सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्री गगन थापा, महामन्त्री विश्वप्रकाश शर्मा तथा सह–महामन्त्री फर्मुला मनसुरसहित चार जना नेतालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ।
बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले उनीहरू पार्टी हितविपरीत गतिविधिमा संलग्न भएको निष्कर्ष निकाल्दै निष्कासनको घोषणा गरेको हो।
बैठकको निर्णयअनुसार निष्कासित नेताहरू आगामी पाँच वर्षसम्म पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाहीमा परेका छन्।
पार्टी स्रोतका अनुसार पछिल्लो समय पार्टीको नीति, निर्णय र संगठनात्मक अनुशासनविरुद्ध गतिविधि गरेको आरोपमा उक्त निर्णय गरिएको हो। निष्कासनको निर्णयले कांग्रेसभित्रको आन्तरिक विवाद थप चर्किने संकेत देखिएको छ।
यस विषयमा निष्कासित नेताहरूको औपचारिक प्रतिक्रिया आउन बाँकी रहेको छ।
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा