सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालय र विश्व वन्यजन्तु कोष ( डब्लूडब्लूएफ) नेपाल बीच १० वर्षे सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
बुधबार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित कार्यक्रममा कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफ नेपालबीच सन् २०२६ जुलाईदेखि सन् २०३६ जुनसम्म लागू हुने १० वर्षे सहकार्यसम्बन्धी कार्यक्षेत्र (स्कोप अफ कोअपरेसन) मा हस्ताक्षर भएको हो ।
सम्झौताअनुसार सन् २०२६ जुलाईदेखि सन् २०३६ जुनसम्म दुवै पक्षबीच जैविक विविधता संरक्षण, वन व्यवस्थापन, जलवायु परिवर्तन अनुकूलन, प्राकृतिक स्रोतको दिगो उपयोग तथा वातावरण संरक्षणका क्षेत्रमा सहकार्य गरिनेछ।
मन्त्रालयका प्रतिनिधि तथा डब्लूडब्लूएफ नेपालका अधिकारीहरूको उपस्थितिमा सम्पन्न हस्ताक्षर कार्यक्रमले आगामी १० वर्षसम्म नेपालमा संरक्षण तथा वातावरणीय कार्यक्रमहरूलाई थप प्रभावकारी रूपमा अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा