सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का नेता जनार्दन शर्माले नेपालमा कम्युनिस्ट आन्दोलन वैचारिक, राजनीतिक र सांगठनिक रूपमा विघटित भइसकेको दाबी गर्दै यसको पुनर्गठनका लागि नयाँ अभियान आवश्यक रहेको बताएका छन्।
सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै शर्माले नेपाली कम्युनिस्ट आन्दोलन अहिले वैचारिक रूपमा अलमलिएको, राजनीतिक रूपमा गञ्जागोलमा परेको र सांगठनिक रूपमा नोकरशाहीतन्त्रमा परिणत भएको टिप्पणी गरे।
उनले कम्युनिस्ट आन्दोलनको मूल शक्ति कमजोर भइसकेको उल्लेख गर्दै अहिले आन्दोलनभन्दा पनि त्यसमा आबद्ध नेता र समर्थकहरू मात्र बाँकी रहेको बताए।
शर्माले भने, ‘अब नेपाली कम्युनिस्ट आन्दोलन अल्मलियो। वैचारिक रूपमा अल्मलियो, राजनीतिक रूपमा गञ्जागोलमा गयो। सांगठनिक रूपमा त एउटा नोकरशाहीतन्त्रमा फेरियो र विघटन भयो। मलाई लाग्दैन यहाँ अहिले कम्युनिस्ट आन्दोलन जीवित छ। कम्युनिस्ट आन्दोलनमा लागेका नेताहरू मात्रै जीवित हुन्। हामीलाई समर्थन गरेका जनता र हामी मात्रै जीवित छौं।’
उनका अनुसार यस्तो अवस्थामा कम्युनिस्ट आन्दोलनलाई पुनर्जीवित गर्न व्यापक वैचारिक, राजनीतिक र सांगठनिक पुनर्गठन अपरिहार्य छ।
शर्माले एक समय देशभक्त, प्रगतिशील र वामपन्थी शक्तिहरूसँग करिब ७० प्रतिशत जनसमर्थन रहेको उल्लेख गर्दै अहिले त्यो आधार उल्लेखनीय रूपमा खस्किएको दाबी गरे। उनले बदलिएको राजनीतिक परिवेशअनुसार आन्दोलनलाई पुनर्संगठित गर्न नसके कम्युनिस्ट शक्तिहरू थप कमजोर हुने चेतावनी समेत दिए।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा