• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ १५, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • गृहमन्त्री गुरुङले आफ्नै सरकारी गाडीबाट हटाए कालो सिसा, अभियानमा कडाइ गर्न निर्देशन

      नेपालमा कम्युनिस्ट आन्दोलन जीवित छैन् नेताहरु मात्रै जीवित छौंः जनार्दन शर्मा

      कम्युनिस्ट एकताको प्रयासप्रति गोकुल बास्कोटाको कटाक्ष: ‘फुटेको हाँडी फेरि जोड्ने राग’

      सरकारी अस्पतालमा जन्मिने प्रत्येक शिशुलाई १ ग्राम सुनको औंठी दिने थलापति विजयको घोषणा

      प्रधानमन्त्रीको अभिव्यक्तिले सीमा क्षेत्रका बासिन्दा अफ्ठयारो छन् : भीम रावल

      बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

      धान खेत जोगाउन नसके भविष्यमा खाद्य सुरक्षामा संकट आउनसक्छ : कृषि सचिव मिश्र

      वैज्ञानिक समाजवादको नयाँ कार्यक्रम आवश्यक छ : झलनाथ खनाल

      ‘किसानको सम्मान, कृषि आधुनिकीकरण र खाद्य आत्मनिर्भरता जरुरी छ’

      सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

      धितोपत्र बोर्डका अध्यक्ष भट्टले लिए पद तथा गोपनीयताको शपथ

      दही–चिउरा स्वास्थ्यका लागि लाभदायी : जनस्वास्थ्यविद डा.उप्रेती

      धान उत्पादनमा आत्मनिर्भर बन्नुपर्नेमा राष्ट्रपतिको जोड

      कृषि क्षेत्रको विकास र किसानमैत्री नीतिमा सरकारको विशेष ध्यान जानुपर्छ : प्रचण्ड

      विश्वकप २०२६ को समूह चरणमा तोडिए अनेक कीर्तिमान

    होमपेज /  मुख्य समाचार

    पूराना पार्टीलाई कमजोर ठान्ने र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन् : ईश्वर पोखरेल

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ पौष १९, शनिबार (५ महिना अघि)
    अनुमानित पढ्ने समय : ३ मिनेट
  • २२५ पटक पढिएको
  • सन्तोषी रावल/ काठमाडौं । हालै सम्पन्न नेकपा (एमाले)को ११औं महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओलीसँग पराजित भएपछि ईश्वर पोखरेल सार्वजनिक कार्यक्रममा उत्तिसारो देखिएका छैनन् । विजयी सबैलाई बधाई दिएपछि पोखरेल कार्यकर्ता भेटघाटमा व्यस्त छन् । देशभक्तिपूर्ण एवम लोकतान्त्रिक आन्दोलन र समाजवादको आधार निर्माण गर्ने एमालेको अभियानमा आफ्नो सहभागिता र संलग्नता रहने प्रतिक्रिया दिएका पोखरेलसँग गरिएको छोटो कुराकानी ।

    महाधिवेशनपछि हाल के मा व्यस्त हुनुहुन्छ ?
    महाधिवेशनपछि साथीहरूसँग भेटघाट गर्ने, उहाँहरुको कुरा सुन्ने र घरायसी समस्याहरू सुल्झाउने प्रयासमा छु । भदौ २३ र २४ को आन्दोलनपछि घरमा जुन किसिमको घट्ना भयो त्यसलाई व्यवस्थित गर्ने काममा लागेको छु ।

    एमालेको एघारौँ महाधिवेशनमा अध्यक्षका रूपमा प्रतिस्पर्धा गर्नुभयो । परिणाम तपाइँको पक्षमा आएन, यसलाई कसरी लिनुभएको छ ?
    लोकतान्त्रिक विधि र पद्धतीलाई मानेर प्रतिस्पर्धामा गइसकेपछि प्रतिस्पर्धाबाट आउने परिणामलाई स्वीकार गर्नुपर्छ । मैंले महाधिवेशनभन्दा पहिले पनि यही मान्यता राख्थें । महाधिवेशन पछि पनि यही मान्यता राख्छु । यद्यपि, त्यो महाधिवेशनका कतिपय प्रक्रियाका कुराहरूमा समिक्षा गर्नुपर्ने छ । कहाँ कमजोरी भए, कहाँ नहुनुपर्ने कुरा भए, कहाँ ठिकै भयो भन्ने बारेमा समीक्षा हुनुपर्छ । तर पनि परिणाम प्राप्त भइसकेपछि त्यसलाई स्वीकार गरेर अगाडि बढ्नु, लोकतान्त्रिक मान्यतालाई स्वीकार गर्नु हो । म त्यो कुरालाई पालन गर्छु ।

    पार्टीभित्र पुस्तान्तरण र रूपान्तरणको बहस तीव्र बनाएको थियो । तर महाधिवेशनको परिणाम त्यस्तो देखिएन भन्ने आरोप छ नि ?
    देखिएन भन्नुभन्दा पनि हामीले पार्टी जीवनमा लोकतान्त्रिकरणको कुरालाई व्यवहारमा लागु गर्नको लागि कसरी अगाडि बढ्ने भन्ने बारेमा अलिक लामै समयदेखि छलफल गर्दै आएका हौँ । पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले नै पार्टी जीवनको लोकतन्त्रिकरण, जनताको बहुदलीय जनवादलाई कार्यान्वयन गर्नको लागि पार्टी जीवनको लोकतन्त्रिकरणको कुरालाई प्रभावकारी ढंगले उठाउनुपर्छ भनेर उहाँले नै अगाडि बढाउनुभएको हो । हामी सबै त्यसका समर्थक एवम पक्षधरको रूपमा रहेका हौँ । लोकतन्त्रिकरण भन्नेबित्तिकै प्रतिस्पर्धाको कुरा मात्रै होइन, त्यहाँ स्वाभाविक रूपले नेतृत्व हस्तान्तरणका कुराहरू पनि हुन्छन्, पुस्तान्तरणका कुराहरू पनि हुन्छन् । यी सबै कुराहरू समेटेर ल्याएका छौं । त्यसलाई एमालेले संस्थागत ढंगले स्वीकार गरेको, अगाडि बढाउन चाहेको एवम अगाडि बढाउँदै आएका विषयहरू हुन् । एघारौँ राष्ट्रिय महाधिवेशनको बेलामा पनि त्यो विषय उठेको हो । र, त्यसमा केही कुरामा सफलता प्राप्त भयो, केही हुन सकेन । त्यसमा केही कुरो भएन । यस्तो अभ्यासले नै हामीलाई सबल बनाउँदै जान्छ । अभ्यासले नै हामीलाई सिकाउँदै जान्छ । अभ्यासबाट प्राप्त भएका अनुभवहरू जुन छन्, त्यो अनुभवलाई लिएर अगाडि बढ्नुपर्छ ।

    पुस्तान्तरणको मुद्दा तपाईले पनि उठाउँदै आउनुभएको थियो, तर तपाईले नेतृत्व गर्नुभएको प्यानलबाट परिणाम कमजोर आयो । कसरी चुक्नुभयो ?
    यसबारेमा तत्काल केही प्रतिक्रिया दिने मन छैन् । महाधिवेशनको प्रक्रिया वा त्यसका परिणामको समग्र समीक्षा अहिले भन्न सक्दिन र चाहन्न । कुरा के हो भने महाधिवेशनबाट केही अनुभव र शिक्षा प्राप्त भएको छ । ती अनुभव र शिक्षालाई लिएर अगाडि बढ्नुपर्छ । हामीले प्रतिस्पर्धालाई थप प्रभावकारी कसरी बनाउने, सर्वस्वीकार्य कसरी बनाउने, प्रतिस्पर्धाको प्राप्त भएको परिणामलाई कसरी स्वीकार गरेर अगाडि बढ्ने भन्ने विषयमा हामीले काम गर्नुपर्नेछ । यि चिजहरु राजनीतिक संस्कार वा संस्कार सम्बन्धित विषय पनि हुन् । त्यसलाई हामीले अगाडि बढाउनुपर्छ ।

    पराजयले तपाईंलाई आत्मसमीक्षा गर्न बाध्य बनाएको छ कि अझ दृढ बनाएको छ ?
    होइन, मैले तपाइँलाई अगाडि पनि भनिसकें । प्रतिस्पर्धाको राजनीतिमा जाँदा मैले सिकेको, बुझेको, आत्मसात गरेको कुरा के हो भने प्रतिस्पर्धामा जाने हरकोहीले प्राप्त परिणामलाई स्वीकार गर्नुपर्छ । त्यो स्वीकार गर्न नसक्ने, स्वीकार गर्न आँट नगर्नेहरू वास्तवमा प्रतिस्पर्धाको राजनीतिलाई स्वीकारेको मानिँदैन । त्यसकारणले म परिणामलाई स्वीकार्नुपर्छ भन्ने मान्यतामा पहिलेदेखि नै उभिदै आएको छु । त्यसलाई अस्वाभाविक मान्दिन् । प्रतिस्पर्धाको कुरामा समिक्षाका पाटा छुट्टै छन् । प्रतिस्पर्धामा प्राप्त भएको परिणामलाई स्वीकार गरेर जानु, जनताको बहुदलीय जनवाद, पार्टी जीवनको लोकतान्त्रिकीकरण त्यसको एउटा महत्वपूर्ण अंग हो । प्रतिस्पर्धाको राजनीति हो, यसलाई स्वीकार्नुपर्ने हुन्छ ।

    सार्वजनिक रुपमा मानिसहरुले एमाले निरंकुश र सर्वसत्तावादी रुपमा अगाडि बढ्ने हो कि भन्ने चिन्ता गरिरहेको जस्तो देखिन्छ । तपाईलाई के लाग्छ ?
    नेकपा एमालेको मात्रै होइन, नेपालका पोलिटिकल पार्टी वा कोहीपनि नेता लोकतान्त्रिक ढंगले नै अगाडि बढ्ने बाटोमा जानुपर्छ । यसमा अर्को कुनै विकल्प हुन सक्दैन । लोकतान्त्रिक ढंगले नै जानुपर्छ । एमालेले यसलाई स्वीकार गरेको छ र स्वीकार गरेर अगाडि बढ्नुपर्छ भन्ने मान्यता राखेको छ । त्यसकारणले एमालेले यसलाई नै अगाडि बढाउन चाहन्छ ।

    एमालेभित्र नेतृत्व हस्तान्तरण र पुस्तान्तरण अझै कतिबर्ष कुर्नुपर्ने हो ?
    नेतृत्व हस्तान्तरण र पुस्तान्तरण प्रारम्भ भइसकेको छ । लागु पनि हुँदैछ । अझै भनेअनुसार भएको छैन्, हुनुपर्ने जस्तो भएन भन्न सकिएला । तर, एमाले नै त्यो पार्टी हो जसले पार्टी जीवनको लोकतान्त्रिकरणको औपचारिक प्रारम्भ गरेको छ । एमालेले प्रारम्भ गरेपछि नै अरू राजनीतिक दलहरूले पनि आफ्नो संगठनात्मक जीवनमा लोकतान्त्रिक अभ्यासलाई अगाडि बढाएका हुन् ।

    अलिक फरक प्रसंगमा कुरा गरौं । जेनजी आन्दोलनपछि नयाँ राजनीतिक दल खुल्ने र पूराना दलविरुद्ध मोर्चाबन्दी हुनेक्रम देखिएको छ । यसलाई एमालेले कसरी लिएको छ ?
    होइन, यसमा सकारात्मक र नकारात्मक दुवै पाटा छन् । जस्तो पूराना पार्टी भनेर जुन ढंगले टिप्पणी गरिन्छ, आरोप लगाइन्छ त्यो आरोपप्रति पूर्ण सहमत हुन सकिदैन् । किनभने पूराना पार्टीमा तीनवटा कुराहरू छन् यसमाः गौरवपूर्ण इतिहास, वर्तमान संगठनात्मक संरचना, सामथ्र्य छ र भविष्यको मार्गचित्र छ । यो तीनै कुरा बोकेर पूराना पार्टी बनेका छन् । यसमा के पूरानो, के नयाँ भन्ने नै हुँदैन् । त्यसकारण यि पार्टीहरूलाई पूरानो भन्न मिल्दैन । तर कतिपय कुरा सुधार गर्नुपर्ने, संशोधन गर्नुपर्ने, मिलाउनुपर्ने, नमिलाएका कुराहरूलाई मिलाउनुपर्ने कुराहरू गर्नुपर्नेछ । पूराना पार्टी भनेर सोलोडोलो ब्रान्ड गरिदिने र काम लाग्दैनन्, यिनीहरूको काम छैन भन्ने ढंगले व्याख्या गर्ने गलत हो ।

    आगामी निर्वाचनका लागि नयाँ पार्टीहरूको बारेमा निरपेक्ष ढंगले नयाँ भनिएका, इतिहास नभएका, संगठनात्मक सामथ्र्य नभएका, मार्गचित्र नभएकाहरुले मात्र केही काम गर्छन जस्तो लाग्दैन् । पानीका फोका जस्ता हुन् भनेर अलिक हल्का टिप्पणी पनि गर्नुहुँदैन । किनभने, उनीहरू पनि केही सपना र केही संकल्प बोकेर आएका शक्ति हुन् । उनीहरूलाई पनि सोहीअनुरूप हेर्नुपर्छ । उनीहरूका कमजोरीलाई आलोचना गर्ने आफ्नो ठाउँमा छ, असहमत जाहेर गर्ने आफ्नो ठाउँमा छ । तर नयाँ जति काम छैन्, यिनीहरू पानीका फोका जस्ता हुन् भन्नु हुँदैन् । उनीहरू पनि सिक्दै अगाडि बढ्लान् । हिजो हामी वा म २१ वर्ष पुगेर २२ वर्ष लाग्दा पूर्णकालीन भूमिगत भएर हिँडेको मान्छे हुँ । २३ वर्षको हुँदा म केन्द्रको सदस्य थिएँ । भनेपछि त्यो उमेर भनेको जेनजी उमेर हो । त्यसकारण हामीले कसैलाई पनि नकारात्मक कुरा मात्रै गर्ने, अनि पूराना पार्टी, जो स्थापित छन् ती पार्टीको बारेमा नकारात्मक मात्रै कुरा गर्ने, पूराना भनिएका पार्टीहरूले आफूमा भएका कमजोरीलाई फर्केर नहेर्ने गर्नु पनि हुँदैन् । नयाँ पार्टीहरुले सच्च्याउनुपर्ने, आफूमा थप्नुपर्ने कुराहरूलाई ख्याल नगर्ने संस्कारको अन्त्य गर्नुपर्छ । त्यसकारण सबैले सकारात्मक पक्षहरूलाई हेर्नुपर्छ, कमजोरीलाई हटाउँदै जानुपर्छ ।

    तर आगामी निर्वाचनमा पूराना पार्टीहरूमध्ये एमालेको अवस्था थप कमजोर हुने आकलन गरिँदै छ नि ?
    एमालेका अनेक कमजोरी, चुनौतीहरूको टाउकोमा टेक्दै, टेक्दै, टेक्दै अगाडि बढेको पार्टी हो । एमालेमा अहिले देखा परेका चुनौतीहरूको पनि सामना गरेर अगाडि बढ्छ । एमालेसँग त्यो दृढ संकल्प र अठोट छ ।

    भदौ २३ र २४ को जेनजी आन्दोलनका बेला भएका घटना छानबिन गर्न बनेको जाँचबुझ आयोगमा केपी ओलीले बयान दिनुपर्छ कि पर्दैन ?
    आयोगका बारेमा मंैले भन्दै आएको छु, इन्टरभ्युहरूमा पनि बोलेको छु । सार्वजनिक ढंगले पनि बोल्दै आएको छु, पार्टी बैठकहरुमा पनि कुरा राख्दै आएको छु । राज्यको अंगको रूपमा आयोग बनेको छ, त्यो आयोगका कमजोरीहरू होलान त्यो आफ्नो ठाउँमा छ । तर, आयोगसित सम्बन्धित व्यक्तिहरूले सम्बन्धित पात्रहरुसँग भेट्ने, आफ्ना कुरा भन्ने विषयलाई असामान्य रूपमा लिनुहुँदैन ।

    फागुन २१ मा निर्वाचन कत्तिको सम्भव छ ?
    अन्तरिम सरकार गठन भएकै निर्वाचन गर्नका लागि होे । सरकारले निर्वाचन गर्छु भनेको छ र गर्नुपर्छ । घोषित मितिमै निर्वाचन होस्, यो हाम्रो भनाइ हो । तर निर्वाचनको लागि उपयुक्त वातावरण बनेको छ या छैन भन्ने कुरा मुल प्रश्न हो । तर राजनीतिक दलका नेताहरूको स्थानहद गर्ने, लुटिएका हतियारहरू फिर्ता ल्याउने विषयमा काम नगर्ने जस्तो कदम देखिन्छ । सुरक्षा निकाय खासगरी नेपाल प्रहरीको मनोबल खस्किएको छ । त्यसलाई उठाउने कुरामा ध्यान नदिने अनि जेलबाट भागेका बन्दीहरू, अपराधीहरू सबै नियन्त्रणमा आइसकेका छैनन् । यस्तो भो भने निर्वाचनको वातावरण कसरी बन्छ ? निर्वाचनको लागि वातावरण बनाउने मुख्य जिम्मेवार भनेको सरकार हो ।

    त्यसोभए देशले अब यस्तो अस्थिरताबाट कसरी मुक्त पाउला, हजुरको सुझाव के छ ?
    नेपालका पोलिटिकल पार्टीहरू नयाँ हुन् वा पुराना हुन् । नयाँ भनिएका या पुराना भनिएका, सबै पार्टीहरूले मिलेर देशको हितलाई सर्वोच्च ठाउँमा राखेर, सबैभन्दा माथि राखेर, राष्ट्रको हित, स्वाभिमान, स्वाधिनता, स्वतन्त्रताको पक्षमा र लोकतन्त्रलाई सुदृढ गर्ने पक्षमा, सबै पार्टीहरू एक ठाउँमा उभिएर काम गर्नुपर्छ । अहिलेको आवश्यकता यही हो ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    गृहमन्त्री गुरुङले आफ्नै सरकारी गाडीबाट हटाए कालो सिसा, अभियानमा कडाइ गर्न निर्देशन

    कम्युनिस्ट एकताको प्रयासप्रति गोकुल बास्कोटाको कटाक्ष: ‘फुटेको हाँडी फेरि जोड्ने राग’

    राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौंबाट धनगढी जाँदै गरेको श्री एयरलाइन्सको जहाजमा धुवाँ देखिएपछि भैरहवामा आकस्मिक अवतरण

    केही समयभित्र पेट्रोलियम पदार्थको मूल्य घट्ने : अर्थमन्त्री

    प्रधानमन्त्रीको जवाफ चितवनबाट होइन, सदनबाट चाहियो : सांसद राई

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गृहमन्त्री गुरुङले आफ्नै सरकारी गाडीबाट हटाए कालो सिसा,…

    नेपालमा कम्युनिस्ट आन्दोलन जीवित छैन् नेताहरु मात्रै जीवित…

    कम्युनिस्ट एकताको प्रयासप्रति गोकुल बास्कोटाको कटाक्ष: ‘फुटेको हाँडी…

    सरकारी अस्पतालमा जन्मिने प्रत्येक शिशुलाई १ ग्राम सुनको…

    गृहमन्त्री गुरुङले आफ्नै सरकारी गाडीबाट हटाए कालो सिसा,…

    कम्युनिस्ट एकताको प्रयासप्रति गोकुल बास्कोटाको कटाक्ष: ‘फुटेको हाँडी…

    राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौंबाट धनगढी जाँदै गरेको श्री एयरलाइन्सको जहाजमा धुवाँ…

    आर्थिक

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

    धितोपत्र बोर्डका अध्यक्ष भट्टले लिए पद तथा गोपनीयताको शपथ

    बजेट कार्यान्वयनलाई टेवा दिने गरी मौद्रिक नीति आउँछ : कार्यकारी निर्देशक पौडेल

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑