• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ १२, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • ललितपुरमा सीप तथा रोजगार मेला, युवालाई रोजगारी र आत्मनिर्भरतातर्फ प्रेरित गर्ने प्रयास

      रोटरी जर्नो अवार्डको उद्देश्य मेहनती र उत्कृष्ट पत्रकारलाई प्रोत्साहित गर्नु हो : बासुदेव गोल्यान

      २३ औँ राष्ट्रिय धान दिवस : जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्न सरकारको जोड

      लागुऔषध नियन्त्रण राष्ट्रिय चुनौतीको विषय बनेको छ : महानिरीक्षक कार्की

      रञ्जु दर्शनाले पनि महामन्त्री पदबाट लिइन् उम्मेदवारी फिर्ता

      रास्वपा महाधिवेशन : दोस्रो चरणको मतदान प्रक्रिया सुरु

      छ जनाले लिए महामन्त्री पदबाट उम्मेदवारी फिर्ता

      सामाजिक विसङ्गतिहरूबारे सचेतना जगाउन ‘सहीछाप’ प्रदर्शन

      रास्वपा महिला उपसभापतिमा डा.तोसिमा कार्की र सोविता गौतमबिच भिडन्त, कसले मार्ला बाजी ?

      सुनको मूल्य बढ्दा चाँदी घट्यो 

      रास्वपा केन्द्रीय समिति चयनपछि हरि ढकालको प्रतिक्रिया :संगठन र समावेशिता दुवैमा सुधार

      भेनेजुएला भूकम्प : मृत्यु हुनेको संख्या २३५ पुग्यो, उद्धारमा अन्तर्राष्ट्रिय सहयोग तीव्र

      रास्वपा महाधिवेशनका कारण प्रतिनिधि सभा बैठक फेरि स्थगित

      भेनेजुएला भूकम्प : मृत्यु हुनेको संख्या २३५ पुग्यो, उद्धारमा अन्तर्राष्ट्रिय सहयोग तीव्र

      काठमाडौं उपत्यकामा २४ घण्टामा २,४३८ चालक कारबाहीमा, २० लाखभन्दा बढी राजस्व संकलन

    होमपेज /  समाचार

    २३ औँ राष्ट्रिय धान दिवस : जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्न सरकारको जोड

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ अषाढ १२, शुक्रबार (१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २७ पटक पढिएको
  • सरकारले यस वर्षको २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८३ ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नारासहित विविध कार्यक्रम गरी मनाउने भएको छ ।

    कृषि विभागले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा जलवायु परिवर्तनका चुनौतीबीच धान उत्पादन बढाउन जलवायुमैत्री प्रविधिको विकास, विस्तार र प्रयोगलाई विशेष प्राथमिकता दिइएको जनाएको छ ।

    नेपालको खाद्य तथा पोषण सुरक्षाको मुख्य आधार मानिने धान खेतीमा देशका करिब २७ लाख ६५ हजार कृषक परिवार आबद्ध छन् । राष्ट्रिय कृषि गणना २०७८ अनुसार कुल खेतीयोग्य जमिनको ५४ प्रतिशत क्षेत्रमा धान खेती हुने गरेको छ भने कृषि कुल गार्हस्थ्य उत्पादनमा धानको योगदान करिब १३ प्रतिशत रहेको छ । धान उत्पादनबाट वार्षिक करिब २ खर्ब रुपैयाँ बराबरको आर्थिक योगदान पुग्ने सरकारी तथ्यांक छ ।

    गत पाँच वर्षमा धानको उत्पादकत्व प्रति हेक्टर ३.८० मेट्रिक टनबाट बढेर ४.१९ मेट्रिक टन पुगेको छ । आर्थिक वर्ष २०८१÷८२ मा १४ लाख २० हजार ६३६ हेक्टर क्षेत्रफलबाट ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएको थियो । यद्यपि नेपाललाई वार्षिक करिब ७० लाख मेट्रिक टन धान आवश्यक पर्ने भएकाले अझै करिब १० लाख मेट्रिक टन धान अपुग रहेको मन्त्रालयले जनाएको छ ।

    सरकारका अनुसार पछिल्ला वर्षहरूमा धान खेतीको क्षेत्रफल घट्दै गए पनि उन्नत बीउ, मलको प्रयोग तथा आधुनिक प्रविधिका कारण उत्पादकत्व बढेको छ । साथै उपभोक्ताको खाने बानी परिवर्तनसँगै मसिनो तथा बास्नादार चामलको माग बढ्दा चामल आयात पनि उल्लेख्य रूपमा वृद्धि भएको छ ।

    जलवायु परिवर्तनका कारण बाढी, पहिरो तथा सुख्खाले धान खेतीमा गम्भीर असर पारिरहेको भन्दै सरकारले यस वर्ष जलवायु अनुकूल खेती प्रणालीलाई विशेष प्राथमिकता दिएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले सुख्खा तथा डुबान सहन सक्ने धानका नयाँ जातहरू विकास गरी किसानसम्म विस्तार गरिरहेको जनाएको छ। साथै कालो धान, कालानमक, बासमतीलगायत रैथाने तथा पोषणयुक्त जातहरूको संरक्षण र प्रवद्र्धनमा पनि जोड दिइएको छ ।

    हाल १८ जिल्लाका ५८ स्थानीय तहमा चैते धान प्रवद्र्धन, गुणस्तरीय बीउ उत्पादन, हर्दिनाथ–१ र हर्दिनाथ–३ वर्णशंकर जातको विस्तार, २१ जोन र पाँच सुपरजोनमार्फत यान्त्रिकीकरण, बाली बीमा प्रिमियममा अनुदान तथा न्यूनतम समर्थन मूल्य निर्धारणजस्ता कार्यक्रम सञ्चालन भइरहेका छन् । साथै, महोत्तरी, सर्लाही, नुवाकोट र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का आठ स्थानीय तहमा क्राफ्ट नेपाल परियोजना कार्यान्वयनमा ल्याइएको छ ।

    यस वर्षको राष्ट्रिय धान दिवस असार १५ गते नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र, खुमलटारमा विशेष समारोहका साथ मनाइने भएको छ। कार्यक्रममा धान उत्पादन तथा अनुसन्धान क्षेत्रमा योगदान पु¥याएका कृषक, वैज्ञानिक, उद्यमी र पत्रकारलाई सम्मान गरिनेछ भने सामूहिक रोपाइँ कार्यक्रम पनि आयोजना गरिनेछ ।

    कृषि विभागका महानिर्देशक तथा मूल समारोह समितिका अध्यक्ष प्रकाश कुमार सञ्जेलले राष्ट्रिय धान दिवसले धान उत्पादन वृद्धि, खाद्य तथा पोषण सुरक्षा र धानमा आत्मनिर्भरताका लागि सरकार तथा सरोकारवालाबीच थप सहकार्यको वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरेका छन् । साथै प्रदेश, स्थानीय तह तथा सञ्चारमाध्यमलाई पनि धान दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी जनचेतना अभिवृद्धि गर्न आग्रह गरिएको छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ललितपुरमा सीप तथा रोजगार मेला, युवालाई रोजगारी र आत्मनिर्भरतातर्फ प्रेरित गर्ने प्रयास

    रोटरी जर्नो अवार्डको उद्देश्य मेहनती र उत्कृष्ट पत्रकारलाई प्रोत्साहित गर्नु हो : बासुदेव गोल्यान

    लागुऔषध नियन्त्रण राष्ट्रिय चुनौतीको विषय बनेको छ : महानिरीक्षक कार्की

    रञ्जु दर्शनाले पनि महामन्त्री पदबाट लिइन् उम्मेदवारी फिर्ता

    रास्वपा महाधिवेशन : दोस्रो चरणको मतदान प्रक्रिया सुरु

    छ जनाले लिए महामन्त्री पदबाट उम्मेदवारी फिर्ता

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ललितपुरमा सीप तथा रोजगार मेला, युवालाई रोजगारी र…

    रोटरी जर्नो अवार्डको उद्देश्य मेहनती र उत्कृष्ट पत्रकारलाई…

    २३ औँ राष्ट्रिय धान दिवस : जलवायुमैत्री प्रविधिबाट…

    लागुऔषध नियन्त्रण राष्ट्रिय चुनौतीको विषय बनेको छ :…

    रास्वपा महाधिवेशनका कारण प्रतिनिधि सभा बैठक फेरि स्थगित

    काठमाडौं उपत्यकामा २४ घण्टामा २,४३८ चालक कारबाहीमा, २०…

    रामेछापको खाँडादेवीमा प्राविधिक कर्मचारीद्वारा सामूहिक राजीनामा, प्राविधिक सेवा…

    रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित

    आर्थिक

    सुनको मूल्य बढ्दा चाँदी घट्यो 

    बाजुराका ९ वटै स्थानीय तहले प्रस्तुत गरे बजेट : कुन पालिकाको बजेट कति ?

    सूनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑