सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । हाम्रो पार्टी नेपाल दर्ता गरेर दलित अधिकार र सामाजिक न्यायको मुद्दामा सक्रिय रहँदै आएका दलित अभियन्ता खगेन्द्र सुनार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा समाहित भएका छन्। उनी आइतबार रास्वपाको केन्द्रीय सदस्य बनेका हुन्।
रास्वपामा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह पक्षबाट सिफारिस गरिएका २६ जना केन्द्रीय सदस्य थपिँदा खगेन्द्र सुनार पनि समावेश भएका हुन्। थपिएका सबै सदस्यहरूले आइतबार नै रास्वपाको केन्द्रीय कार्यालयमा शपथ लिएका छन्।
खगेन्द्र सुनार व्यक्तिगत रूपमा मात्र होइन, आफू नेतृत्वमा रहेको हाम्रो पार्टी नेपालसहित नै रास्वपामा मिसिएको बताइएको छ। लामो समयदेखि दलित समुदायका हक–अधिकार, समान प्रतिनिधित्व र सामाजिक न्यायका मुद्दामा आवाज उठाउँदै आएका सुनारको आगमनले रास्वपामा समावेशी राजनीति र सामाजिक न्यायको एजेन्डा थप बलियो हुने पार्टी नेताहरूको विश्वास छ।
राजनीतिमा वैकल्पिक धार निर्माण गर्ने अभियानमा रहेको रास्वपाले विभिन्न पृष्ठभूमिका अभियन्ता र नेतृत्वलाई समेट्दै संगठन विस्तार गरिरहेको बेला सुनारको सहभागितालाई दलित आन्दोलन र वैकल्पिक राजनीतिबीचको महत्वपूर्ण जोड का रूपमा हेरिएको छ।
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा