• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ १७, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • शिक्षा मन्त्रालयको १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

      सभामुख अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूतबीच शिष्टाचार भेटवार्ता

      कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफबीच १० वर्षे सहकार्य सम्झौतामा हस्ताक्षर

      उद्योग मन्त्रालयद्वारा १०० दिनको कार्यप्रगति विवरण प्रधानमन्त्री कार्यालयमा पेस

      वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

      संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

      फरेन्सिक विधेयकमा विशेषज्ञताको मापदण्ड कडा बनाउन मन्त्री पुनको जोड

      वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ

      बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण

      सुनचाँदीको मूल्य घट्यो

      क्वेडरलाई २-० गोलले हराउँदै मेक्सिको फिफा विश्वकपको अन्तिम १६ मा 

      रास्वपाको महाधिवेशनबाट महिला सहभागिताको ऐतिहासिक मानक : अन्य दलका लागि पनि शिक्षा

      हुलाकको पुनर्जन्म: आधुनिक राज्यको मेरुदण्ड

      एमआरपी कार्यान्वयनमा व्यवसायी अन्योलमा छन् : हिमलाल खराल

      स्विडेनलाई पराजित गर्दै फ्रान्स अन्तिम १६ मा प्रवेश

    होमपेज /  मुख्य समाचार

    एमाले भूगोलमै छ, गूगलमा होइन र एकता मजबुत छ : शेरबहादुर तामाङ

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ माघ ८, बिहिबार (५ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १८९ पटक पढिएको
  • सन्तोषी रावल /काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक क्षेत्र नम्बर–२ बाट प्रस्तावित प्रतिनिधिसभा उम्मेद्वार शेरबहादुर तामाङले पार्टीको पछिल्लो महाधिवेशनले एमाले अझै सशक्त, समावेशी र जनआधारित पार्टी भएको स्पष्ट सन्देश दिएको बताए ।

    भदौ २३–२४ मा भएको विध्वंशपछि पार्टीलाई पुन जनतामाझ परीक्षण गर्नुपर्ने आवश्यकता महसुस भएकाले नियमित समयभन्दा अगाडि महाधिवेशन गरिएको उनको भनाइ छ । देशव्यापी कार्यक्रममार्फत जनमत जाँचेर मात्रै महाधिवेशनमा जाने निर्णय गरिएको उनले बताए ।

    भक्तपुरको सल्लाघारीमा सम्पन्न महाधिवेशन उद्घाटन सत्रमा देखिएको विशाल जनसहभागिताले ‘पुराना पार्टी समाप्त भए’ भन्ने भ्रम चिर्दै एमाले अझै भूगोलमै मजबुत रहेको प्रमाणित भएको तामाङको दाबी छ ।

    सामाजिक सञ्जालमा देखिने भ्यु र वास्तविक जनसमर्थनबीच ठूलो अन्तर रहेको उल्लेख गर्दै उनले एमाले गूगलमा होइन, भूगोलमा बसेको पार्टी भएको बताए ।

    महाधिवेशनले युवापुस्ताको प्रतिनिधित्वलाई संस्थागत गरेको उल्लेख गर्दै उनले अन्डर–४० उमेर समूहलाई अनिवार्य प्रतिनिधित्व गराउने व्यवस्था ऐतिहासिक भएको बताए ।

    जनसंगठनदेखि केन्द्रीय कमिटीसम्म युवा, महिला, जनजाति, दलित, मधेसी, थारु, अल्पसंख्यक र पिछडिएको क्षेत्रबाट समावेशी प्रतिनिधित्व सुनिश्चित गरिएको उनको भनाइ छ । यसरी निर्वाचित केन्द्रीय कमिटी समावेशीताको नमुना बनेको उनले बताए ।

    तामाङले महाधिवेशनले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि भइरहेको चौतर्फी आक्रमणलाई राजनीतिक रूपमा खारेज गरेको दाबी गरे। अध्यक्ष लोकप्रियताका कारण मात्रै टिकेको होइन, पार्टी र राष्ट्रको आवश्यकताका रूपमा पुन स्थापित भएको सन्देश महाधिवेशनले दिएको उनको भनाइ छ । “एमालेको मात्र होइन, राष्ट्रकै आवश्यकता केपी ओली हो भन्ने कुरा स्थापित भएको छ,” उनले भने ।

    राजनीतिक दलहरूमा हुने विभाजनलाई दुर्भाग्यपूर्ण बताउँदै तामाङले मुख्य दल फुट्दा देशमै नकारात्मक असर पर्ने इतिहास रहेको उल्लेख गरे । नेपाली कांग्रेसमा देखिएको पछिल्लो विभाजन असामान्य र बाह्य हस्तक्षेपको परिणाम भएको उनको आरोप छ ।

    भदौ २३–२४ को विध्वंशलाई नेपाली जनताले समर्थन नगरेको र त्यसको जिम्मा कसैले नलिएको भन्दै, त्यस्ता घटनाबाट जन्मिने पार्टीहरूले निर्वाचनबाटै वास्तविकता भोग्ने उनले बताए ।

    सरकार गठन असंवैधानिक तरिकाले भएको दाबी गर्दै एमाले संसद पुनःस्थापनाको पक्षमा उभिएको उनले स्मरण गराए । तर निर्वाचनको प्रक्रिया अगाडि बढेपछि एमाले प्राविधिक तयारीमा सहभागी हुँदै आएको र अहिले पूर्ण रूपमा निर्वाचनका लागि तयार रहेको उनले बताए । सबै उम्मेदवार तय भइसकेको र फागुन २१ मै निर्वाचन हुनुपर्ने एमालेको अडान रहेको उनले स्पष्ट पारे ।

    महिला प्रतिनिधित्वको सवालमा संविधानले सुनिश्चित गरेको ३३ प्रतिशत व्यवस्था समानुपातिक प्रणालीमार्फत पूरा गरिने तामाङले बताए । प्रत्यक्षतर्फ महिलाको संख्या अपेक्षाकृत कम हुनु सामाजिक संरचनाको परिणाम भएको उल्लेख गर्दै उनले समाज परिवर्तन एकैचोटि सम्भव नहुने बताए । तर सुधारको दिशामा समाज अघि बढिरहेको र महिला नेतृत्व विस्तार हुँदै जाने उनको विश्वास छ ।

    नेपाली जनता आक्रोशित छन् भन्ने कथनलाई पूर्ण रूपमा अस्वीकार गर्दै तामाङले जनताले स्वतःस्फूर्त रूपमा हिंसा नगरेको जिकिर गरे । भदौ २३–२४ को घटनाले देशलाई आर्थिक रूपमा चार–पाँच खर्ब बराबरको क्षति पु¥याएको र विकासको गति करिब २० वर्ष पछाडि धकेलिएको उनले बताए । यद्यपि नेपाल प्राकृतिक स्रोतले सम्पन्न देश भएकाले निराश नहुन आग्रह गर्दै, गाली–गलौज र विभाजनको राजनीति होइन, सौहार्दपूर्ण प्रतिस्पर्धामार्फत मुलुक अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    प्रचण्डलाई ओलीको जवाफः एकता गर्दैनौं पार्टी प्रवेश गर्नेलाई उदारताका साथ समेट्छौं

    एक्शनमा मन्त्री यादव: भाडा नतिर्ने उद्योगको लाइन काटियो, दुई सातामै उठ्यो ४२ करोड बढी बक्यौता

    गृहमन्त्री गुरुङले आफ्नै सरकारी गाडीबाट हटाए कालो सिसा, अभियानमा कडाइ गर्न निर्देशन

    कम्युनिस्ट एकताको प्रयासप्रति गोकुल बास्कोटाको कटाक्ष: ‘फुटेको हाँडी फेरि जोड्ने राग’

    राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौंबाट धनगढी जाँदै गरेको श्री एयरलाइन्सको जहाजमा धुवाँ देखिएपछि भैरहवामा आकस्मिक अवतरण

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    शिक्षा मन्त्रालयको १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

    सभामुख अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूतबीच शिष्टाचार…

    कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफबीच १०…

    उद्योग मन्त्रालयद्वारा १०० दिनको कार्यप्रगति विवरण प्रधानमन्त्री कार्यालयमा…

    प्रचण्डलाई ओलीको जवाफः एकता गर्दैनौं पार्टी प्रवेश गर्नेलाई…

    एक्शनमा मन्त्री यादव: भाडा नतिर्ने उद्योगको लाइन काटियो,…

    गृहमन्त्री गुरुङले आफ्नै सरकारी गाडीबाट हटाए कालो सिसा,…

    कम्युनिस्ट एकताको प्रयासप्रति गोकुल बास्कोटाको कटाक्ष: ‘फुटेको हाँडी…

    आर्थिक

    सुनचाँदीको मूल्य घट्यो

    पेट्रोल र डिजेलको घट्यो मूल्य

    कृषिको व्यवसायीकरण बिना देशको समृद्धि र रोजगारी सिर्जना असम्भवः बिरेन्द्र बस्नेत

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑