सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं – सरकारले बर्दियाबाट जग्गाधनी प्रमाणपूर्जा (लालपुर्जा) वितरण अभियान सुरु गरेको छ। पहिलो चरणमा बर्दियाको बढैयाताल गाउँपालिका–४ का २९ भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासी परिवारलाई लालपुर्जा वितरण गरिएको हो।
लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नभएका स्थानीयले लालपुर्जा प्राप्त गरेसँगै कानुनी रूपमा जग्गाधनी बनेका छन्। यससँगै उनीहरूले बैंकिङ सेवा, ऋण सुविधा तथा विभिन्न सरकारी सेवामा सहज पहुँच प्राप्त गर्ने अपेक्षा गरिएको छ।
भूमि व्यवस्था, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने उद्देश्यका साथ लालपुर्जा वितरण अभियानलाई थप प्रभावकारी रूपमा अघि बढाइनेछ।
संघीय मामिला मन्त्री प्रतिभा रावलले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताइन्। उनले बर्दियाबाट सुरु भएको लालपुर्जा वितरण कार्यक्रमलाई क्रमशः देशभर विस्तार गर्दै वास्तविक भूमिहीन नागरिकलाई जग्गाको कानुनी स्वामित्व उपलब्ध गराइने जानकारी दिइन्।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा