सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
दैलेख। दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गमा यात्रुवाहक फोर्स गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य यात्रुको खोजी जारी रहेको छ।
सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी बिहीबार बिहान करिब ११ः३० बजे अनियन्त्रित भई सडकबाट करिब ६०० मिटर तल कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि गाडीमा सवार यात्रुहरू नदीमा बेपत्ता भएका छन्। हालसम्म एक पुरुषको शव भिरमा अड्किएको अवस्थामा फेला परेको छ। शव निकाल्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालन गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
गाडीमा कति जना यात्रु सवार थिए भन्ने विवरण अझै खुल्न नसकेको प्रहरीले जनाएको छ। बेपत्ता यात्रुको खोजी तथा उद्धार कार्य जारी छ।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी पाल्तडाबाबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी बल दैलेख गुल्म तथा माथिल्लो कर्णाली जलविद्युत् आयोजना सुरक्षा बेसका सुरक्षाकर्मी घटनास्थलमा खटिएका छन्।
प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरेको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा