• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ १५, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • प्रधानमन्त्रीको अभिव्यक्तिले सीमा क्षेत्रका बासिन्दा अफ्ठयारो छन् : भीम रावल

      बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

      धान खेत जोगाउन नसके भविष्यमा खाद्य सुरक्षामा संकट आउनसक्छ : कृषि सचिव मिश्र

      वैज्ञानिक समाजवादको नयाँ कार्यक्रम आवश्यक छ : झलनाथ खनाल

      ‘किसानको सम्मान, कृषि आधुनिकीकरण र खाद्य आत्मनिर्भरता जरुरी छ’

      सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

      धितोपत्र बोर्डका अध्यक्ष भट्टले लिए पद तथा गोपनीयताको शपथ

      दही–चिउरा स्वास्थ्यका लागि लाभदायी : जनस्वास्थ्यविद डा.उप्रेती

      धान उत्पादनमा आत्मनिर्भर बन्नुपर्नेमा राष्ट्रपतिको जोड

      कृषि क्षेत्रको विकास र किसानमैत्री नीतिमा सरकारको विशेष ध्यान जानुपर्छ : प्रचण्ड

      विश्वकप २०२६ को समूह चरणमा तोडिए अनेक कीर्तिमान

      कृषि उत्पादन बढाएर आत्मनिर्भर बन्नुपर्छ : मुख्यमन्त्री कार्की   

      आज दही चिउरा खाई असार १५ मनाइँदै

      राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

      आज दही चिउरा खाई असार १५ मनाउँदै

    होमपेज /  राजनीती

    बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ अषाढ १५, सोमबार (१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २५ पटक पढिएको
  • काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताएका छन्।

    सोमबार महालेखापरीक्षक कार्यालयको २८औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले महालेखापरीक्षकको ६३औँ वार्षिक प्रतिवेदन उल्लेख गर्दै आर्थिक वर्ष २०८१÷८२ मा मात्रै ८८ अर्ब ९ करोड बेरुजु देखिएको र हालसम्मको अध्यावधिक बेरुजु रु. ७ खर्ब ५५ अर्ब १७ करोड पुगेको तथ्य सार्वजनिक भएको बताए।

    उनले भने,‘बेरुजु कुनै पनि संस्थाका लागि गौरवको विषय हुन सक्दैन। तथापि महालेखा परीक्षकको ६३ औं वार्षिक प्रतिवेदन पल्टाउँदा २०८१र८२ मा मात्र रु ८८ अर्ब ९ करोड बेरुजु देखिएको छ भने हालसम्मको अध्यावधिक बेरुजु ७ खर्ब ५५ अर्ब १७ करोड पुगेको देखिन्छ। वर्षेनी उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो।’

    सभामुख अर्यालले नेपालको संविधानले महालेखा परीक्षकको कार्यालयलाई सार्वजनिक वित्तीय व्यवस्थापनमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्ने महत्त्वपूर्ण संवैधानिक जिम्मेवारी दिएको उल्लेख गरे।

    संविधानको धारा २४०, २४१ र २९४ अनुसार नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता तथा औचित्यका आधारमा लेखापरीक्षण गरी वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्ने र प्रधानमन्त्रीमार्फत संघीय संसदमा प्रस्तुत गर्ने व्यवस्था रहेको उनले स्मरण गराए।

    उनले सार्वजनिक स्रोतको प्राप्ति, परिचालन र उपयोगको स्वतन्त्र मूल्यांकन गरी सुधारका विषय औँल्याउने भएकाले महालेखा परीक्षकको कार्यालयप्रति राज्यका सबै निकाय र नागरिकको उच्च अपेक्षा रहेको बताए। कार्यालयले निष्पक्षता, स्वतन्त्रता, व्यावसायिकता, पारदर्शिता र जवाफदेहिताका मूल्य–मान्यतालाई निरन्तर आत्मसात् गर्दै आएको भन्दै आगामी दिनमा पनि त्यसलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे।

    सभामुख अर्यालले प्रत्येक वर्ष करिब ६ हजार सार्वजनिक निकाय तथा कार्यालयको लेखापरीक्षण सीमित स्रोत–साधनका बीच निर्धारित समयमै सम्पन्न हुनु चुनौतीपूर्ण भए पनि यस जिम्मेवारीलाई सफलतापूर्वक पूरा गर्ने कर्मचारीहरू प्रशंसाका पात्र रहेको बताए।

    उनले सार्वजनिक वित्त व्यवस्थापनको स्वरूप, सूचना प्रविधिको विकास, जोखिमका क्षेत्र तथा नागरिक अपेक्षामा आएको परिवर्तनसँगै लेखापरीक्षण प्रणाली पनि समयानुकूल परिमार्जन हुनुपर्ने आवश्यकता औँल्याए। जोखिममा आधारित, प्रविधिमैत्री र नतिजामुखी लेखापरीक्षण प्रणालीको विकास आजको आवश्यकता भएको उनको भनाइ थियो।

    समयमै फस्र्योट, आवश्यक सम्परीक्षण तथा भविष्यमा बेरुजु नै नआउने गरी वित्तीय व्यवस्थापन सुधार गर्नु संघ, प्रदेश र स्थानीय तहका सरकार, लेखा उत्तरदायी अधिकारी तथा सम्बन्धित पदाधिकारीहरूको साझा जिम्मेवारी भएको उनले बताए।

    सभामुख अर्यालले विश्वभर सार्वजनिक लेखापरीक्षणमा आधुनिक सूचना प्रविधि, डेटा विश्लेषण तथा कृत्रिम बुद्धिमत्ताको प्रयोग तीव्र रूपमा बढिरहेको उल्लेख गर्दै नेपालमा पनि कम्प्युटर सहायता प्राप्त लेखापरीक्षण उपकरणको प्रभावकारी उपयोग, दक्ष जनशक्ति विकास तथा संस्थागत क्षमता अभिवृद्धिमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याए।

    उनले नेपाल सरकारी लेखापरीक्षण मापदण्ड तथा सम्बन्धित मार्गदर्शनहरूको प्रभावकारी कार्यान्वयनबाट लेखापरीक्षणको गुणस्तर, विश्वसनीयता र अन्तर्राष्ट्रिय मापदण्डसँगको सामञ्जस्य थप सुदृढ हुने विश्वास व्यक्त गरे।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    प्रधानमन्त्रीको अभिव्यक्तिले सीमा क्षेत्रका बासिन्दा अफ्ठयारो छन् : भीम रावल

    वैज्ञानिक समाजवादको नयाँ कार्यक्रम आवश्यक छ : झलनाथ खनाल

    ‘किसानको सम्मान, कृषि आधुनिकीकरण र खाद्य आत्मनिर्भरता जरुरी छ’

    धान उत्पादनमा आत्मनिर्भर बन्नुपर्नेमा राष्ट्रपतिको जोड

    कृषि क्षेत्रको विकास र किसानमैत्री नीतिमा सरकारको विशेष ध्यान जानुपर्छ : प्रचण्ड

    कृषि उत्पादन बढाएर आत्मनिर्भर बन्नुपर्छ : मुख्यमन्त्री कार्की   

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्रधानमन्त्रीको अभिव्यक्तिले सीमा क्षेत्रका बासिन्दा अफ्ठयारो छन् :…

    बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय…

    धान खेत जोगाउन नसके भविष्यमा खाद्य सुरक्षामा संकट…

    वैज्ञानिक समाजवादको नयाँ कार्यक्रम आवश्यक छ : झलनाथ…

    राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौंबाट धनगढी जाँदै गरेको श्री एयरलाइन्सको जहाजमा धुवाँ…

    केही समयभित्र पेट्रोलियम पदार्थको मूल्य घट्ने : अर्थमन्त्री

    प्रधानमन्त्रीको जवाफ चितवनबाट होइन, सदनबाट चाहियो : सांसद…

    आर्थिक

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

    धितोपत्र बोर्डका अध्यक्ष भट्टले लिए पद तथा गोपनीयताको शपथ

    बजेट कार्यान्वयनलाई टेवा दिने गरी मौद्रिक नीति आउँछ : कार्यकारी निर्देशक पौडेल

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑