• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ कार्तिक १४, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • मिडियामा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ, प्रधानमन्त्रीको सचिवालयले पन्छायो जिम्मेवारी

      दुई पत्रकार प्रहरी नियन्त्रणमा, दुई संचार गृहको कार्यालयमा सादा पोशाकका प्रहरी

      गृह मन्त्रालयले गर्‍यो एनप्याब्सन निलम्बन

      भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना, पाइलटसहित ६ जनाकै मृत्यु

      डेभलपमेन्ट बैंकर्स एसोसिएसनको अध्यक्षमा कामना सेवा विकास बैंकका सीईओ दिनेश थकाली सर्वसम्मत निर्वाचित

      एनआईसी एसिया बैंकका थप ७ शाखा बन्द हुँदै, कुन शाखा कहाँ गाभिँदैछन् ?

      भोटेकोशी र बुढीगण्डकी बाढीको उद्धारमा २१ हेलिकप्टर परिचालन, विपद् व्यवस्थापनमा पूर्वतयारी कमजोर रहेको सेनाको निष्कर्ष

      दशैँ बिदा सकियो, हुम्लाका सरकारी कार्यालय प्रमुखविहीन 

      एनपीएल : नेपाली खेलाडी चम्किँदै, सबै खेलमा ‘म्याच विनर’ बने

      उपकरण जडान गरेर निगरानीमा थियो भुटानमा विस्फोट भएको हिमताल 

      भुटानमा हिमताल विस्फोट, भारतका राज्यहरुमा सतर्कता

      नेपालकै ‘कान्छो’ राष्ट्रिय निकुञ्जमा कर्मचारी खटाइयो, नियमित कामकाजमा सहज

      नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि सन् २०२९ नोभेम्बर २४ सम्म थप

      सुन र चाँदीको मूल्यमा ठूलो गिरावट

      मुख्यमन्त्रीसहित निर्णायक छलफलबाट १९ अलपत्र आयोजनाको निकास खोजिँदै

    होमपेज /  विश्व

    भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना, पाइलटसहित ६ जनाकै मृत्यु

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ कार्तिक १४, शुक्रबार (१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ३ मिनेट
  • १० पटक पढिएको
  • काठमाडौं । भारतको उत्तराखण्डस्थित चमोली जिल्लामा हेलिकप्टर दुर्घटना हुँदा पाइलटसहित ६ जनाको मृत्यु भएको छ।

    बदरीनाथ धामबाट देहरादूनका लागि उडेको हेलिकप्टर जोशीमठ नजिकैको हात्ती पर्वत क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो।

    शुक्रबार दिउँसो १ बजेर १४ मिनेटमा हिमपात भइरहेका बेला हेलिकप्टरले बदरीनाथबाट देहरादूनस्थित सहस्रधारा हेलिप्याडका लागि उडान भरेको थियो। उडान भरेको केही समयपछि नै हेलिकप्टर सम्पर्कविहीन भएको थियो।

    केही समयपछि जोशीमठ नजिकैको चाई गाउँ क्षेत्रमा हेलिकप्टर दुर्घटनामा परेको सूचना जिल्ला प्रशासनले प्राप्त गरेको थियो।

    दुर्घटनामा हेलिकप्टरमा सवार पाइलटसहित ६ जनाकै मृत्यु भएको चमोलीका प्रहरी उपरीक्षक सुरजित सिंह पँवारले पुष्टि गरेका छन्।

    हेलिकप्टरमा पाइलटसहित ६ जना सवार थिए। यात्रुहरू सबै भारतको कर्नाटक राज्यको बेंगलुरुका बासिन्दा थिए भने पाइलट दिल्ली निवासी रहेको बताइएको छ।

    दुर्घटनाको खबर सार्वजनिक भएपछि प्रहरी, प्रशासन तथा विपद् व्यवस्थापनको टोली उद्धार कार्यमा खटिएको थियो। भारतीय सेनासहित सुरक्षा निकायले घटनास्थलमा पुगेर उद्धार तथा राहत अभियान सञ्चालन गरेका थिए।

    यसअघि दुर्घटनामा चार जनाको मृत्यु र दुई जना गम्भीर घाइते भएको विवरण सार्वजनिक भएको थियो। तर पछिल्लो जानकारीअनुसार दुर्घटनामा सवार सबै ६ जनाको मृत्यु भएको पुष्टि भएको छ।

    दुर्घटना हिमपात र प्रतिकूल मौसमका बीच भएको बताइएको छ। यद्यपि हेलिकप्टर दुर्घटनाको वास्तविक कारण भने अनुसन्धानपछि मात्र खुल्नेछ।

    घटनापछि सम्बन्धित कम्पनीका हेलिकप्टर उडानमा समेत रोक लगाइएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    भुटानमा हिमताल विस्फोट, भारतका राज्यहरुमा सतर्कता

    इजरायलमा यहुदी–अरब संयुक्त सरकारको मागगर्दै तीन सहरमा प्रदर्शन

    स्पेनमा रेल दुर्घटना हुँदा ६८ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक घोषणा

    इजरायलको चुनावमा नेतान्याहुलाई धक्का विपक्षी गठबन्धन अगाडि

    भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत कर लगाउने धम्की दिएको ट्रम्पको दाबी

    भारतमा चक्रवात ‘अर्नब’को वितण्डा, ८९ हजार मानिस सुरक्षित स्थानमा सारिए

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मिडियामा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ, प्रधानमन्त्रीको सचिवालयले…

    दुई पत्रकार प्रहरी नियन्त्रणमा, दुई संचार गृहको कार्यालयमा…

    गृह मन्त्रालयले गर्‍यो एनप्याब्सन निलम्बन

    भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना, पाइलटसहित ६ जनाकै मृत्यु

    नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि सन्…

    आईजीपी दानबहादुर कार्कीको राजीनामाबारे फैलिएका समाचारप्रति नेपाल प्रहरीको…

    आफ्नो नाम जोडेर घुससम्बन्धी समाचार प्रकाशित भएपछि प्रधानन्यायाधीश…

    स्वदेशी फूलको उत्पादन बढाउन सरकार र व्यवसायीबीच सहकार्य…

    आर्थिक

    डेभलपमेन्ट बैंकर्स एसोसिएसनको अध्यक्षमा कामना सेवा विकास बैंकका सीईओ दिनेश थकाली सर्वसम्मत निर्वाचित

    एनआईसी एसिया बैंकका थप ७ शाखा बन्द हुँदै, कुन शाखा कहाँ गाभिँदैछन् ?

    सुन र चाँदीको मूल्यमा ठूलो गिरावट

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑