सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आइतवार जापानको औपचारिक भ्रमणमा प्रस्थान गर्ने भएका छन्। नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठको अवसरमा जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल जापान जान लागेका हुन्।
परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार राष्ट्रपति पौडेल माघ १८ गते जापान प्रस्थान गरी माघ २१ गते नेपाल फर्किने कार्यक्रम रहेको छ। दुई मुलुकबीच सन् १९५६ सेप्टेम्बर १ (वि.सं. २०१३ भदौ १७) मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो।
माघ १९ गते नेपाल–जापान कूटनीतिक सम्बन्धको ७० औँ वार्षिकोत्सवको अवसरमा जापान सरकारद्वारा आयोजना हुने विशेष स्वागत समारोहमा राष्ट्रपति पौडेल सहभागी हुनेछन्। सोही क्रममा जापानका विदेश राज्यमन्त्री होरिइ इवाओसँग राष्ट्रपति पौडेलको शिष्टाचार भेट तय भएको छ।
यस्तै माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट हुनेछ भने जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाएसँग पनि भेटवार्ता हुने कार्यक्रम रहेको छ।
भ्रमणका क्रममा राष्ट्रपति पौडेल जापानी व्यावसायिक समुदायसँगको बैठकमा सहभागी हुनेछन्। साथै जापानस्थित नेपाली राजदूतावासले आयोजना गर्ने स्वागत समारोहमा पनि उहाँ सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
भ्रमणमा राष्ट्रपति पौडेलसँग उनकी धर्मपत्नी सविता पौडेल तथा उच्चस्तरीय सरकारी अधिकारीहरूको सहभागिता रहनेछ।

युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा