सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं। युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले मन्त्री पदबाट राजीनामा दिएका छन्। स्रोतका अनुसार प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनपछि मन्त्री गुप्ताले पद छाडेका हुन्।
सोमबार सार्वजनिक बिदा परेकाले गुप्ताको राजीनामा हालसम्म औपचारिक रूपमा स्वीकृत भइनसकेको बताइएको छ।
प्रधानमन्त्री कार्कीले वर्तमान अन्तरिम सरकारमा रहेका, राजनीतिक दलसँग प्रत्यक्ष सम्बन्धित तथा चुनावी गतिविधिमा संलग्न मन्त्रीहरूलाई आफ्नो जिम्मेवारी छोडेर चुनावी तयारीमा लाग्न निर्देशन दिएकी थिइन्। सोही निर्देशनअनुसार गुप्ताले राजीनामा दिएको स्रोतको भनाइ छ।
गुप्ताको राजीनामाको पृष्ठभूमिमा ‘भिजिट भिसा’ मार्फत अमेरिका जाने विषयलाई लिएर उत्पन्न विवाद पनि प्रमुख कारण बनेको बताइएको छ। पछिल्लो समय उनी विभिन्न राजनीतिक गतिविधिमा सक्रिय देखिँदै आएका थिए।
यद्यपि, हालसम्म गुप्ताले प्रत्यक्ष रूपमा चुनावी उम्मेदवारी दर्ता गर्ने औपचारिक घोषणा भने गरेका छैनन्। तर उनको राजीनामालाई आगामी निर्वाचन केन्द्रित राजनीतिक तयारीसँग जोडेर हेरिएको छ।
विशेष स्रोतका अनुसार गुप्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरी सिराहा निर्वाचन क्षेत्र नम्बर–१ बाट चुनाव लड्ने तयारीमा रहेका छन्।
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा