• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ १४, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • अमेरिकाद्वारा इरानमाथि पुनः हवाई आक्रमण

      विश्वकपमा मेस्सीको गोल संख्या १९ पुग्यो

      पीएल सिंह मेमोरियल टी–२० कपको उपाधि काठमाडौँ महानगरलाई : पोखरामाथि ८ विकेटको शानदार जित

      उज्बेकिस्तानविरुद्ध कंगोको सान्दार जित, कोलम्बिया र पोर्चुगल बराबरी

      मदन भण्डारीको ७५औँ जन्म जयन्ती आज 

      जोर्डनविरुद्ध अर्जेन्टिनाको २–० को अग्रता

      राप्रपालाई समाप्त पार्न देशी–विदेशी शक्तिको घेराबन्दी छ : राजेन्द्र लिङ्देन

      धनुषामा पेस्तोल, म्यागजिन र गोलीसहित २ जना पक्राउ

      याङ्गो प्रो द्वारा बागमती प्रदेशको राजधानी हेटौँडामा सेवा विस्तार

      भारतमा सडकको नाम नै ‘डोनाल्ड ट्रम्प एभेन्यु’, ट्रम्पले दिए धन्यवाद

      नेपालमा रहेको प्रशस्त पूँजीलाई लगानीमा बदल्न अमेरिकी क्रस रिभर बैंकले थाल्यो छलफल

      लुकाकु बने बेल्जियमका सर्वाधिक विश्वकप गोलकर्ता

      भेनेजुएलामा शक्तिशाली भूकम्प : ९२० को मृत्यु, ३,३६० जना घाइते

      रवि लामिछानेलाई पूर्णबहादुर खड्काको बधाई, सफल कार्यकालको शुभकामना

      अबको ३–४ दिनभित्र देशभर मनसुन फैलिने सम्भावना, पश्चिममा गर्मी अझै कायम

    होमपेज /  मुख्य समाचार

    अष्ट्रेलियामा नेपाली विद्यार्थीको आत्महत्या बढ्दो, एक महिनामै सिडनीबाट १० शव नेपाल पठाइयो

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ पौष ६, आईतबार (६ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ४०४ पटक पढिएको
  • काठमाडौं । उच्च शिक्षाका लागि अष्ट्रेलिया पुगेका नेपाली विद्यार्थीहरूमा आत्महत्याको दर गम्भीर रूपमा बढ्दै गएको तथ्य सार्वजनिक भएको छ। पछिल्लो एक महिनामै अष्ट्रेलियाको सिडनी शहरबाट मात्रै १० जना नेपाली विद्यार्थीको शव नेपाल पठाइएको घटनाले नेपाली समुदाय स्तब्ध बनेको छ।

    गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको न्यु साउथ वेल्स संयोजक उषाकिरणका अनुसार ती सबै मृतक २३ देखि ३० वर्ष उमेर समूहका नेपाली विद्यार्थी हुन्। प्रारम्भिक विवरणअनुसार अध्ययनका सिलसिलामा अष्ट्रेलिया पुगेका ती विद्यार्थीहरू विभिन्न कारणले गहिरो मानसिक तनावमा परेर आत्महत्याको बाटो रोज्न बाध्य भएका देखिएको छ।

    उषाकिरणका अनुसार धेरै विद्यार्थीहरूले पढाइ अधुरो छाड्ने, लागुऔषध दुर्व्यसनमा फस्ने, जुवा–तास जस्ता गतिविधिमा संलग्न हुने तथा अत्यधिक महत्वाकांक्षाका कारण निराशामा डुब्ने अवस्थाहरू देखिएका छन्। विशेषगरी साथीभाइसँग घुलमिल नगर्ने, एक्लोपनमा बस्ने प्रवृत्ति भएका विद्यार्थीहरू बढी जोखिममा रहेको उनको भनाइ छ।

    कतिपय विद्यार्थी न पढ्ने न काम गर्ने अवस्थामा पुगेर नेपालबाट निरन्तर पैसा मगाउने प्रवृत्तिमा लागेको पनि उनले बताए। पढाइ बिग्रँदै गएको, व्यवहारमा अचानक परिवर्तन आएको र आफ्नो कारण परिवार नेपालमै ऋणको चपेटामा परेको थाहा पाएपछि उनीहरू थप मानसिक दबाबमा पर्ने गरेका छन्।

    पढाइ र काम दुवै ठप्प भएपछि धेरै विद्यार्थीको भिसा स्टाटससमेत अवैधानिक बन्ने गरेको बताइएको छ। लामो समय कलेज नजाँदा विद्यार्थीहरू अध्ययन प्रणालीबाट बाहिरिने र अन्ततः रेल स्टेशन, सडक किनार वा अस्थायी आश्रयमा बस्न बाध्य हुने अवस्थासमेत देखिएको छ।

    सम्बन्धित अध्ययन तथा समुदायका अनुभवअनुसार यस्ता परिस्थितिले विद्यार्थीहरूलाई झन् खराब संगत, लागुऔषध र मानसिक असन्तुलनतर्फ धकेल्ने गरेको छ, जसको अन्तिम परिणाम आत्महत्या जस्तो अत्यन्तै दुखद घटनामा परिणत हुने गरेको देखिन्छ।

    लगातार नेपाली विद्यार्थीको शव नेपाल फर्किन थालेपछि अष्ट्रेलियामा रहेका नेपाली समुदाय, अभिभावक र सरोकारवाला निकायहरू गम्भीर चिन्तामा परेका छन्। मानसिक स्वास्थ्य सहयोग, काउन्सेलिङ सेवा, सामुदायिक निगरानी र समयमै हस्तक्षेप आवश्यक रहेको आवाज पछिल्लो समय तीव्र बन्दै गएको छ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    अबको ३–४ दिनभित्र देशभर मनसुन फैलिने सम्भावना, पश्चिममा गर्मी अझै कायम

    रास्वपा महाधिवेशनका कारण प्रतिनिधि सभा बैठक फेरि स्थगित

    काठमाडौं उपत्यकामा २४ घण्टामा २,४३८ चालक कारबाहीमा, २० लाखभन्दा बढी राजस्व संकलन

    रामेछापको खाँडादेवीमा प्राविधिक कर्मचारीद्वारा सामूहिक राजीनामा, प्राविधिक सेवा अवरुद्ध

    रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित

    खर्च अभावले रास्वपा महाधिवेशन प्रभावित, प्रतिनिधिलाई बिहानको चिया मात्रै

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अमेरिकाद्वारा इरानमाथि पुनः हवाई आक्रमण

    विश्वकपमा मेस्सीको गोल संख्या १९ पुग्यो

    पीएल सिंह मेमोरियल टी–२० कपको उपाधि काठमाडौँ महानगरलाई…

    उज्बेकिस्तानविरुद्ध कंगोको सान्दार जित, कोलम्बिया र पोर्चुगल बराबरी

    अबको ३–४ दिनभित्र देशभर मनसुन फैलिने सम्भावना, पश्चिममा…

    रास्वपा महाधिवेशनका कारण प्रतिनिधि सभा बैठक फेरि स्थगित

    काठमाडौं उपत्यकामा २४ घण्टामा २,४३८ चालक कारबाहीमा, २०…

    रामेछापको खाँडादेवीमा प्राविधिक कर्मचारीद्वारा सामूहिक राजीनामा, प्राविधिक सेवा…

    आर्थिक

    सुनको मूल्य बढ्दा चाँदी घट्यो 

    बाजुराका ९ वटै स्थानीय तहले प्रस्तुत गरे बजेट : कुन पालिकाको बजेट कति ?

    सूनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑