• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ १३, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • अबको ३–४ दिनभित्र देशभर मनसुन फैलिने सम्भावना, पश्चिममा गर्मी अझै कायम

      विराटनगरमा आगजनी–तोडफोडका मुख्य आरोपित ताजिम अन्सारी पुर्पक्षका लागि थुनामा

      जोर्डनविरुद्धको खेलमा मेस्सीले नखेल्ने प्रशिक्षक स्कालोनीको पुष्टि

      महाधिवेशनले रास्वपामाथिका विचारविहीन र सिद्धान्तविहीन भन्ने आरोप खारेज गरेको छ : रवि लामिछाने

      वर्षा कम हुँदा धान रोपाइँ सुस्त, देशभर ११.३३ प्रतिशत मात्रै रोपाइँ सम्पन्न

      उरुग्वेमाथिको जितसँगै स्पेन समूह विजेता, नकआउट चरणमा प्रवेश

      रास्वपा भनेकै रवि, रवि भनेकै रास्वपा : एमाले महासचिव पोखरेल

      फिफा विश्वकप : इराकमाथि सेनेगलको ५–० को शानदार जित

      आजको मौसमः कोशीमा भारी वर्षाको सम्भावना

      रास्वपा महिला सहमहामन्त्रीमा निशा डाँगी विजयी

      हरि ढकाल र असिम शाह सहमहामन्त्रीमा विजयी

      रास्वपा उपसभापतिमा सोविता गौतम निर्वाचित

      रास्वपा महामन्त्रीमा विपिन आचार्य निर्वाचित

      फिफा विश्वकप : शनिबार समूह जी, एच र आईका ६ खेल हुँदै

      संघर्षको परिवार, सफलताको नयाँ अध्याय : सांसद आकृति अवस्थी

    होमपेज /  राजनीती

    महाधिवेशनले रास्वपामाथिका विचारविहीन र सिद्धान्तविहीन भन्ने आरोप खारेज गरेको छ : रवि लामिछाने

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ अषाढ १३, शनिबार (१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २९ पटक पढिएको
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रथम राष्ट्रिय महाधिवेशनले पार्टीमाथि लाग्दै आएका विचारविहीन, सिद्धान्तविहीन र अपरिपक्व राजनीतिक शक्तिको आरोपलाई खारेज गरेको बताएका छन्।

    चितवनमा सम्पन्न महाधिवेशनबाट निर्विरोध सभापतिमा निर्वाचित भएपछि शपथग्रहणपछि सम्बोधन गर्दै लामिछानेले निर्वाचनमा कसैको हार नभई सम्पूर्ण पार्टीको जित भएको बताए।

    उनले भने, ‘जित–हार क्षणिक कुरा हो। यहाँ कसैले हारेको छैन। जस–जसले जित्यो, घण्टी बजाले नै जित्यो, नील योद्धाले नै जित्यो। त्यसकारण सिंगो राष्ट्रको हितबाहेक कसैले पनि हारेको छैन।’

    उनले निर्वाचनको प्रतिस्पर्धापछि देखिएका असहजतालाई बिर्सेर पार्टीलाई अझ सशक्त बनाउन सबै नेता–कार्यकर्ता एकताबद्ध हुनुपर्नेमा जोड दिए।

    महाधिवेशनले पार्टीका नीति, विचार, सिद्धान्त र आदर्शलाई स्पष्ट रूपमा स्थापित गरेको उल्लेख गर्दै लामिछानेले रास्वपामाथि लगाइएका राजनीतिक आरोप अब टिक्न नसक्ने दाबी गरे।

    उनले भने, ‘राष्ट्रिय महाधिवेशनले हामीमाथि लागेको विचारविहीन, सिद्धान्तविहीनजस्ता संगीन राजनीतिक आरोपलाई पूर्ण रूपमा खारेज गरेको छ। हाम्रा दस्तावेजमा सुरुदेखि नै वैचारिक धरातल स्पष्ट थियो, तर धेरैले पढ्नै पाएनन्। अहिले त्यसलाई अझ विस्तृत रूपमा प्रस्तुत गरेका छौँ।’

    लामिछानेले पार्टीको नियत, राष्ट्रभक्ति र लोकतन्त्रप्रतिको प्रतिबद्धतामा कुनै शंका नगर्न आग्रह गर्दै व्यवहार र अभिव्यक्तिमा भने थप परिपक्व बन्नुपर्ने स्वीकार गरे।

    उनले भने, ‘राजनीतिक रूपमा हामीले देखाउनुपर्ने जति परिपक्वता देखाउन सकेका छैनौँ, यो सत्य हो। तर हाम्रो नियत, देशभक्ति र राष्ट्रभक्तिमा किञ्चित शंका नगर्नुहोस्।’

    महाधिवेशनको निर्वाचन परिणामले पार्टीभित्र गुटबन्दी रहेको भन्ने चर्चा पनि अन्त्य गरेको उनको भनाइ थियो।

    उनले भने, ‘निर्वाचनमा पुराना र नयाँ दुवै समूहलाई प्रतिनिधिहरूले जिम्मेवारी दिएका छन्। यसले गुट बनेको भन्ने हल्लालाई चिरेको छ। नयाँ र पुरानाको बहस अब सकिएको छ। पार्टी अब अझ परिपक्व बनेको छ र असल राजनीतिक चरित्र निर्माण गर्ने मार्ग प्रशस्त भएको छ।’

    सभापतिका रूपमा आफूले निर्वाचन प्रक्रियामा प्रत्यक्ष हस्तक्षेप नगरी संगठनको वास्तविक अवस्था बुझ्ने प्रयास गरेको उल्लेख गर्दै उनले पहिलो महाधिवेशनले पार्टीका शक्ति र कमजोरी दुवै चिनाउने अवसर दिएको बताए।

    उनले भने, ‘सभापतिका रूपमा मैले आफूलाई प्रत्यक्ष संलग्न नगराई संगठन कस्तो अवस्थामा छ भन्ने हेर्ने प्रयास गरेँ। तमाम कमजोरीका बाबजुद पनि सबैले देखाउनुभएको धैर्यता र योगदानका लागि धेरै–धेरै धन्यवाद।’

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    रास्वपा भनेकै रवि, रवि भनेकै रास्वपा : एमाले महासचिव पोखरेल

    छ जनाले लिए महामन्त्री पदबाट उम्मेदवारी फिर्ता

    रास्वपा केन्द्रीय समिति चयनपछि हरि ढकालको प्रतिक्रिया :संगठन र समावेशिता दुवैमा सुधार

    सामाजिक संजालबाटै महामन्त्री पदको उम्मेदवारी घोषणा

    उत्तरपुस्तिका परीक्षण र डेटा भेरिफिकेसनका लागि समिति गठन

    प्रारम्भिक बाल विकासमा लगानी गर्न मुख्यमन्त्री कार्कीको जोड

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अबको ३–४ दिनभित्र देशभर मनसुन फैलिने सम्भावना, पश्चिममा…

    विराटनगरमा आगजनी–तोडफोडका मुख्य आरोपित ताजिम अन्सारी पुर्पक्षका लागि…

    जोर्डनविरुद्धको खेलमा मेस्सीले नखेल्ने प्रशिक्षक स्कालोनीको पुष्टि

    महाधिवेशनले रास्वपामाथिका विचारविहीन र सिद्धान्तविहीन भन्ने आरोप खारेज…

    अबको ३–४ दिनभित्र देशभर मनसुन फैलिने सम्भावना, पश्चिममा…

    रास्वपा महाधिवेशनका कारण प्रतिनिधि सभा बैठक फेरि स्थगित

    काठमाडौं उपत्यकामा २४ घण्टामा २,४३८ चालक कारबाहीमा, २०…

    रामेछापको खाँडादेवीमा प्राविधिक कर्मचारीद्वारा सामूहिक राजीनामा, प्राविधिक सेवा…

    आर्थिक

    सुनको मूल्य बढ्दा चाँदी घट्यो 

    बाजुराका ९ वटै स्थानीय तहले प्रस्तुत गरे बजेट : कुन पालिकाको बजेट कति ?

    सूनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑