गएको देखिन्छ ।

    संघीय शासन प्रणाली अपनायाका मुलुकहरूमा हुलाक सेवाको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी प्रायः केन्द्रीय वा संघ सरकारको कार्यक्षेत्रभित्र राख्ने गरिन्छ । नेपालको सन्दर्भमा पनि संविधानले हुलाक सेवालाई संघको अधिकारसूची भित्र राखेको छ । यसको मुख्य कारण राष्ट्रिय सुरक्षा, सञ्चारको गोपनीयता र अन्तर्राष्ट्रिय मञ्चमा प्रतिनिधित्वको एकरूपता सुनिश्चित गर्नु हो ।

    विश्व हुलाक संघ जस्ता अन्तर्राष्ट्रिय निकायहरूसँगको समन्वय र विश्वव्यापी सन्धि सम्झौताहरूको कार्यान्वयनका लागि पनि हुलाक सेवालाई केन्द्रीय स्तरमै राख्न आवश्यक मानिन्छ । प्रादेशिक वा स्थानीय तहमा यसको संरचना विभाजन गर्दा सञ्चारको गुणस्तर, सुरक्षा र अन्तर–निकाय समन्वयमा जटिलता आउन सक्ने भएकाले नै संघीय संरचनामा यसको केन्द्रिकृत व्यवस्थापन गरिएको हो ।

    वर्तमान युगमा हुलाक सेवा केवल कागजका पानाहरू ओसारपसार गर्ने परम्परागत दायराबाट माथि उठेर नागरिक केन्द्रित आधुनिक सेवाहरू प्रवाह गर्ने बहुआयामिक संस्था बनिसकेको छ। आधुनिक राज्यमा यसले इलेक्ट्रोनिक व्यापारका सामानहरूको ढुवानी, सुरक्षित वित्तीय सेवा (हुलाक बचत बैंक), राहदानी तथा महत्त्वपूर्ण सरकारी कागजातहरूको सुरक्षित वितरण, र सार्वजनिक सूचना प्रणालीको संवद्र्धन जस्ता महत्त्वपूर्ण जिम्मेवारीहरू सम्हाल्दै आएको छ । प्रविधिको विकाससँगै यस सेवालाई थप जिम्मेवार, विश्वसनीय र व्यावसायिक बनाउन राज्यले रणनीतिक कदमहरू चाल्नुपर्ने आवश्यकता छ । नागरिक र सरकारलाई प्रत्यक्ष जोड्ने भरपर्दो सरकारी सञ्जाल भएकाले यसको सुधार र सुदृढीकरण आधुनिक राज्यको विकासका लागि अपरिहार्य सर्त हो ।

    अधिकारक्षेत्र र आधुनिक दायित्वको विस्तार

    हुलाक सेवाको क्षेत्राधिकार र कार्यक्षेत्र निकै फराकिलो र संवेदनशील प्रकृतिको हुन्छ। यस अन्तर्गत देशभरका र अन्तर्राष्ट्रिय स्तरका डाँक वस्तुहरूको संकलन, प्रशोधन, ढुवानी र वितरणको व्यवस्था पर्दछ । हुलाक सेवाले नागरिकका व्यक्तिगत तथा व्यावसायिक सञ्चारलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउने कानुनी अख्तियारी पाएको हुन्छ ।

    यसको क्षेत्राधिकार भित्र चिठ्ठीपत्र मात्र नभएर पार्सल, द्रुत डाँक सेवा, दर्ता किताब, पत्रपत्रिकाहरूको वितरण र अनलाइन किनमेल गरिएका सामानहरूको सुरक्षित ढुवानी समेत समेटिन्छन् । राज्यको सुरक्षा र नागरिकको गोपनीयतासँग जोडिएको हुनाले यो सेवा पूर्ण रूपमा कानुनी संरक्षण र नियमन भित्र सञ्चालित हुन्छ ।

    हुलाक सेवालाई थप व्यावसायिक, जिम्मेवार र वित्तीय रूपमा सबल बनाउन यसलाई परम्परागत दायराबाट बाहिर निकालेर नयाँ आधुनिक जिम्मेवारीहरू सुम्पिनु अपरिहार्य भइसकेको छ। राज्यले अब हुलाकलाई राष्ट्रिय लजिस्टिक र ढुवानी व्यवस्थापनको केन्द्रीय संयन्त्रको रूपमा पुनर्संरचना गर्नुपर्छ ।

    यस अन्तर्गत राज्यका सम्पूर्ण अंगहरू जस्तै विभिन्न मन्त्रालय, विभाग, अदालत र स्थानीय तहका आधिकारिक एवं संवेदनशील कागजातहरू ओसार–पसार गर्ने ‘एकमात्र आधिकारिक ढुवानी संयन्त्र’को रूपमा हुलाकलाई तोकिनुपर्दछ । यसले एकातिर हुलाकको व्यावसायिकता र आम्दानी बढाउँछ भने अर्कोतिर सरकारी सूचनाको गोपनीयता र सुरक्षा सुनिश्चित गर्दछ ।

    यसका साथै, नागरिक केन्द्रित सेवाहरूको पहुँच विस्तार गर्न हुलाकलाई एकीकृत सेवा केन्द्रको रूपमा विकास गर्न सकिन्छ । राहदानी, चालक अनुमतिपत्र, राष्ट्रिय परिचयपत्र, भूमि सम्बन्धी लालपुर्जा र अदालतका म्याद वा फैसलाहरू नागरिकको घरदैलोमै सुरक्षित रूपमा वितरण गर्ने विशेष जिम्मेवारी हुलाकलाई सुम्पिन सकिन्छ । यस्तै, ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पुर्याउन हुलाक बचत बैंकलाई आधुनिक प्रविधियुक्त लघुवित्त वा राष्ट्रिय भुक्तानी प्रणालीसँग जोडेर सामाजिक सुरक्षा भत्ता वितरण, रेमिट्यान्स भुक्तानी र राजस्व संकलनको आधिकारिक माध्यम बनाउन सकिन्छ । स्थानीय उत्पादन र घरेलु उद्योगका सामग्रीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्ने ई–व्यापारको भरपर्दो ढुवानी साझेदारका रूपमा समेत हुलाकको भूमिका विस्तार गरिनुपर्दछ ।

    आर्थिक गतिविधिमा पनि हुलाक सेवाले महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको छ। विशेष गरी ग्रामीण क्षेत्रमा बैंकिङ पहुँच नपुगेका नागरिकका लागि हुलाक बचत बैंकले वित्तीय समावेशीकरणमा ठूलो सघाउ पुर्याएको छ । नागरिकहरूले आफ्नो सानो पूँजी सुरक्षित राख्ने र सरकारले त्यस पूँजीलाई राष्ट्रिय विकासमा परिचालन गर्ने अवसर यसै माध्यमबाट प्राप्त हुन्छ । यस्तै, ई–कमर्स अर्थात् इलेक्ट्रोनिक व्यापारको प्रवद्र्धनका लागि हुलाकको ढुवानी सञ्जाल मेरुदण्ड साबित हुन सक्छ । साना तथा मझौला उद्योगीहरूले उत्पादन गरेका सामग्रीहरूलाई कम लागतमा बजारसम्म पुर्याउन यसले व्यापारिक सहजकर्ताको भूमिका निर्वाह गर्दछ ।

    त्यसैले, हुलाक सेवालाई केवल घाटामा चल्ने एउटा सरकारी अड्डाको रूपमा हेरिनु हुँदैन । यो त राज्यको सार्वभौमिकता, सुरक्षा, नागरिक कल्याण र आर्थिक विकासको एक एकीकृत पूर्वाधार हो । यसको भौतिक सञ्जाल र जनशक्तिलाई उचित परिचालन गर्न सकेमा यसले राज्यको उत्पादकत्व बढाउन र सुशासन प्रवद्र्धन गर्न ठूलो मद्दत पुर्याउँछ । हुलाक सेवाको आधुनिकीकरण र यसको बहुआयामिक उपयोग नै वर्तमान समयमा राज्यको अर्थपूर्ण उपस्थिति जनाउने उत्तम विकल्प हो ।

    विश्वव्यापी अभ्यास र अन्तर्राष्ट्रिय मोडल

    विश्व परिवेशलाई नियाल्दा हुलाक सेवाको सञ्चालन र व्यवस्थापनमा विभिन्न किसिमका मोडलहरू प्रयोगमा आएको देखिन्छ । पूर्ण रूपमा सरकारी स्वामित्वमा रहेका हुलाकदेखि, पूर्ण रूपमा निजीकरण गरिएका र सार्वजनिक–निजी साझेदारीमा आधारित मोडलहरू विश्वभर सफल रूपमा सञ्चालित छन् । जर्मनीको डच पोष्ट र बेलायतको रोयल मेल जस्ता संस्थाहरू निजीकरण र व्यावसायिकरणका उत्कृष्ट उदाहरणहरू हुन्, जसले विश्वव्यापी बजारमा आफ्नो प्रभुत्व जमाएका छन् । अर्कोतर्फ, धैरेजसो मुलुकहरूले हुलाकको सामाजिक उत्तरदायित्वलाई ध्यानमा राख्दै यसको स्वामित्व सरकारकै मातहतमा राखेर कार्यसञ्चालनमा भने निजी क्षेत्रका कुशल व्यवस्थाहरू अङ्गीकार गरेका छन् ।

    निजी क्षेत्रसँगको सहकार्यका धेरै स्वरूपहरू विश्व बजारमा प्रचलनमा छन्। यस अन्तर्गत विशेष गरी पार्सल ढुवानी, हवाइ तथा स्थल यातायातको व्यवस्थापन, र सूचना प्रविधिको विकास जस्ता क्षेत्रमा निजी कम्पनीहरूसँग सम्झौता गर्ने गरिन्छ । हुलाकले आफ्नो देशव्यापी भौतिक सञ्जाल र विश्वसनीयता उपलब्ध गराउँछ भने निजी क्षेत्रले आफ्नो आधुनिक प्रविधि, व्यवस्थापकीय कुशलता र तीव्र कार्यक्षमता लगानी गर्दछ । यस्तो सहकार्यले सेवाको गुणस्तरमा गुणात्मक सुधार ल्याउनुका साथै हुलाक सेवालाई प्रतिस्पर्धी र नाफामूलक बनाउन सहयोग पु¥याएको विभिन्न अन्तर्राष्ट्रिय अध्ययनहरूले देखाएका छन् ।

    पछिल्लो समयमा ई–कमर्सका ठूला कम्पनीहरूसँग हुलाक संस्थाहरूले गरेको रणनीतिक साझेदारी निकै प्रभावकारी सावित भएको छ । सामानहरूको अन्तिम विन्दुसम्मको वितरण कार्यमा हुलाकको ग्रामीण सञ्जाल अतुलनीय भएकाले निजी क्षेत्रका बहुराष्ट्रिय कम्पनीहरूले हुलाकसँग सहकार्य गरिरहेका छन् । यसले एकातिर सरकारी हुलाकको आम्दानी वृद्धि भएको छ भने अर्कोतिर निजी क्षेत्रको बजार विस्तारमा मद्दत पुगेको छ । यस प्रकारको सहकार्यले उपभोक्तालाई सस्तो, छिटो र भरपर्दो सेवा प्राप्त हुने वातावरण सिर्जना गरिदिएको छ ।

    यद्यपि, हुलाक सेवामा निजी क्षेत्रको प्रवेश वा सहकार्यका आफ्नै सीमा र चुनौतीहरू पनि छन्। निजी क्षेत्रका कम्पनीको मुख्य उद्देश्य नाफा कमाउनु हुने भएकाले उनीहरूले नाफामूलक र सुगम क्षेत्रहरूमा मात्र बढी ध्यान दिने र दुर्गम तथा पिछडिएका क्षेत्रहरूलाई उपेक्षा गर्ने जोखिम सधै रहन्छ । यदि हुलाक सेवालाई पूर्ण रूपमा बजारको जिम्मा लगाइयो भने गरिब र विपन्न वर्गका नागरिकहरू आधारभूत सञ्चार अधिकारबाट बञ्चित हुन सक्छन् । त्यसैले, विश्वका अधिकांश सरकारहरूले हुलाकमा निजी क्षेत्रको सहकार्य गराउँदा पनि ‘विश्वव्यापी सेवा दायित्व’ को सिद्धान्तलाई कडा रूपमा लागू गर्ने गरेका छन्, जस अनुसार दुर्गम क्षेत्रमा पनि समान दरमा सेवा पुर्याउनु अनिवार्य हुन्छ ।

    समग्रमा, विश्वव्यापी अभ्यासले के देखाउँछ भने हुलाक सेवालाई परम्परागत ढर्राबाट बाहिर निकालेर प्रतिस्पर्धी बनाउन निजी क्षेत्रको सहकार्य, प्रविधि र पूँजी आवश्यक भइसकेको छ । तर, यस्तो सहकार्य गर्दा राज्यले आफ्नो नियामक भूमिका र सामाजिक उत्तरदायित्वलाई कहिल्यै बिर्सनु हुँदैन । सरकारी विश्वसनीयता र निजी क्षेत्रको उद्यमशीलताको सन्तुलित संयोजन नै हुलाक सेवाको दिगो विकासको मूल मन्त्र बनेको छ ।

    निजी क्षेत्रको सहकार्य र समायोजन

    नेपाल सरकारले हुलाक सेवालाई निजी क्षेत्रको सहकार्यमा सञ्चालन गर्ने नीतिगत प्रक्रिया अगाडि बढाएसँगै यसको सुरक्षित र व्यावसायिक कार्यान्वयनका लागि कडा र विस्तृत कार्यसञ्चालन कार्यविधि (स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर्स) तर्जुमा गर्नु अनिवार्य पूर्वसर्त हो । निजी क्षेत्रलाई यसमा सहभागी गराउनु अगावै राज्यले सुरक्षा र गोपनीयता प्रोटोकल, सेवाको गुणस्तर र वितरणको समयसीमा, तथा गुनासो सुनुवाइ एवं क्षतिपूर्तिको स्पष्ट कानुनी खाका निर्माण गर्नुपर्छ ।

    संवेदनशील सरकारी र व्यक्तिगत कागजातको ढुवानी हुने भएकाले डाँकको सुरक्षा कसरी गर्ने, व्यक्तिगत विवरणको सुरक्षा कसरी सुनिश्चित गर्ने र कुनै पनि चुहावट वा क्षति भएमा निजी साझेदारलाई कसरी जवाफदेही बनाउने भन्ने कुरा कार्यविधिमा स्पष्ट हुनुपर्छ ।

    यस कार्यविधिमा सेवाको निरन्तरता र समावेशी वितरणका लागि ’विश्वव्यापी सेवा दायित्व’ को सर्तलाई कडाइका साथ समावेश गरिनुपर्छ । यस अन्तर्गत निजी क्षेत्रले केवल सुगम र नाफामूलक क्षेत्रमा मात्र नभई हुलाकको सञ्जाल प्रयोग गर्दा ग्रामीण र दुर्गम क्षेत्रमा समेत समान गुणस्तर र तोकिएको सुलभ दरमा सेवा उपलब्ध गराउनुपर्ने बाध्यात्मक व्यवस्था हुनुपर्दछ । साथै, निजी क्षेत्रको प्राविधिक प्रणालीलाई सरकारी हुलाकको केन्द्रीय सूचना प्रणालीसँग एकीकृत गरी प्रत्येक पार्सलको वास्तविक समयको अनलाइन ट्र्याकिङ र डिजिटल हस्ताक्षर अनिवार्य गरिनुपर्छ ।

    यसका लागि हुलाक सेवा विभागलाई बलियो नियामक निकायका रूपमा रूपान्तरण गरी नियमित अनुगमन, मूल्याङ्कन र दण्ड–पुरस्कारको व्यवस्था कार्यविधिमै किटान गरिनु आवश्यक छ ।

    अर्कोतर्फ, हाल बजारमा निजी क्षेत्रबाट स्वतन्त्र रूपमा सञ्चालित कुरियर र ढुवानी कम्पनीहरूलाई सरकारी हुलाक प्रणालीसँग एकीकृत रूपमा जोड्नु आजको ठूलो आवश्यकता हो । यसका लागि सरकारले केन्द्र र शाखा प्रणाली अवलम्बन गर्न सक्छ, जहाँ मुख्य सडक सञ्जाल र सहरी क्षेत्रहरूमा निजी कुरियर कम्पनीहरूको द्रुत ढुवानी क्षमता र प्रविधिको उपयोग गरिनेछ भने ग्रामीण तथा दुर्गम क्षेत्रका अन्तिम विन्दुसम्मको वितरण (लास्ट माइल डेलिभरी) का लागि सरकारी हुलाकको विशाल भौतिक सञ्जाल र जनशक्तिको प्रयोग गरिनेछ। यस प्रकारको प्राविधिक र भौतिक समायोजनले दुवै क्षेत्रको क्षमताको अधिकतम उपयोग भई लागत घट्ने र सेवाको गति बढ्नेछ ।

    निजी कुरियरहरूलाई हुलाक प्रणालीसँग जोड्नका लागि उनीहरूलाई राजस्व र इजाजतपत्र प्रणालीमार्फत नियमनको दायरामा ल्याई सरकारी डाँक प्रणालीको ‘सम्बद्ध एजेन्ट’ का रूपमा मान्यता दिन सकिन्छ । यसले गर्दा निजी क्षेत्रले स्थापित गरेको प्रविधि र बजारलाई सरकारी संरचनाले आत्मसात गर्न पाउनेछ भने निजी क्षेत्रले सरकारी सञ्जाल र विश्वसनीयताको लाभ उठाउन सक्नेछ । यो नीति आफैमा पूर्ण रूपमा ठीक वा बेठीक नभएर यसको कार्यान्वयनको ढाँचा कस्तो बन्छ र कत्तिको कसिलो कार्यविधिद्वारा निर्देशित हुन्छ भन्ने कुरामा नै यसको सफलता निर्भर गर्दछ ।

    अन्ततः, नेपाल सरकारको यो सोचलाई समय सान्दर्भिक सुधारको प्रयासको रूपमा लिन सकिन्छ। तर, यसलाई हतारमा पूर्ण निजीकरण वा बिना तयारी कार्यान्वयन गर्नुभन्दा स्पष्ट कानुनी व्यवस्था, बलियो नियामक निकाय र सामाजिक उत्तरदायित्वको सुनिश्चितता गरेर मात्र अगाडि बढाउनु बुद्धिमानी हुनेछ । हुलाक सेवाको राष्ट्रिय सञ्जाल र जनताको विश्वासलाई जोगाउँदै यसलाई आधुनिक परिपाटीमा रूपान्तरण गर्नु नै आजको मुख्य आवश्यकता हो ।

    निष्कर्ष तथा भावी कार्यदिशा

    हुलाक सेवा राज्यको ऐतिहासिक धरोहर मात्र नभएर आधुनिक समाजको एक अपरिहार्य पूर्वाधार पनि हो। विज्ञान र प्रविधिमा भएको अभूतपूर्व विकासले यसको स्वरूप परिवर्तन गराएको भए तापनि यसको अन्तर्निहित महत्त्व र आवश्यकतालाई कम गर्न सकेको छैन ।

    नेपाल जस्तो भौगोलिक विविधता र आर्थिक असमानता भएको मुलुकमा हुलाकको सञ्जाललाई सबल र जीवन्त राख्नु राज्यको दायित्व हो। संघीय ढाँचामा यसको केन्द्रीय समन्वय कायम राख्दै स्थानीय स्तरमा यसको सेवालाई बढी प्रभावकारी र प्रविधिमैत्री बनाउनु आजको मुख्य चुनौती र अवसर दुवै हो ।

    हुलाक सेवालाई समय अनुकूल जिम्मेवार र सशक्त बनाउनका लागि ठोस र व्यवहारिक कदमहरू चाल्नु आवश्यक छ । सर्वप्रथम, परम्परागत चिठ्ठीपत्र बोक्ने मानसिकताबाट मुक्त भई हुलाकलाई देशको प्रमुख ढुवानी तथा ‘लजिस्टिक’ केन्द्रको रूपमा विकास गरिनुपर्छ ।

    देशभरिका हुलाक कार्यालयहरूलाई आधुनिक सूचना प्रविधिसँग जोडेर ई–गभर्नेन्स, अनलाइन सेवाहरूको वितरण विन्दु र डिजिटल वित्तीय सेवाको केन्द्र बनाइनुपर्छ । कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने, पूर्वाधारको आधुनिकीकरण गर्ने र हरेक पार्सलको अनलाइन ट्र्याकिङ प्रणाली अनिवार्य गर्ने कार्यलाई प्राथमिकता दिनुपर्दछ ।

    अन्त्यमा, निजी क्षेत्रसँगको सहकार्यको सवालमा सरकारले मध्यमार्गी र सन्तुलित रणनीति अपनाउनुपर्दछ । पूर्ण रूपमा निजीकरण गर्नुको सट्टा सार्वजनिक–निजी साझेदारीको स्पष्ट ढाँचा र कार्यविधि तयार गरी सुगम र व्यावसायिक क्षेत्रमा निजी क्षेत्रलाई सहभागी गराउने र दुर्गम क्षेत्रमा सरकार आफैंले सेवा सुनिश्चित गर्ने नीति लिनुपर्दछ ।

    आम नागरिक, नागरिक समाज र सरकारले के बुझ्न जरुरी छ भने हुलाकको रूपान्तरण केवल व्यापारिक नाफाको विषय होइन, यो त राज्यको सुरक्षा, लोककल्याण र समतामूलक विकाससँग जोडिएको रणनीतिक क्षेत्र हो । यसलाई पारदर्शी, जवाफदेही र व्यावसायिक रूपमा सञ्चालन गरिएमा मात्र संघीय नेपालको सुशासन र समृद्धिमा यसले कोशेढुङ्गाको रूपमा काम गर्न सक्नेछ ।

    (लेखक नेपाली सेनाका पूर्व सैनिक अधिकृत र राजनीतिशास्त्रका अध्येता हुन्।)

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    एमआरपी कार्यान्वयनमा व्यवसायी अन्योलमा छन् : हिमलाल खराल

    विष्णु पौडेललाई रिहा गर्न सर्वाेच्चको अस्वीकार, थप कागज मगाउने आदेश

    ‘भातमुखी’ देश नेपाल आयातित चामलमा निर्भर छ, धान उत्पादन बढाउने योजना कमजोर

    गृहमन्त्रीकै गाडीबाट सुरु भयो कालो सिसा हटाउने अभियान, ट्राफिकले सिंहदरबारमै हटायो स्टिकर

    आज दही चिउरा खाई असार १५ मनाउँदै

    आज राष्ट्रिय धान दिवस मनाइँदै

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सुनचाँदीको मूल्य घट्यो

    क्वेडरलाई २-० गोलले हराउँदै मेक्सिको फिफा विश्वकपको अन्तिम…

    रास्वपाको महाधिवेशनबाट महिला सहभागिताको ऐतिहासिक मानक : अन्य…

    हुलाकको पुनर्जन्म: आधुनिक राज्यको मेरुदण्ड

    प्रचण्डलाई ओलीको जवाफः एकता गर्दैनौं पार्टी प्रवेश गर्नेलाई…

    एक्शनमा मन्त्री यादव: भाडा नतिर्ने उद्योगको लाइन काटियो,…

    गृहमन्त्री गुरुङले आफ्नै सरकारी गाडीबाट हटाए कालो सिसा,…

    कम्युनिस्ट एकताको प्रयासप्रति गोकुल बास्कोटाको कटाक्ष: ‘फुटेको हाँडी…

    आर्थिक

    सुनचाँदीको मूल्य घट्यो

    पेट्रोल र डिजेलको घट्यो मूल्य

    कृषिको व्यवसायीकरण बिना देशको समृद्धि र रोजगारी सिर्जना असम्भवः बिरेन्द्र बस्नेत

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑