• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ कार्तिक २१, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • धनतेरसकै दिन सुनचाँदीको मूल्यमा भारी गिरावट

      सार्वजनिक बसभित्र महिला यात्रुमाथि हातपात र दुर्व्यवहार गर्ने तीन युवक पक्राउ

      आज धनतेरस, सुनचाँदी तथा भाँडाकुँडा खरिद गर्ने परम्परा

      आजको मौसम : यी चार प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना

      कानुन व्यवसायीलाई बहस कला र ल फर्म व्यवस्थापनको तालिम आवश्यक : वरिष्ठ अधिवक्ता कार्की

      नागढुंगा सुरुङमार्ग प्रयोगवापत चार दिनमै ५१ लाख ८७ हजार संकलन, दैनिक आठ हजार सवारीसाधन आवतजावत

      जनकपुर बोल्ट्सलाई हराउँदै लुम्बिनी लायन्सको अपराजित यात्रा जारी

      क्रिस्टियानो रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा

      डा. गोविन्द केसीको जीवन रक्षाका लागि तत्काल वार्ता गर्न चिकित्सक संघको माग

      नेपाली मूलकी सराहाना श्रेष्ठ न्युयोर्क विधानसभामा लगातार तेस्रोपटक निर्वाचित

      नयाँ सहर निर्माणको योजना प्रतिवेदनमै सीमित, बजेट अभावले पूर्वाधार निर्माण अघि बढेन

      चिसो रातमा नेपथ्यको सांगीतिक ताप, तीन घण्टा झुम्यो इटहरी

      दैनिक एभोकाडो र आँप खाँदा मुटुको स्वास्थ्यमा उल्लेख्य सुधार हुने अध्ययनको निष्कर्ष

      आईजीपीमा पुनर्बहालीको माग गर्दै सर्वोच्च पुगे दानबहादुर कार्की

      सुनको मूल्य एकैदिन तोलामा १३ हजार ३ सय रुपैयाँले बढ्यो

    होमपेज /  प्रवास

    बेलायतमा नेपाली गोर्खा सैनिकको सम्झनामा स्मृति समारोह

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ कार्तिक २१, शुक्रबार (४ मिनेट अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १५ पटक पढिएको
  • काठमाडौं । बेलायतको संसद्का सदस्यहरूले नेपाली गोर्खा सैनिकहरूको योगदानको स्मरण गर्दै लन्डनस्थित ह्वाइटहलमा स्मृति समारोह आयोजना गरेका छन् । नोभेम्बर ४ मा बेलायती रक्षा मन्त्रालयको सामुन्ने रहेको गोर्खा सैनिकको प्रतिमामा आयोजित समारोहमा बेलायतका सांसद, नेपाली प्रतिनिधि, गोर्खा भेट्रान तथा विभिन्न क्षेत्रका व्यक्तिहरू सहभागी भएका थिए ।

    बेलायतको नेपालसम्बन्धी सर्वदलीय संसदीय समूह (एपीपीजी) को आयोजनामा भएको समारोहको नेतृत्व एल्डरसट एन्ड फार्नबरोका सांसद तथा उक्त समूहका अध्यक्ष एलेक्स बेकरले गरेका थिए । समारोहमा बेलायतका रक्षा मन्त्रालयका राज्यमन्त्री लर्ड भर्नन कोकरले बेलायती संसद्का तर्फबाट र नेपाल–बेलायत संसदीय मैत्री समूहका संयोजक मनीष झाले नेपाल सरकारका तर्फबाट पोप्पीको फूलको माल्यार्पण गरेका थिए ।

    हाउस अफ कमन्सका सभामुखका पादरी भेनेरेबल एन्ड्र्यु हिलियरले प्रार्थनासहित समारोह सञ्चालन गरेका थिए । कार्यक्रममा बेलायतमा रहेका पूर्वगोर्खा सैनिक तथा विभिन्न संसदीय निर्वाचन क्षेत्रबाट आएका गोर्खा भेट्रानहरूले पनि श्रद्धाञ्जली अर्पण गरेका थिए ।

    समारोहमा बेलायतका लागि नेपाली दूतावासका कार्यवाहक राजदूत विपिन दुवाडीसहित नेपाली प्रतिनिधि सहभागी थिए । गोर्खा सैनिकका योगदान र उनीहरूको बलिदानको सम्मानमा आयोजित कार्यक्रममा गोर्खा भेट्रान तथा विश्व कीर्तिमानी पर्वतारोही हरि बुढामगर र बेलायतको चेल्सी पेन्सनर्समा आबद्ध पहिलो गोर्खा हरकमान गुरुङ पनि सहभागी थिए ।

    त्यसैगरी रिडिङकी लेबर काउन्सिलर प्रतीक्षा गुरुङ, मेडवेककी पूर्वमेयर तथा बेलायतमा नेपाली मूलकी पहिलो महिला मेयर निना गुरुङ, बेलायत–नेपाल सोसाइटीका अध्यक्ष तथा पूर्वगोर्खा कमान्डिङ अफिसर लेफ्टिनेन्ट कर्णेल (अवकाशप्राप्त) निक हिन्टनलगायत सहभागी थिए ।

    समारोहमा मार्गरेट मुलाने, लिभ बेली, लरेन एडवाड्र्स, जेन क्राफ्ट, म्याट रोडा, लुई फ्रेन्च, मार्क फ्रान्स्वा, लुक मर्फी, एलेक्स ब्रुअर, जोडी गोस्लिङ, अबेना ओपोङ–असारे, ड्यानी बिएल, युआन याङ, टोनी भन, डेभिड च्याडविक र एलेक्स बेकरलगायत बेलायती सांसद उपस्थित थिए ।

    स्मृति समारोहपछि नेपाली प्रतिनिधि मनीष झा, कार्यवाहक राजदूत विपिन दुवाडी र अन्य पाहुनालाई बेलायती संसद् भवनमा लगिएको थियो । त्यहाँ उनीहरूले बेलायतका भेट्रान्स मन्त्री क्याल्भिन बेलीलाई भेटेका थिए ।

    नोभेम्बर महिना बेलायतमा युद्धमा ज्यान गुमाएका सैनिकहरूको सम्झना गर्ने विशेष समयका रूपमा मनाइन्छ । यस अवधिमा गोर्खा सैनिकसँग सम्बन्धित विभिन्न कार्यक्रम आयोजना हुँदै आएका छन् । समारोहको अघिल्लो दिन क्याटरिकमा नयाँ गोर्खा भर्ती भएका सैनिकहरूको पासिङ परेड आयोजना गरिएको थियो ।

    आगामी आइतबार सेवारत सैनिक तथा भेट्रानहरूले बेलायतका राजा र रानीको उपस्थितिमा आयोजना हुने वार्षिक स्मृति कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको आयोजकले जनाएको छ । गोर्खा सैनिकहरूले बेलायती सेनामा पुर्‍याएको योगदानको स्मरण तथा पूर्वसैनिकहरूको सम्मानमा नोभेम्बर ११ सम्म विभिन्न कार्यक्रम आयोजना हुनेछन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    नेपाली मूलकी सराहाना श्रेष्ठ न्युयोर्क विधानसभामा लगातार तेस्रोपटक निर्वाचित

    सिड्नीमा अन्तर्राष्ट्रिय युवा उद्यमी सम्मेलन हुँदै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भर्चुअल सम्बोधन गर्ने

    न्यूयोर्कदेखि जेरुसेलमसम्म : ३५ वर्षीय रिजालले राखे विश्व मञ्चमा नेपालको नाम

    हिमाली छुर्पी ब्रान्ड ‘डग्सी च्यू’का संस्थापक दम्पत्ती कान्स रेड कार्पेटमा, जनावरप्रेमको सन्देश

    बाजुराका युवाको अन्तर्राष्ट्रिय सफलता : बिक्रम बहादुर सिंह अमेरिकी सेनामा भर्ना भई प्रशिक्षण सम्पन्न

    इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाउने गोरखाका दिवस श्रेष्ठ रहेको पुष्टि

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बेलायतमा नेपाली गोर्खा सैनिकको सम्झनामा स्मृति समारोह

    उत्तरी नाका संचालन नहुँदा फलफूलको मूल्य बृद्धि, चाडपर्वको…

    धनतेरसकै दिन सुनचाँदीको मूल्यमा भारी गिरावट

    सार्वजनिक बसभित्र महिला यात्रुमाथि हातपात र दुर्व्यवहार गर्ने…

    डा. गोविन्द केसीको जीवन रक्षाका लागि तत्काल वार्ता…

    प्रेस काउन्सिल ऐन संशोधनसम्बन्धी अध्यादेश प्रमाणित नगर्न राष्ट्रपतिसँग…

    कांग्रेस सहमहामन्त्री शिवाकोटीलाई साइबर ब्युरोले बोलायो, सरकारको भयले…

    नागरिकले न्यायका लागि वर्षौं कुर्नुपर्ने अवस्था अन्त्य गर्नुपर्छ…

    आर्थिक

    धनतेरसकै दिन सुनचाँदीको मूल्यमा भारी गिरावट

    सुनको मूल्य एकैदिन तोलामा १३ हजार ३ सय रुपैयाँले बढ्यो

    तिहारमा फूल तथा माला बिक्रीका लागि काठमाडौंका ३३ स्थान तोकिए

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑