• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ १२, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • भारीमत सहित रास्वापा केन्द्रिय सदस्यमा निर्वाचित

      नेदरल्याण्ड्स समूह ‘एफ’को शीर्षस्थानमा, ट्युनिसिया बाहिरियो

      जर्मनीलाई हराउँदै इक्वेडर विश्वकपको अन्तिम ३२ मा

      सामाजिक संजालबाटै महामन्त्री पदको उम्मेदवारी घोषणा

      देशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित वर्षा र हिमपातको सम्भावना

      रास्वपाको दुई महामन्त्रीमा पाँच नेताबीच प्रतिस्पर्धा, सहमति नभए मतदान हुने

      विद्यार्थीका ५५ बढी टेक परियोजना प्रदर्शनीमा, लगानीकर्ता र स्टार्टअप अवसरसँग जोड्ने लक्ष्य

      स्पेनमा खपिनसक्नुको गर्मी, एयर कन्डिसनरको माग अत्याधिक

      अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा ठूलो गिरावट, नेपालमा भने इन्धन अझै महँगै 

      १२ कक्षामा अंङ्क कम दिएको भन्दै सरकारबिरुद्ध विद्यार्थीहरुको आन्दोलन

      उत्तरपुस्तिका परीक्षण र डेटा भेरिफिकेसनका लागि समिति गठन

      एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?

      असार १५ मा ७५ लाख लिटर दही खपत हुने अनुमान, एक अर्बको कारोबार गर्ने लक्ष्य

      प्रारम्भिक बाल विकासमा लगानी गर्न मुख्यमन्त्री कार्कीको जोड

      विष्णु पौडेलको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

    होमपेज /  मुख्य समाचार

    नेपालमा एचआईभी नियन्त्रणमा उल्लेखनीय प्रगति, २७ हजारले नियमित निःशुल्क उपचार

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ मंसिर १५, सोमबार (६ महिना अघि)
    अनुमानित पढ्ने समय : ३८ मिनेट
  • २४८ पटक पढिएको
  • प्रमिला कार्की/ काठमाडौं । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. सर्वेश शर्माले नेपालमा एचआईभी नियन्त्रण र उन्मूलनतर्फको प्रगति उल्लेखनीय रूपमा अगाडि बढिरहेको बताएका छन् ।

    उनले नेपालमा हाल एचआईभीको एस्टिमेटेड पपुलेसन करिब ३४ हजार रहेको बताए । उनको भनाई अनुसार २७ हजार भन्दा बढी संक्रमितले नियमित रूपमा फ्री एआरटी सेवा प्राप्त गरिरहेका छन् ।

    उनले नेपालले सन् २०३० सम्म एचआईभी, एसटीआई र हेपाटाइटिस–सी को उन्मूलन गर्ने राष्ट्रिय लक्ष्य अनुरूप ‘९५–९५–९५’ उद्देश्यमा ठोस प्रगति गरिरहेको बताए ।

    पहिलो (एचआईभी परीक्षण गर्ने लक्ष्य) मा नेपाल ९० प्रतिशत, दोस्रो (औषधि उपचारमा ल्याउने) मा ८८ प्रतिशत, तेस्रो (भाइरल लोड दबाउने) मा ७६ प्रतिशतमा पुगेको उनले जानकारी दिए ।

    उनले भने, ‘अहिले एचआइभी संक्रमितको अवस्था इस्टिमेटेड पपुलेसन ३४ हजार हो । त्यसमा हाम्रो टार्गेट भनेको सन् ३० सम्ममा एचआईभीलाई इलिमेनेसन गर्ने भन्ने हो । पपुलेसनमा हामीले टेस्ट गर्ने र तथ्यांक निकाल्ने हो । त्यो टेस्ट गर्दाखेरि हामीले ९५ प्रतिशत पुर्याउनुपर्छ ।’

    डा.शर्माका अनुसार पछिल्ला १० वर्षमा नेपालमा नयाँ एचआईभी संक्रमण ७६ प्रतिशतले घटेको छ भने मृत्यु हुने दर पनि ७६ प्रतिशतले कमी आएको छ ।

    उनले भने, ‘तर टेस्टिङ गरेर औषधि खाने हकमा घटेको छ । सन् २०१० देखि अहिलेसम्मको डाटा हेर्ने हो भने नयाँ इन्फेक्सन एचआईभीको ७६ प्रतिशतले घटेको छ र एचआईभीबाट मृत्यु हुने दर पनि ७६ प्रतिशतले घटेको छ । त्यो भनेको संक्रमित त्यसरी बढेको छैन ।’

    यसैगरी डा.शर्मा नेपालमा एचआईभी नियन्त्रणको अवस्था सकारात्मक दिशामा अघि बढिरहेको बताउँछन् । उनका अनुसार सन् २०३० सम्म एचआईभी, एसटीआई र हेपाटाइटिस–सी उन्मूलन गर्ने राष्ट्रिय लक्ष्यअनुसार नेपालले ‘९५–९५–९५’ सूचकमा उल्लेखनीय प्रगति गरेको छ ।

    परीक्षणमा पहिलो ९५ को लक्ष्यमध्ये ९० प्रतिशत प्राप्त, उपचारमा दोस्रो ९५ को लक्ष्यमा ८८ प्रतिशत, भाइरल लोड दबाउने तेस्रो ९५ मा ७६ प्रतिशत पुगेको उनले बताए ।

    नयाँ संक्रमण र मृत्यु दर घट्दै

    डा. शर्माका अनुसार पछिल्ला दशकमा एचआईभीका नयाँ संक्रमण ७६ प्रतिशतले घटेका छन् । मृत्यु दर पनि उस्तै प्रतिशतले कम भएको बताउँदै उनले नेपालको प्रगति दक्षिण एसियाका अन्य राष्ट्रहरूभन्दा अघि रहेको दाबी गरे ।

    ९६ एआरटी साइट सञ्चालनमा

    देशभर ९६ वटा एआरटी साइट सक्रिय रहेको र सेवा विस्तार गर्दै सबै ७७ जिल्लामा उपचार उपलब्ध गराउने तयारी भइरहेको उनले बताए । परीक्षण, उपचार, औषधि, भाइरल–लोड परीक्षणदेखि गर्भवती महिलामा संक्रमण रोकथामसम्मका सबै सेवा निःशुल्क उपलब्ध रहने उनले स्पष्ट पारे ।

    व्यक्तिगत सतर्कता र समयमै परीक्षणको महत्त्वबारे उनले जोड दिंदै भने, ‘राज्यले औषधि र उपचार उपलब्ध गराइदिन्छ, तर जाँच र उपचारका लागि आफ्नो जिम्मेवारी नागरिकले पनि पूरा गर्नुपर्छ ।’

    लक्षित समूहमा बढी संक्रमण

    नेपाल हाल कन्सन्ट्रेटेड एपिडेमिकको अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै उनले विशेषगरी लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायमा प्रचलन ५ प्रतिशत भन्दा बढी देखिने भएकाले जोखिम उच्च रहेको बताए । त्यसका साथै भारत जाने माइग्रेन्ट कामदार, सुई प्रयोग गर्ने लागुऔषध प्रयोगकर्ता, यौनकर्मी, कारागारका कैदीबन्दी, र एचआईभी पोजिटिभ व्यक्तिका परिवार मुख्य कि–पपुलेसन रहेको उनले बताए ।

    सेवा विस्तार र राज्यको तयारी

    उनले देशभर ९६ वटा एआरटी साइट सञ्चालनमा रहेको र आगामी वर्षहरूमा सबै ७७ जिल्लामा सेवा विस्तार गर्ने लक्ष्य राखिएको जानकारी दिए । परीक्षण, उपचार, भाइरल–लोड जाँचदेखि लिएर गर्भवती महिलामा संक्रमण रोकथाम कार्यक्रमसम्म सबै सेवा पूणरूपमा निःशुल्क रहेको उनले स्पष्ट पारे ।

    विशेषगरी अन्तर्राष्ट्रिय दाता निकायको सहयोग घट्दै गएको अवस्थामा नेपाल सरकारले उपचार, औषधि आपूर्ति र परीक्षण सेवालाई सस्टेनेबल बनाउँदै लगेको उनले बताए । ‘कतिपय अफ्रिकी देशमा एआरटी केन्द्र बन्द भए, तर नेपालमा त्यो अवस्था आउन दिइएन,’ उनले भने।

    चुनौतीः दाता सहयोग घट्दै

    अमेरिकी सरकारको नीतिगत परिवर्तन पछि केही समुदाय–केन्द्रित कार्यक्रम (कण्डम, लुब्रिकेन्ट वितरणजस्ता) प्रभावित भएको उनले स्वीकारे । तर आगामी बजेट र नयाँ रणनीतिमा ती सेवालाई राज्यकै खर्चमा समावेश गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

    नागरिकको जिम्मेवारी पनि महत्वपूर्ण

    डा. शर्माले एचआईभी परीक्षण, समयमै उपचार लिनु र नियमित औषधि सेवन गर्नु प्रत्येक नागरिकको व्यक्तिगत दायित्व भएको उल्लेख गर्दै, ‘राज्यले सेवा उपलब्ध गराइदिन्छ, तर आफू अवेर भएर समयमै जाँच र उपचारमा जानुपर्छ,’ उनले भने ।

    यस वर्षको विश्व एड्स दिवसको नारा (अवरोध पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ) रहेको छ । उनका अनुसार ७७ वटै जिल्लामा एड्स दिवस मनाउन आवश्यक बजेट विनियोजन गरिएको छ ।

    उनले भने, ‘डिसेम्बर १ मा ३८ औँ विश्व एड्स दिवस भव्यतापूर्वक मनाइन्छ । यसले जनचेतना बढाउने र उन्मूलन लक्ष्यका लागि देशलाई एकताबद्ध गर्ने अवसर प्रदान गर्छ ।’

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    विष्णु पौडेलको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

    ललितपुर महानगरले ल्यायो ‘फायर फाइटिङ’ क्रेन सञ्चालनमा

    बर्ड फ्लु संक्रमण ११ जिल्लामा फैलियो, ५ लाख ६९ हजारभन्दा बढी कुखुरा नष्ट

    रास्वपा महाधिवेशन बन्दशत्रमा रविको सम्बोधनः पुरानै शैलीले फरक परिणाम सम्भव छैन

    गृहमन्त्री सुधन गुरुङमाथि आक्रमण भएको हल्ला असत्य : सचिवालय

    कम उमेरमै अत्यधिक सम्पत्ति आर्जन गरेका बालेन र सुदनमाथि पनि छानबिन हुनुपर्छ : महेश बस्नेत

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारीमत सहित रास्वापा केन्द्रिय सदस्यमा निर्वाचित

    नेदरल्याण्ड्स समूह ‘एफ’को शीर्षस्थानमा, ट्युनिसिया बाहिरियो

    जर्मनीलाई हराउँदै इक्वेडर विश्वकपको अन्तिम ३२ मा

    सामाजिक संजालबाटै महामन्त्री पदको उम्मेदवारी घोषणा

    विष्णु पौडेलको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

    ललितपुर महानगरले ल्यायो ‘फायर फाइटिङ’ क्रेन सञ्चालनमा

    बर्ड फ्लु संक्रमण ११ जिल्लामा फैलियो, ५ लाख…

    रास्वपा महाधिवेशन बन्दशत्रमा रविको सम्बोधनः पुरानै शैलीले फरक…

    आर्थिक

    बाजुराका ९ वटै स्थानीय तहले प्रस्तुत गरे बजेट : कुन पालिकाको बजेट कति ?

    सूनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?

    गोलबजार नगरपालिकाद्वारा ७५ करोड ५६ लाखको बजेट प्रस्तुत

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑