सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि ल्याइएको रायो सागमा अत्यधिक मात्रामा विषादी भेटिएको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार भक्तपुरको मध्यपुर थिमि नगरपालिकाबाट मंगलबार बजारमा ल्याइएको रायो सागको परीक्षण गर्दा ८०.०१६० प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी अवशेष फेला परेको हो।
केन्द्रीय कृषि प्रयोगशालाले शुक्रबार कालीमाटी तरकारी बजारका १२ पसलबाट संकलित १२ प्रकारका तरकारी तथा फलफूलको नमुना परीक्षण गरेको थियो। परीक्षणका क्रममा रायो सागमा विषादीको मात्रा अत्यधिक रहेको पुष्टि भएको समितिले जनाएको छ।
समितिका अनुसार उक्त रायो सागमा भेटिएको विषादीको मात्रा स्वीकार्य सीमाभन्दा धेरै भएकाले यसलाई उपभोगका लागि अयोग्य घोषित गरिएको छ। उपभोक्तालाई यस्तो रायो साग सेवन नगर्न तथा सुरक्षित र परीक्षण गरिएका कृषि उपज मात्र खरिद गर्न आग्रह गरिएको छ।
सम्बन्धित निकायले बजारमा उपलब्ध कृषि उपजको नियमित विषादी परीक्षणलाई निरन्तरता दिँदै उपभोक्ताको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखिएको जनाएको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा