• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ फागुन २३, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • मकवानपुर २ मा रास्वपाका उम्मेदवार उप्रेतीको अग्रता कायमै, एमाले दोस्रो

      धनुषा ३ मा रास्पाका मनिष झा भारी मतान्तरले विजय

      सर्लाही–४ मा रास्वपाका अमरेश सिंहको अग्रता कायम

      झापा–५ मा भारी मतले बालेन अगाडि, ओली दोस्रो

      जुम्लामा राप्रपा उम्मेदवार ज्ञानेन्द्रकाे अग्रता कायमै

      बाजुरा निर्वाचन अपडेट : कांग्रेसका गिरीको अग्रता कायमै

      आजको मौसम : पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

      रुकुम पूर्वबाट प्रचण्ड विजयी

      बालेनले कटाए १३ हजार भन्दा बढी मत

      मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता, मतगणनास्थल बाहिर समर्थकहरूको भीड

      सिरहा क्षेत्र नम्बर ४ मा रास्वपाको अग्रता

      सिरहा क्षेत्र नम्बर ३ मा रास्वपाको अग्रता

      सिरहा क्षेत्र नं. २ मा रास्वपाका उम्मेदवार शिव यादव अग्रस्थानमा

      मकवानपुर क्षेत्र नं. १ मा रास्वपाका गौतम अगाडि

      काठमाडौं ६ बाट शिशिर खनाल र ८ बाट विराजभक्त श्रेष्ठ विजयी

    होमपेज /  मुख्य समाचार

    राष्ट्रिय स्वतन्त्र पार्टीको संभावना र चुनौतिहरु

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ माघ ११, आईतबार (१ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २६९ पटक पढिएको
  • सबिता नयाँजू/काठमाडौं ।   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपालको समसामयिक राजनीतिमा अपेक्षाकृत नयाँ तर प्रभावशाली शक्तिका रूपमा उदाएको दल हो । लामो समयदेखि एउटै दल र अनुहारहरूबाट सञ्चालित नेपाली राजनीतिप्रति जनतामा बढ्दो असन्तुष्टि, निराशा र आक्रोशकै बीच रास्वपाको स्थापना भएको हो ।

    २०७९ असारमा औपचारिक रूपमा दर्ता भएको यस दलले छोटो समयमै राष्ट्रिय राजनीतिमा उल्लेखनीय प्रभाव पार्नु आफैंमा असामान्य घटना मानिन्छ । सञ्चारकर्मबाट राजनीतिमा प्रवेश गरेका रवि लामिछानेको नेतृत्वमा गठन भएको रास्वपाले ‘अब जान्नेलाई छान्ने’ भन्ने नारासहित पुरानो राजनीतिक संस्कृतिलाई चुनौती दिने दाबी गर्दै अगाडि बढि रहेको छ । यही दाबीले खासगरी शहरी क्षेत्र, युवापुस्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूबीच पार्टीप्रति आकर्षण बढाएको देखियो ।

    २०७९ सालको प्रतिनिधिसभा निर्वाचन रास्वपाको राजनीतिक यात्रामा निर्णायक मोड सावित भयो, पहिलो पटक चुनाव लड्दै प्रत्यक्षतर्फ सात सिट जित्नु र समानुपातिकतर्फ पनि उल्लेखनीय मत प्राप्त गर्नुले रास्वपालाई चौथो ठूलो दलको हैसियत दिलायो । कुनै दीर्घकालीन संगठनात्मक इतिहास, जनयुद्ध वा आन्दोलनको पृष्ठभूमि बिना यस्तो नतिजा निकाल्नु नेपाली राजनीतिमा दुर्लभ मानिन्छ । यसले जनतामा विद्यमान पुराना दलप्रतिको अविश्वास कति गहिरो थियो भन्ने पनि स्पष्ट देख्न सकिन्छ ।

    चुनावपछि रास्वपा प्रतिपक्षमा मात्र सीमित रहेन, विभिन्न राजनीतिक उतारचढावका बीच सरकारमा पनि सहभागी भयो, सरकारमा सहभागी हुँदा पार्टीले केही महत्वपूर्ण मन्त्रालय सम्हाल्ने अवसर पनि पाएको थियो । जसबाट व्यवहारिक शासन क्षमता देखाउने अपेक्षा जनतामा थियो, तर छोटो अनुभव, गठबन्धनको दबाब र प्रणालीगत जटिलताका कारण रास्वपाले आफ्ना सबै वाचा तत्काल पूरा गर्न सकेन । यसको कारण पुरानो प्रणालीलाई भत्काउने भनेर आएको दल आफैं सोही प्रणालीभित्र घुलमिल हुन थालेको आरोप पनि रास्वपाले भोग्नु परेको थियो ।

    यस्तै उतारचढावका बीचमा देशमा एउटा ठूलो संकट आइपरेको थियो, जसलाई जेनजी आन्दोलन भनेर स्थापित गरिएको छ । यो आन्दोलनपछि देशको अवस्था खासगरि देशको राजनीतिक अवस्था नै उथलपुथल भएको थियो ।

    देशमा नेतृत्व थिएन, सरकार थिएन, संयन्त्र थिएन, संसद थिएन, देश कुन अवस्थामा पुग्छ भन्ने खालको अवस्थामा प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा आन्तरिम सरकारको गठन भयो जसको काम भनेको निर्वाचन गरेर संसद स्थापना गर्ने हो ।

    त्यसपछि देशमा अहिले निर्वाचनको माहोल बनि रहेको छ । यही अवस्थामा रास्वपा सकेसम्म सबैलाई लिएर दुइ तिहाई मत प्राप्त गरेर देशको नेतृत्व गर्ने तयारीमा रहेको छ । रास्वपा देशभर जिल्ला र पालिका तहसम्म संगठन फैलाउने, सदस्यता अभियान सञ्चालन गर्ने र नीति तथा प्रशिक्षण कार्यक्रम अघि बढाउनेतर्फ सक्रिय छ । पार्टीले आफूलाई व्यक्तिकेन्द्रित नभई संस्थागत बनाउनुपर्ने चुनौती स्वीकार गरिरहेको संकेत पनि देखिन्छ ।

    यद्यपि, नेतृत्वको भूमिकामा रवि लामिछानेको प्रभाव अत्यधिक देखिनु, वैकल्पिक नेतृत्व उभ्याउने सवालमा अझै स्पष्टता नआउनु र केही आन्तरिक मतभेदका संकेतहरू देखिनु पार्टीका कमजोरीका रूपमा लिइन्छ । दीर्घकालीन रूपमा टिकिरहन रास्वपाले यस्ता प्रश्नहरूको उत्तर दिनैपर्छ ।

    यही क्रममा काठमाडौं महानगरपालिकाका मेयर, अन्तरिम सरकारका पूर्वसञ्चार मन्त्री, खेलकुदमन्त्री, अभियन्त आशिका तामाङ, खगेन्द्र सुनारलगात विभिन्न क्षेत्रका चर्चित व्यक्तिहरुलाई रास्वपाले आफ्नो दलमा समावेश गर्न सफल भएको छ । रवी र बालेनको बीच भने सभापतिमा लामिछाने नै रहने र आसन्न प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन शाह बनाउने सहमति भएको हो ।

    यो खबरले देशमा परिवर्तनको झिल्को देखिएको महशुस नेपाली जनताले गरेको जस्तो देखिन्छ । यो यात्रामा पूर्वउर्जा मन्त्री कुलमान घिसिङ उज्यालो नेपाल पार्टी लिएर रास्वपामा समावेश हुन गएका थिए तर त्यो सहमति भने धेरै दिन रहेन ।

    अब मुल प्रश्न भनेको रास्वपाको सरकार बन्न सक्छ त भन्ने हो । नेपालको वर्तमान राजनीतिक संरचना, मिश्रित निर्वाचन प्रणाली र दलहरूको विखण्डित अवस्थालाई हेर्दा कुनैपनि दलले एक्लै स्पष्ट बहुमत ल्याउनु अत्यन्त कठिन देखिन्छ ।

    यही सन्दर्भमा रास्वपाले एक्लै सरकार बनाउने सम्भावना कम भएपनि निर्णायक शक्ति बन्ने सम्भावना भने बलियो देखिन्छ । यदि आगामी निर्वाचनमा रास्वपाले आफ्नो सिट संख्या उल्लेखनीय रूपमा बढायो भने सरकार गठनमा यसको भूमिका निर्णायक हुन सक्छ । गठबन्धन सरकारमा प्रमुख साझेदार वा नीति निर्धारणमा प्रभावशाली दल बन्ने सम्भावना यसले बोकेको छ ।

    समग्रमा हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टी नेपाली राजनीतिमा आएको असन्तुष्टिको उपज हो । यसले जनताको निराशालाई आवाज दिएको छ र पुराना दलहरूलाई आत्मसमीक्षा गर्न बाध्य बनाएको छ तर केवल विरोध र आलोचनाबाट मात्र दीर्घकालीन राजनीतिक सफलता सम्भव हुँदैन । अब रास्वपाको परीक्षा भनेको व्यवहारिक नीति कार्यान्वयन, संगठनात्मक परिपक्वता र वैकल्पिक राजनीतिक संस्कृतिको विकास हो ।

    यदि यसले यी पक्षमा सफलता हासिल गर्न सके, नेपाली राजनीतिमा रास्वपाको भूमिका अझ गहिरो र स्थायी बन्न सक्छ । अन्यथा, यो पनि समयसँगै कमजोर हुँदै जाने नयाँ दलहरूको सूचीमा सीमित हुन सक्छ । निर्णय अब रास्वपाको नेतृत्व, कार्यशैली र जनतासँगको निरन्तर सम्बन्धमा निर्भर रहनेछ ।

    रास्वपाले आगामी निर्वाचनको लागि धेरै नयाँ अनुहारहरुलाई मौका दिएको छ । तर अहिले सबैभन्दा महत्पूर्ण कुरा के उठि रहेको छ भने रास्वपाले आफ्नो सदस्यलाई त्यस्तो ठाँउमा उम्मेदवारको रुपमा उठाएको छ जहाँ पहिलैदेखि पुरानो पार्टीको कब्जा छ । उदाहरणको लागि नयाँ सदस्य बालेनलाई लिन मिल्छ, उनलाई झापा ५ बाट उम्मेदवारी दिइएको छ । त्यो स्थानमा वर्षौदेखि नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो कब्जा जमाइरहेका छन् ।

    सबै जनताको मनमा अहिले उठेको प्रश्न नै बालेन ओली विरुद्धमा उठ्नु के ठिक हो ? के बालेनले ओलीलाई हराउन सक्छन् ? झापाको जनताले परिवर्तनको साथ दिन्छन कि पूरानै पार्टी अंगाल्छ ? यी नै प्रश्नको बीच पनि बालेनले उक्त क्षेत्रमा आफ्नो उम्मेदवारी दिनु हिम्मतको कुरा हो कि मुर्खताको त्यो निर्वाचनको परिणामले देखाउने छ ।

    यस्तै सोबिता गौतमलाई रेनु दाहालको विरुद्धमा प्रस्तुत गरिएको छ । रास्वपाले के सोचका साथ उम्मेदवारहरु पठाएको भन्ने कुरा रास्वपा र उनका सभापति रवीलाई थाहा होला तर जनताको नजरले हेर्दा यस्तो कदम रास्वपाको लागि सहि नहुन सक्छ ।

    जनताहरु पुराना दलहरुदेखि दिक्क भइसकेको कुरा सत्य हो तर यो नेपाल हो यहाँ विकास र समृद्धिभन्दा पनि नाता र आफ्नो स्वार्थ बढि हेरिन्छ जसको कारण दुःख पाउने पनि फेरि नेपाली जनता नै हो तर यो कुरा जनताले कहिले बुझ्ने । वर्तमान अवस्थामा केही जनतामा चेतनाको पालुवा पलाएको जस्तो देखिएको छ तर त्यो पालुवा ठूलो भएर रुख बन्न सक्छ कि सक्दैँन् भन्ने पनि प्रश्न नै छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    मकवानपुर २ मा रास्वपाका उम्मेदवार उप्रेतीको अग्रता कायमै, एमाले दोस्रो

    धनुषा ३ मा रास्पाका मनिष झा भारी मतान्तरले विजय

    सर्लाही–४ मा रास्वपाका अमरेश सिंहको अग्रता कायम

    झापा–५ मा भारी मतले बालेन अगाडि, ओली दोस्रो

    जुम्लामा राप्रपा उम्मेदवार ज्ञानेन्द्रकाे अग्रता कायमै

    रुकुम पूर्वबाट प्रचण्ड विजयी

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मकवानपुर २ मा रास्वपाका उम्मेदवार उप्रेतीको अग्रता कायमै,…

    धनुषा ३ मा रास्पाका मनिष झा भारी मतान्तरले…

    सर्लाही–४ मा रास्वपाका अमरेश सिंहको अग्रता कायम

    झापा–५ मा भारी मतले बालेन अगाडि, ओली दोस्रो

    मकवानपुर २ मा रास्वपाका उम्मेदवार उप्रेतीको अग्रता कायमै,…

    धनुषा ३ मा रास्पाका मनिष झा भारी मतान्तरले…

    सर्लाही–४ मा रास्वपाका अमरेश सिंहको अग्रता कायम

    झापा–५ मा भारी मतले बालेन अगाडि, ओली दोस्रो

    आर्थिक

    एकैदिन सुनको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

    राष्ट्र बैंकले ६ दिनका लागि बजारबाट १ खर्ब रुपैयाँ निक्षेप खिच्ने

    तोलाको २ लाख २८ हजार ६ सय पुग्यो सुन

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत...  विस्तृतमा

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    किसुनजी’को सम्पत्ति टिनको बाकस, सुराही र छाता : क्षणभरमै भयो खरानी

    सुशीला कार्की : प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म

    अब कसरी बन्छ राष्ट्रिय सरकार ?

    जेनजीको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑