• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ १३, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • याङ्गो प्रो द्वारा बागमती प्रदेशको राजधानी हेटौँडामा सेवा विस्तार

      भारतमा सडकको नाम नै ‘डोनाल्ड ट्रम्प एभेन्यु’, ट्रम्पले दिए धन्यवाद

      नेपालमा रहेको प्रशस्त पूँजीलाई लगानीमा बदल्न अमेरिकी क्रस रिभर बैंकले थाल्यो छलफल

      लुकाकु बने बेल्जियमका सर्वाधिक विश्वकप गोलकर्ता

      भेनेजुएलामा शक्तिशाली भूकम्प : ९२० को मृत्यु, ३,३६० जना घाइते

      रवि लामिछानेलाई पूर्णबहादुर खड्काको बधाई, सफल कार्यकालको शुभकामना

      अबको ३–४ दिनभित्र देशभर मनसुन फैलिने सम्भावना, पश्चिममा गर्मी अझै कायम

      विराटनगरमा आगजनी–तोडफोडका मुख्य आरोपित ताजिम अन्सारी पुर्पक्षका लागि थुनामा

      जोर्डनविरुद्धको खेलमा मेस्सीले नखेल्ने प्रशिक्षक स्कालोनीको पुष्टि

      महाधिवेशनले रास्वपामाथिका विचारविहीन र सिद्धान्तविहीन भन्ने आरोप खारेज गरेको छ : रवि लामिछाने

      वर्षा कम हुँदा धान रोपाइँ सुस्त, देशभर ११.३३ प्रतिशत मात्रै रोपाइँ सम्पन्न

      उरुग्वेमाथिको जितसँगै स्पेन समूह विजेता, नकआउट चरणमा प्रवेश

      रास्वपा भनेकै रवि, रवि भनेकै रास्वपा : एमाले महासचिव पोखरेल

      फिफा विश्वकप : इराकमाथि सेनेगलको ५–० को शानदार जित

      आजको मौसमः कोशीमा भारी वर्षाको सम्भावना

    होमपेज /  समाचार

    नेपालमा रहेको प्रशस्त पूँजीलाई लगानीमा बदल्न अमेरिकी क्रस रिभर बैंकले थाल्यो छलफल

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ अषाढ १३, शनिबार (१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • २६ पटक पढिएको
  • काठमाडौं । अमेरिकाको अत्याधुनिक वित्तीय पूर्वाधार निर्माणमा अग्रणी संस्था क्रस रिभर बैंकले नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न एक अभियान सुरु गरेको छ।

    हाल नेपालमा रहेका उक्त बैंकका दुई वरिष्ठ अधिकारीहरूले शुक्रबार होटेल म्यारियटको एक सभा कक्षमा नेपालका प्रमुख वाणिज्य बैंकहरुका प्रमुख कार्यकारी अधिकृतहरु, निजी इक्विटी तथा भेञ्चर क्यापिटल लगानीकर्ता, जलविद्युत् विकासकर्ता, फिनटेक उद्यमी, गैरआवासीय नेपाली लगानीकर्ता तथा पूर्वराजदूतहरूसँग बृहत् छलफल गरे ।

    ‘विश्वभरका संस्थागत लगानीकर्ताले किन नेपाललाई आफ्नो लगानीको गन्तव्य बनाउने, र त्यो निर्णय सहज बनाउन नेपालले कस्तो वित्तीय वातावरण र लगानी संरचना निर्माण गर्नुपर्छ ?’ भन्ने विषयमा छलफल केन्द्रित थियो।

    यही मूल प्रश्नलाई केन्द्रमा राखेर अमेरिकन च्याम्बर अफ कमर्श (एमच्याम)नेपाल र क्रस रिभर बैंकको संयुक्त आयोजनामा उक्त अन्तरक्रिया सम्पन्न भएको थियो। छलफलमा सहभागीहरुले नेपालसँग पूँजीको अभाव नरहेको तर त्यसलाई प्रभावकारी रूपमा परिचालन गर्ने वित्तीय संयन्त्रको अभाव रहेको औंल्याए ।

    नेपालसँग करिब २३ अर्ब अमेरिकी डलर बराबरको विदेशी मुद्रा सञ्चिति रहेको छ। बैंकिङ प्रणालीमा खरबौँ रुपैयाँ बराबरको निक्षेप छ भने सञ्चय कोष, पेन्सन कोष तथा बीमा कम्पनीहरूसँग १३ अर्ब अमेरिकी डलरभन्दा बढी बराबरको पूँजी न्यून प्रतिफल दिने मुद्दती निक्षेपमा थन्किएको छ। यति ठूलो वित्तीय स्रोत हुँदाहुँदै पनि नेपालले अपेक्षाअनुसार प्रत्यक्ष विदेशी लगानी आकर्षित गर्न सकेको छैन।

     सम्भावनाको तुलनामा निकै कम विदेशी लगानी 

    छलफलका क्रममा प्रस्तुत तथ्याङ्कअनुसार प्रतिबद्ध विदेशी लगानीमध्ये करिब ३९ प्रतिशत मात्रै नेपाल भित्रिएको छ। गत वर्ष नेपालमा भित्रिएको वास्तविक विदेशी लगानी पनि सम्भावनाको तुलनामा निकै कम रहेको सहभागीहरूले औँल्याए। उक्त अन्तरक्रियामा छलफलमा आफ्ना धारणाहरु स्पष्ट ढंगले राख्न मिल्ने तर कुनै खास व्यक्ति वा वक्तालाई उद्धृत गर्न नमिल्ने चाथम हाउस नियम लागू गरिएको थियो। छलफलको नेतृत्व न्यूयोर्कस्थित क्रस रिभर बैंकका कार्यकारी उपाध्यक्ष प्रवेश रिजाल तथा बैंकका हेड अफ इन्भेस्टमेन्ट बैंकिङ हेनरी पिनेलले गरेका थिए ।अन्तरक्रियामा उनीहरुले नेपालको वर्तमान अवस्थाले विश्व वित्तीय प्रणालीसँग नयाँ ढङ्गले जोडिने ऐतिहासिक अवसर प्रदान गरेको र त्यसका लागि आवश्यक वित्तीय पूर्वाधार, लगानीका साधन तथा पूँजी परिचालनको संयन्त्र निर्माणमा क्रस रिभर बैंक दीर्घकालीन साझेदार बन्न इच्छुक रहेको स्पष्ट सन्देश दिएका थिए । छलफलमा सहभागी अधिकांशको निष्कर्ष एउटै थियो,समस्या पूँजीको होइन। समस्या त्यस्तो वित्तीय प्रणालीको हो, जसले पूँजीलाई प्रभावकारी रूपमा परिचालन गर्न, जोखिमको उचित मूल्य निर्धारण गर्न, लगानीकर्तालाई निकास सुनिश्चित गर्न तथा दीर्घकालीन लगानीलाई आकर्षित गर्न सकोस्।

    नेपालमा अझै पनि बचतपत्र बजार, जोखिम–आधारित मूल्य निर्धारण प्रणाली तथा अन्तर्राष्ट्रिय लगानीकर्ताले अपेक्षा गर्ने पूँजी बजारका आधारभूत संरचना पर्याप्त रूपमा विकास हुन सकेका छैनन्। अर्थात्, नेपालसँग स्रोत छ, सम्भावना छ र बचत पनि छ तर त्यसलाई अन्तरराष्ट्रिय लगानीकर्ताले बुझ्ने भाषामा रूपान्तरण गर्ने वित्तीय आधारभूत संरचना अझै निर्माणको चरणमै छ।

    ऊर्जा क्षेत्र ः नेपालको सबैभन्दा ठूलो अवसर, तर सबैभन्दा कठिन चुनौती पनि

    छलफलको सबैभन्दा महत्वपूर्ण विषय नेपालको जलविद्युत् तथा ऊर्जा क्षेत्र बन्यो।

    विश्व अहिले तीव्र गतिमा विद्युतीकरण र कृत्रिम बुद्धिमत्तामा आधारित अर्थतन्त्रतर्फ अघि बढिरहेको छ। अमेरिका, युरोप तथा अष्ट्रेलियाका धेरै क्षेत्रमा नयाँ डाटा सेन्टर स्थापना गर्न आवश्यक विद्युत् जडानका लागि वर्षौँसम्म प्रतीक्षा गर्नुपर्ने अवस्था सिर्जना भएको छ।

    त्यसको विपरीत नेपाल भने क्रमशः मुलुकलाई आवश्यक पर्ने भन्दा बढी विद्युत् उत्पादन गर्ने मुलुकका रूपमा उभिँदैछ। यही कारण ऊर्जा क्षेत्रलाई नेपालले विश्वव्यापी लगानी आकर्षित गर्न सक्ने सबैभन्दा ठूलो अवसरका रूपमा हेरिएको छ।

    सहभागी ऊर्जा विकासकर्ताहरूले औँल्याएअनुसार नेपाल सरकारले जलविद्युत् परियोजनामा १७ प्रतिशत इक्विटी आन्तरिक प्रतिफल (आइआरआर) को सीमा निर्धारण गरेको छ। विदेशी लगानीकर्ताका लागि यही प्रतिफल अमेरिकी डलरमा करिब ११ प्रतिशत वरिपरि सीमित हुन्छ।

    त्यसमाथि नेपाली रुपैयाँको अमेरिकी डलरसँगको निरन्तर अवमूल्यनले वास्तविक प्रतिफललाई अझ घटाउँछ। छलफलका क्रममा विगत केही वर्षमा विनिमय दर करिब रु। ११० बाट रु। १५० प्रति अमेरिकी डलर पुगेको उदाहरण प्रस्तुत गरियो।

    यस कारण एउटै जलविद्युत् परियोजनालाई मात्र आधार बनाएर मूल्याङ्कन गर्दा जोखिम–समायोजित प्रतिफल अन्तर्राष्ट्रिय संस्थागत लगानीकर्ताका लागि पर्याप्त आकर्षक नदेखिने सहभागीहरूको धारणा थियो।एक ऊर्जा विकासकर्ताले स्पष्ट शब्दमा भने, ‘एकल परियोजनाका आधारमा हेर्दा नेपालमा जोखिमअनुसारको प्रतिफल अझै पनि विश्वव्यापी लगानीकर्ताको अपेक्षाअनुसार प्रतिस्पर्धी बन्न सकेको छैन।’यही बहसले अर्को महत्वपूर्ण प्रश्न जन्मायो, यदि एउटै परियोजना पर्याप्त आकर्षक छैन भने, नेपालले आफ्ना परियोजनालाई विश्वस्तरीय लगानीकर्ताका लागि कसरी थप मूल्यवान् र प्रतिस्पर्धी बनाउन सक्छ ?

    शुक्रबारको छलफललाई यही प्रश्नको उत्तर खोज्ने प्रयासको सुरुवातको रुपमा हेरिएको छ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    आजको मौसमः कोशीमा भारी वर्षाको सम्भावना

    ललितपुरमा सीप तथा रोजगार मेला, युवालाई रोजगारी र आत्मनिर्भरतातर्फ प्रेरित गर्ने प्रयास

    रोटरी जर्नो अवार्डको उद्देश्य मेहनती र उत्कृष्ट पत्रकारलाई प्रोत्साहित गर्नु हो : बासुदेव गोल्यान

    २३ औँ राष्ट्रिय धान दिवस : जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्न सरकारको जोड

    लागुऔषध नियन्त्रण राष्ट्रिय चुनौतीको विषय बनेको छ : महानिरीक्षक कार्की

    रञ्जु दर्शनाले पनि महामन्त्री पदबाट लिइन् उम्मेदवारी फिर्ता

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    याङ्गो प्रो द्वारा बागमती प्रदेशको राजधानी हेटौँडामा सेवा…

    भारतमा सडकको नाम नै ‘डोनाल्ड ट्रम्प एभेन्यु’, ट्रम्पले…

    नेपालमा रहेको प्रशस्त पूँजीलाई लगानीमा बदल्न अमेरिकी क्रस…

    लुकाकु बने बेल्जियमका सर्वाधिक विश्वकप गोलकर्ता

    अबको ३–४ दिनभित्र देशभर मनसुन फैलिने सम्भावना, पश्चिममा…

    रास्वपा महाधिवेशनका कारण प्रतिनिधि सभा बैठक फेरि स्थगित

    काठमाडौं उपत्यकामा २४ घण्टामा २,४३८ चालक कारबाहीमा, २०…

    रामेछापको खाँडादेवीमा प्राविधिक कर्मचारीद्वारा सामूहिक राजीनामा, प्राविधिक सेवा…

    आर्थिक

    सुनको मूल्य बढ्दा चाँदी घट्यो 

    बाजुराका ९ वटै स्थानीय तहले प्रस्तुत गरे बजेट : कुन पालिकाको बजेट कति ?

    सूनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑