सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा बुधबार राति लगातार दुई शक्तिशाली भूकम्प जाँदा राजधानी काराकाससहित देशका विभिन्न क्षेत्रमा ठूलो क्षति पुगेको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) का अनुसार पहिलो ७.२ म्याग्निच्युडको भूकम्प आएलगत्तै दोस्रो ७.५ म्याग्निच्युडको शक्तिशाली धक्का महसुस गरिएको थियो। भूकम्पको केन्द्रबिन्दु राजधानी काराकासबाट करिब १६० किलोमिटर पश्चिम क्षेत्रमा रहेको बताइएको छ।
भूकम्पपछि सामाजिक सञ्जाल तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा सार्वजनिक भएका दृश्यहरूमा काराकासका विभिन्न स्थानमा भवनहरू भत्किएको, सडकहरूमा भग्नावशेष थुप्रिएको तथा सर्वसाधारण त्रसित भएर खुला स्थानमा जम्मा भएको देखिएको छ। चिनियाँ सञ्चारमाध्यम सीसीटीभीले सार्वजनिक गरेको फुटेजमा ‘प्लाजा भेनेजुएला’ आसपास सयौं स्थानीय बासिन्दा सडकमा भेला भएको देखिन्छ।
प्रारम्भिक विवरणअनुसार धेरै आवासीय तथा व्यावसायिक भवनमा क्षति पुगेको छ। केही भवन पूर्णरूपमा भत्किएका छन् भने दर्जनौं संरचनामा चर्को क्षति पुगेको छ। सडकमा ढुंगा, सिमेन्टका टुक्रा, पर्खालका भग्नावशेष र अन्य सामग्री छरिएका कारण यातायात सेवा प्रभावित भएको छ।
भूकम्पपछि मानिसहरू घर, कार्यालय तथा व्यापारिक केन्द्रबाट बाहिर निस्केर खुला स्थानमा आश्रय लिन बाध्य भएका थिए। राजधानी काराकासका विभिन्न क्षेत्रमा ठूलो त्रास फैलिएको थियो। प्रत्यक्षदर्शीहरूले भवनहरू हल्लिँदा मानिसहरू चिच्याउँदै सडकतर्फ दौडिएको बताएका छन्।
भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले देशभर आपतकाल घोषणा गर्दै उद्धार तथा राहत कार्यलाई तीव्र बनाइएको जानकारी दिएकी छन्। गृह मन्त्रालयका अनुसार सेना, प्रहरी र उद्धार टोलीहरू प्रभावित क्षेत्रमा परिचालन गरिएका छन्। भग्नावशेषमा पुरिएकाहरूको खोजी तथा उद्धार कार्य जारी छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार हालसम्म केही व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ भने सयौं घाइते भएका छन्। मृतक तथा घाइतेको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ। USGS ले भूकम्पको तीव्रता र प्रभावित जनघनत्वलाई आधार मान्दै ठूलो मानवीय क्षतिको सम्भावना औंल्याएको छ।
भूकम्पका कारण काराकासस्थित सिमोन बोलिभार अन्तर्राष्ट्रिय विमानस्थलमा समेत क्षति पुगेको छ। विमानस्थलको केही भागमा संरचनात्मक क्षति देखिएपछि उडान सेवा प्रभावित भएको बताइएको छ। केही समयका लागि विमानस्थल बन्दसमेत गरिएको थियो।
अधिकारीहरूले परकम्प (Aftershock) आउने सम्भावना अझै कायम रहेकाले नागरिकलाई सतर्क रहन, क्षतिग्रस्त भवनमा प्रवेश नगर्न तथा सरकारी सूचनाको पालना गर्न आग्रह गरेका छन्। उद्धार तथा राहत कार्य जारी रहेकाले क्षतिको वास्तविक विवरण आउन अझै समय लाग्ने जनाइएको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा