सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कञ्चनपुर, १८ असार । कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले बिहीबार बिहान करिब ७ बजे भीमदत्त नगरपालिका–१८ स्थित आफ्नै निवासबाट भण्डारीलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार जिल्ला अदालत कञ्चनपुरले गालीगलौजसम्बन्धी मुद्दामा २०८२ साल चैतमा भण्डारीलाई १ वर्ष ७ दिन कैद तथा १२ हजार १०० रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो।
उक्त अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा