सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भरतपुर । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा पदाधिकारी चयन प्रक्रिया रोचक बन्दै गएको छ। विशेषगरी दुई महामन्त्री पदका लागि पाँच नेताले दाबी प्रस्तुत गरेपछि प्रतिस्पर्धा तीव्र हुने संकेत देखिएको छ।
महामन्त्री पदका लागि मनिष झा, शिशिर खनाल, विपिन आचार्य, गणेश पराजुली र कबिन्द्र बुर्लाकोटी मैदानमा उत्रिएका छन्। पार्टी विधानअनुसार दुई महामन्त्रीमध्ये एक जना मनोनीत गर्ने व्यवस्था रहेकाले निर्वाचित हुने एक मात्र पदका लागि पाँच नेताबीच प्रतिस्पर्धा हुने भएको हो।
महाधिवेशनस्थलमा नेतृत्व तहले सहमतिमार्फत पदाधिकारी चयन गर्ने प्रयास गरिरहेको छ। तर, आकांक्षीहरूको संख्या बढी भएकाले सहमति जुटाउन चुनौती देखिएको छ। सहमति हुन नसके प्रतिनिधिहरूको मतदानमार्फत महामन्त्री चयन गरिने सम्भावना बलियो बनेको छ।
पार्टीको संगठन विस्तार, नीति निर्माण तथा आगामी राजनीतिक रणनीति कार्यान्वयनमा महामन्त्रीको भूमिका महत्वपूर्ण मानिने भएकाले यो पदका लागि नेताहरूले सक्रिय रूपमा समर्थन जुटाइरहेका छन्। उम्मेदवारहरूले आफ्नो राजनीतिक अनुभव, संगठन निर्माणमा गरेको योगदान तथा पार्टीलाई आगामी चरणमा कसरी अघि बढाउने भन्ने कार्ययोजना प्रस्तुत गर्दै प्रतिनिधिहरूसँग मत मागिरहेका छन्।
यसअघि महाधिवेशनले केन्द्रीय सदस्यहरूको निर्वाचन प्रक्रिया सम्पन्न गरिसकेको छ। अब महामन्त्रीसहित अन्य पदाधिकारीको चयनमा प्रतिनिधिहरूको चासो केन्द्रित भएको छ। महाधिवेशनबाट चयन हुने नयाँ नेतृत्वले आगामी दिनमा पार्टीको संगठनात्मक दिशा र राजनीतिक कार्ययोजनालाई प्रभाव पार्ने अपेक्षा गरिएको छ।
रास्वपाको पहिलो महाधिवेशन भएकाले पदाधिकारी चयन प्रक्रियालाई पार्टीको आन्तरिक लोकतन्त्र र नेतृत्व विकासको महत्वपूर्ण परीक्षाका रूपमा समेत हेरिएको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा