सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेलाई नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।
चितवनको भरतपुरमा सम्पन्न रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनबाट लामिछाने सर्वसम्मत रूपमा सभापतिमा निर्वाचित भएपछि खड्काले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत बधाई सन्देश सार्वजनिक गरेका हुन्।
खड्काले आफ्नो सन्देशमा लेखेका छन्, “राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय अधिवेशनबाट केन्द्रीय सभापतिमा सर्वसम्मत निर्वाचित हुनुभएकोमा रवि लामिछानेजीलाई धेरै–धेरै बधाई तथा कार्यकालको पूर्ण सफलताको हार्दिक शुभकामना।”
उनले महाधिवेशनबाट निर्वाचित अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई पनि बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
खड्काले थप लेखेका छन्, “निर्वाचित सबै पदाधिकारी र सदस्यहरूमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना। प्रथम राष्ट्रिय महाधिवेशन सफलतापूर्वक सम्पन्न गरेकोमा सभापति रवि लामिछाने र उहाँको सम्पूर्ण टिमलाई विशेष बधाई।”
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयन गरेसँगै विभिन्न राजनीतिक दलका नेताहरूले पनि नवनिर्वाचित नेतृत्वलाई बधाई तथा शुभकामना दिने क्रम जारी रहेको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा