सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । केपी शर्मा ओलीले तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन्।
च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित राजधानी प्रदेशस्तरीय निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन परामर्श कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी एकताको हल्लामा विश्वास नगर्न नेता–कार्यकर्तालाई आग्रह गरेका हुन्।
उनले एमालेले समूहगत वा संस्थागत रूपमा कुनै पार्टीसँग एकता नगर्ने स्पष्ट पार्दै पार्टीमा प्रवेश गर्न चाहने व्यक्ति वा समूहलाई भने उदारतापूर्वक समेटिने बताए।
ओलीले भने, “हामी समूहगत र संस्थागत एकता गर्दैनौँ। तर पार्टी प्रवेश गर्ने व्यक्ति र समूहलाई पार्टी प्रवेश गराई उदारताका साथ समेट्ने काम गर्छौँ।”
यद्यपि, देशमा लोकतान्त्रिक व्यवस्था पुनःस्थापित गर्न सबै लोकतन्त्रवादी, वामपन्थी र देशभक्त शक्तिबीच कार्यगत एकता आवश्यक रहेको उनको भनाइ थियो।
उनले भने, “सबै लोकतन्त्रवादी, वामपन्थी तथा देशभक्त शक्तिबीच कार्यगत एकताका साथ संयुक्त संघर्षमा जानुपर्ने आवश्यकता छ।”
यसै क्रममा अध्यक्ष ओलीले सरकारले गत फागुन २१ गतेको निर्वाचन र जेनजी आन्दोलनलाई वैधानिकता दिन नाटक मञ्चन गरेको आरोप पनि लगाए।
उनले गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनमाथि प्रश्न उठाउँदै भदौ २३ गते गोली कसले चलायो र त्यसपछिका दुई दिन सुरक्षा संयन्त्र किन निष्क्रिय भयो भन्ने विषय प्रतिवेदनमा उल्लेख नभएकाले ती घटनालाई ढाकछोप गर्न आयोग गठन गरिएको दाबी गरे।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा