सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । विभिन्न सञ्चारमाध्यमका समाचार कक्षभित्रै प्रवेश गरेर पत्रकार पक्राउ गरिएको घटनाप्रति प्रधानमन्त्रीको सचिवालयले आफ्नो संलग्नता नरहेको स्पष्ट पारेको छ।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले उक्त घटनाक्रममा प्रधानमन्त्री, प्रधानमन्त्रीको सचिवालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको कुनै पनि संलग्नता नरहेको बताएकी हुन्।
दाहालका अनुसार पछिल्लो समय विकसित भएका घटनाक्रमबारे प्रधानमन्त्री, उनको सचिवालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई कुनै जानकारीसमेत छैन।
उनले भनिन्, “आज जे जति घटनाक्रमहरू विकास भएका छन्, यी घटनाक्रमहरूमा सम्माननीय प्रधानमन्त्रीज्यू, सचिवालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कुनै पनि संलग्नता छैन। हामीलाई यसबारे कुनै जानकारी छैन।”
विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरेर पत्रकार पक्राउ गरिएको घटनापछि सञ्चार क्षेत्रबाट विरोध तथा प्रश्न उठिरहेका बेला दाहालको यस्तो प्रतिक्रिया आएको हो।
समाचार कक्षभित्रै प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनाले प्रेस स्वतन्त्रता, पत्रकारको सुरक्षा र सञ्चारमाध्यमको स्वतन्त्र कार्यसम्पादनको अधिकारमाथि गम्भीर प्रश्न खडा गरेको छ।
समाचार संकलन तथा सम्प्रेषणका क्रममा सञ्चारकर्मीमाथि भएको प्रहरी कारबाही र त्यसको प्रक्रियालाई लिएर पत्रकारिता क्षेत्रका विभिन्न संघसंस्था तथा सञ्चारकर्मीहरूले चासो व्यक्त गरिरहेका छन्।
यसैबीच, प्रधानमन्त्रीको सचिवालयले घटनामा आफ्नो कुनै संलग्नता नरहेको र यसबारे जानकारीसमेत नभएको स्पष्ट पारेपछि पत्रकार पक्राउ प्रकरण थप चर्चामा आएको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा