• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ कार्तिक २१, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • अर्जुनधारा धामको वार्षिक अनुष्ठानमा मिनी म्याराथन, ३९ लाख खर्च अनुमान

      दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

      बेलायतमा नेपाली गोर्खा सैनिकको सम्झनामा स्मृति समारोह

      उत्तरी नाका संचालन नहुँदा फलफूलको मूल्य बृद्धि, चाडपर्वको मौसममा सर्वसाधारणलाई मार

      धनतेरसकै दिन सुनचाँदीको मूल्यमा भारी गिरावट

      सार्वजनिक बसभित्र महिला यात्रुमाथि हातपात र दुर्व्यवहार गर्ने तीन युवक पक्राउ

      आज धनतेरस, सुनचाँदी तथा भाँडाकुँडा खरिद गर्ने परम्परा

      आजको मौसम : यी चार प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना

      कानुन व्यवसायीलाई बहस कला र ल फर्म व्यवस्थापनको तालिम आवश्यक : वरिष्ठ अधिवक्ता कार्की

      नागढुंगा सुरुङमार्ग प्रयोगवापत चार दिनमै ५१ लाख ८७ हजार संकलन, दैनिक आठ हजार सवारीसाधन आवतजावत

      जनकपुर बोल्ट्सलाई हराउँदै लुम्बिनी लायन्सको अपराजित यात्रा जारी

      क्रिस्टियानो रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा

      डा. गोविन्द केसीको जीवन रक्षाका लागि तत्काल वार्ता गर्न चिकित्सक संघको माग

      नेपाली मूलकी सराहाना श्रेष्ठ न्युयोर्क विधानसभामा लगातार तेस्रोपटक निर्वाचित

      नयाँ सहर निर्माणको योजना प्रतिवेदनमै सीमित, बजेट अभावले पूर्वाधार निर्माण अघि बढेन

    होमपेज /  समाचार

    डलर साट्ने प्रलोभन देखाएर ठगी गर्ने व्यक्ति पक्राउ

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ कार्तिक २१, शुक्रबार (५ मिनेट अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ११ पटक पढिएको
  • काठमाडौं । अमेरिकी डलर सस्तोमा सटही गरिदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

    जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मेलन गरी सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ बस्दै आएका २८ वर्षीय तामाङलाई पक्राउ गरिएको जानकारी दिएको हो।

    प्रहरीका अनुसार तामाङले गत असोज २२ गते विभिन्न व्यक्तिलाई फोन गरी आफूसँग अमेरिकी डलर रहेको र सस्तो मूल्यमा सटही गरिदिने भन्दै सम्पर्क गरेका थिए। विश्वास दिलाउन उनले ५० अमेरिकी डलरको नोटसमेत देखाएका थिए।

    त्यसपछि असोज २३ गते गोकर्णेश्वर नगरपालिका–१२ स्थित लसुनटारमा बोलाएर दुई जनाबाट आठ–आठ लाख रुपैयाँ गरी जम्मा १६ लाख रुपैयाँ ठगी तथा लुटपाट गरी उनी जंगलतर्फ फरार भएका थिए।

    उक्त घटनापछि खोजीमा रहेको प्रहरी टोलीले कात्तिक १९ गते साँझ करिब ६ः४५ बजे गोकर्णेश्वर नगरपालिका–३ गाम्चास्थित सडकखण्डमा तामाङलाई फेला पारेको थियो। पक्राउ गर्ने क्रममा तामाङले प्रहरीमाथि चक्कु प्रहार गर्दा एक प्रहरी घाइते भएका थिए।

    त्यसपछि प्रहरीले चेतावनीस्वरूप एक राउण्ड हवाई फायर गर्दा पनि उनी नियन्त्रणमा नआएपछि तत्कालीन परिस्थितिको मूल्याङ्कन गरी घुँडामुनि लक्षित गरी एक राउण्ड गोली चलाएर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको र उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

    प्रहरीका अनुसार तामाङ यसअघि पनि डलर देखाएर ठगी तथा लुटपाट गरेको आरोपमा आठ पटकसम्म पक्राउ परी कानुनी कारबाहीमा परिसकेका व्यक्ति हुन्। उनीमाथि स्वयम्भू, बुढानीलकण्ठ र साँखु क्षेत्रमा सुन देखाएर रकम लुटपाट गरेको आरोपमा समेत अनुसन्धान भइरहेको छ।

    प्रहरीले तामाङ समूह बनाएर उपत्यकाका विभिन्न स्थानमा डलर ठगी तथा लुटपाटका घटनामा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको जनाएको छ। घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको छ।

    यसरी गर्थे ठगी

    प्रहरीका अनुसार तामाङको समूहले विभिन्न गेस्ट हाउस, रेस्टुरेन्ट, सुनचाँदी पसल, हार्डवेयर, मेडिकल, डेरी तथा होलसेल पसलमा राखिएका होर्डिङ बोर्डका सम्पर्क नम्बर संकलन गरी सञ्चालकलाई फोन गर्ने गरेको थियो। चिनजान भएजस्तो गरी कुराकानी गर्दै आफ्नो दुःख देखाउने र सस्तो मूल्यमा अमेरिकी डलर सटही गरिदिने प्रलोभन देखाएर विश्वासमा पार्ने गरेको पाइएको प्रहरीले जनाएको छ।

    समूहका एक सदस्यले लाटोको भूमिका निर्वाह गरी पीडितलाई विश्वास दिलाउने र सुरुमा सक्कली डलर दिएर पठाउने गरेको प्रहरीको भनाइ छ। त्यसपछि प्रहरीको निगरानी नभएको एकान्त वा जंगल क्षेत्रका स्थानमा बोलाएर डलर सटही गर्ने बहानामा रकम लुट्ने गरेको पाइएको छ।

    डलर भन्दै रुमालमा पोको पारेर अगाडि र पछाडि पाँच, १० र ५० अमेरिकी डलरका नोट राख्ने तथा बीचमा रुपैयाँ आकारका सेतो कागज वा नेपाली २० रुपैयाँका नोट राखेर पीडितलाई दिने गरेको प्रहरीले जनाएको छ। ठगी गरेपछि मोटरसाइकलको नम्बर प्लेट र आफ्नो हुलिया परिवर्तन गर्ने तथा मोबाइल र सिमकार्डसमेत फेरिरहने गरेको अनुसन्धानबाट खुलेको छ।

    प्रहरीका अनुसार उक्त समूहले सीसीटीभीको पहुँच नभएका नाङ्लेभारे, लप्सीफेदी, सुन्दरीजल, तारेभिर, शिवपुरी र नागार्जुनलगायतका स्थानलाई ठगीका लागि प्रयोग गर्ने गरेको थियो।

    मोटरसाइकल, नक्कली डलर र सुन बरामद

    प्रहरीले तामाङको साथबाट ठगीमा प्रयोग गरिएका मोटरसाइकल तथा नक्कली नम्बर प्लेट, नेपाली २० रुपैयाँका चार बन्डल, डलरको आकारमा काटेर तयार पारिएको सेतो कागजको बन्डल, उक्त बन्डलको माथि र तल राखिएका पाँच अमेरिकी डलरका नोट, एक किलो नक्कली सुनको ढिक्का तथा विभिन्न कम्पनीका मोबाइल बरामद गरेको जनाएको छ।

    तामाङसँग सम्बन्धित अन्य घटनाहरू तथा समूहमा संलग्न व्यक्तिहरूबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    सार्वजनिक बसभित्र महिला यात्रुमाथि हातपात र दुर्व्यवहार गर्ने तीन युवक पक्राउ

    आज धनतेरस, सुनचाँदी तथा भाँडाकुँडा खरिद गर्ने परम्परा

    आजको मौसम : यी चार प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना

    कानुन व्यवसायीलाई बहस कला र ल फर्म व्यवस्थापनको तालिम आवश्यक : वरिष्ठ अधिवक्ता कार्की

    नागढुंगा सुरुङमार्ग प्रयोगवापत चार दिनमै ५१ लाख ८७ हजार संकलन, दैनिक आठ हजार सवारीसाधन आवतजावत

    नयाँ सहर निर्माणको योजना प्रतिवेदनमै सीमित, बजेट अभावले पूर्वाधार निर्माण अघि बढेन

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    डलर साट्ने प्रलोभन देखाएर ठगी गर्ने व्यक्ति पक्राउ

    अर्जुनधारा धामको वार्षिक अनुष्ठानमा मिनी म्याराथन, ३९ लाख…

    दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

    बेलायतमा नेपाली गोर्खा सैनिकको सम्झनामा स्मृति समारोह

    दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

    डा. गोविन्द केसीको जीवन रक्षाका लागि तत्काल वार्ता…

    प्रेस काउन्सिल ऐन संशोधनसम्बन्धी अध्यादेश प्रमाणित नगर्न राष्ट्रपतिसँग…

    कांग्रेस सहमहामन्त्री शिवाकोटीलाई साइबर ब्युरोले बोलायो, सरकारको भयले…

    आर्थिक

    धनतेरसकै दिन सुनचाँदीको मूल्यमा भारी गिरावट

    सुनको मूल्य एकैदिन तोलामा १३ हजार ३ सय रुपैयाँले बढ्यो

    तिहारमा फूल तथा माला बिक्रीका लागि काठमाडौंका ३३ स्थान तोकिए

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑