• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ कार्तिक १५, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • पत्रकारहरुमाथि भएको धरपकड र पक्राउबारे छानविन हुनुपर्छ : विश्वप्रकाश शर्मा

      वर्षाका कारण कीर्तिपुर मैदानमा खेल गराउन कठिन, टिकटको रकम फिर्ताबारे छलफल हुने

      गण्डकीका अधिकांश स्थानमा वर्षा

      फुसका घर र झाडीबाट उठेको भैरहवा : शहरीकरणको गतिलो नमूना

      डोल्पा कारागारबाट सुरुङ खनेर कैदी भागेपछि सुरक्षा व्यवस्थामाथि प्रश्न

      अव्यवस्थित सहरीकरणले बढायो विपद्को जोखिम, रोकथाममा लगानी कमजोर

      ५०५ किलोमिटरको कर्णाली करिडोर : २४६ किलोमिटर चार लेन बनाउने प्रस्ताव, पाँच वर्षमा काम सक्ने लक्ष्य

      नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार बन्दै भैरहवा : गाउँदेखि व्यापारिक सहरसम्मको यात्रा

      प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार हो : कुलमान घिसिङ

      समाचार कक्षबाट पत्रकार पक्राउ गर्नु प्रेस स्वतन्त्रतामाथिको गम्भीर उल्लङ्घन : शोभराज बराल

      उपत्यकामा २४ घण्टामा ३१४ सवारीसाधनमाथि कारबाही

      आजको मौसम : यी सातै प्रदेशमा भारी वर्षाको सम्भावना

      समाचार कक्षबाट पत्रकार पक्राउप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग

      समाचार कक्षमै प्रहरी प्रवेश गरेर पत्रकार पक्राउ, महासंघले भन्यो– राज्य आतंक

      मिडियामा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ, प्रधानमन्त्रीको सचिवालयले पन्छायो जिम्मेवारी

    होमपेज /  अन्य

    एनपीएल : नेपाली खेलाडी चम्किँदै, सबै खेलमा ‘म्याच विनर’ बने

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ कार्तिक १४, शुक्रबार (१ दिन अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • ४६ पटक पढिएको
  • धर्मेन्द्र झा / काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा नेपाली खेलाडीले उच्च प्रदर्शन गर्दै ‘म्याच विनर’ बनेका छन् । कात्तिक ९ गतेदेखि सुरु भएको प्रतियोगितामा हालसम्म छ खेल सम्पन्न भएका छन् ।

    हालसम्म सम्पन्न छवटै खेलमा नेपाली खेलाडी ‘म्याच विनर’ बन्दै ‘प्लेयर अफ दी म्याच’ चुनिएका छन् । एनपीएल इतिहासमा यसरी लगातार छ खेलमा नेपाली खेलाडी प्लेयर अफ दी म्याच बनेको पहिलो रेकर्ड हो ।

    लिगको पहिलो खेलमा लुम्बिनीमा आबद्ध स्पिनर शेर मल्ल, दोस्रो म्याचमा चितवनमा आबद्ध कमल सिंह ऐरी, तेस्रो खेलमा कर्णालीमा आबद्ध स्पिनर युनिसविक्रम ठकुरी ‘प्लेयर अफ द म्याच’ घोषित भए। यस्तै, चौथो म्याचमा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरी, पाँचौँ खेलमा जनकपुर बोल्ट्समा आबद्ध राहुल यादव र छैटौँ म्याचमा कर्णाली याक्सका कप्तान सोमपाल कामी ‘प्लेयर अफ द म्याच’ चुनिए ।   बिहीबार सम्पन्न दोस्रो खेलमा कर्णाली याक्सले विराटनगर किङ्समाथि ४ विकेटको सनसनीपूर्ण जित निकाल्यो । जसमा कप्तान सोमपाल कामीले अलराउण्ड प्रदर्शन गरे । उनले अविजित ६२ रन बनाउनुका साथै बलिङमा पनि ४ विकेट हात पारेका थिए । यो खेलमा सोमपाल म्यान अफ दी म्याच चुनिए ।

    बिहीबार नै सम्पन्न पहिलो खेलमा काठमाडौं गोर्खाजमाथि ८ विकेटको जित निकाल्ने क्रममा जनकपुर बोल्ट्सका १७ वर्षीय बलर राहुल यादव चम्किए । काठमाडौंको पारी ध्वस्त पार्ने क्रममा राहुलले ४ विकेट चट्काउदै म्यान अफ दी म्याच चुनिए ।

    बुधबार सुदूरपश्चिमलाई जिताउने क्रममा कप्तान दीपेन्द्रसिंह ऐरीले अलराउण्ड प्रदर्शन गरे । पोखरा एभेन्जर्सलाई ६ विकेटले हराउने क्रममा दीपेन्द्रले अविजित ५१ रन र १ विकेट हात पारेका थिए । उनी खेलका उत्कृष्ट खेलाडी चुनिए ।

    मंगलबार सम्पन्न दोस्रो खेलमा कर्णालीले जनकपुरलाई १९ रनले हरायो । जसमा युनिश विक्रम ठकुरीले ३ विकेट लिदैं प्लेयर अफ दी म्याच भए ।

    मंगलबार नै सम्पन्न पहिलो खेलमा चितवन राइनोजले विराटनगरमाथि ८ रनको जित निकाल्दा कमलसिंह ऐरीले ४ विकेट लिए । उनी खेलका उत्कृष्ट खेलाडी घोषित भए ।

    सोमबार भएको उद्घाटन खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिमलाई हराउँदा शेर मल्ल चम्किए । म्यान अफ दी म्याच समेत भएका शेरले ३ विकेट झारेका थिए ।

    अर्धशतकमा पनि नेपालीको वर्चश्व

    जारी एनपीएलमा हालसम्म पाँच अर्धशतक प्रहार भएका छन् । जसमा ३ नेपाली र २ विदेशी खेलाडीको नाममा छ ।

    अर्धशतक हिकाउने नेपाली खेलाडीमा कर्णाली याक्सका कप्तान सोमपाल कामी, सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी र विराटनगरका ओपनर ब्याटर लोकेश बम रहेका छन् ।

    विदेशी खेलाडीमा जनकपुर बोल्ट्सका मोइन अली र चितवन राइनोजका डेभिड मलान रहेका छन् ।

    बलिङ र ब्याटिङमा पनि नेपाली खेलाडी नै शीर्षमा 

    नेपाली खेलाडीहरु जारी सिजनमा बलिङ र ब्याटिङमा पनि शीर्ष स्थानमा रहेका छन् । बलिङमा जनकपुर बोल्ट्सका राहुल यादव पहिलो स्थानमा छन् । उनले २ खेलमा ६ विकेट लिएका छन् ।

    समान दुई खेलबाट समान ५ विकेट लिएका कर्णालीका कप्तान सोमपाल कामी र सुदूरपश्चिमका अनिल खरेल क्रमशस् दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

    दुई खेलबाटै ४ विकेट लिएका जनकपुरका विदेशी खेलाडी हर्मीत खेलाडी चौथौ स्थानमा छन् । पाचौं स्थानमा भने एक खेलबाट ४ विकेट लिएका लुम्बिनीका नेपाली बलर किशोर महतो अटाएका छन् ।

    यस्तै ब्याटिङको पहिलो स्थानमा दुई खेलबाट एक अर्धशतकसहित ११३ रन जोडेका विराटनगरका लोकेश बम रहेका छन् । लोकेश प्रतियोगिताका व्यक्तिगत उच्च स्कोर बनाउने खेलाडी हुन् । उनले कर्णालीकाविरुद्ध ८७ रन जोडेका थिए ।

    दोस्रो स्थानमा सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरी रहेका छन् । उनले दुई खेलबाट एक अर्धशतकसहित ७८ रन बनाएका छन् ।

    ब्याटिङको तेस्रो र चौथो स्थानमा भने विदेशी खेलाडी अटाएका छन् । तेस्रो स्थानमा जनकपुरका मोइन अली छन् उनले एक खेलमा एक अर्धशतकसहित ७७ रन बनाएका छन् । चौथो स्थानमा रहेका कर्णालीका अरिफूल स्लामले दुई खेलबाट ७५ रन जोडेका छन् ।

    पाचौं स्थानमा रहेका कर्णालीका नेपाली ब्याटर पवन सराफले २ खेलबाट ७३ रन हिर्काएका छन् ।

    विश्व चर्चित खेलाडी समेत सहभागी प्रतियोगितामा नेपाली खेलाडीले गरेको प्रदर्शनको नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले पनि प्रशंसा गरेका छन् ।

    उनले भने,‘विश्वका चर्चित खेलाडी समेत सहभागी एनपीएलमा नेपाली खेलाडीले गरेको प्रदर्शन निकै प्रशंसनीय छ । हामीले नेपाली क्रिकेटको व्यवशायिक विकास र खेलाडी उत्पादनका लागि प्रतियोगिता आयोजना गरेका हौं। जुन नेपाली खेलाडीले देखाइरहेका छन्। ’

    उच्च स्कोर बनाउने कर्णाली, न्यूनमा सुदूरपश्चिम

    प्रतियोगिताको उच्च स्कोर बनाउनेमा कर्णाली छ भने न्यून स्कोर बनाउने टोलीमा सुदूरपश्चिम छ । कर्णालीले १८७ रन बनाएको थियो भने सुदूरपश्चिमको ८७ रनमा समेटिन पुगेको थियो ।

    प्रतियोगिताको उच्च साझेदारी भने जनकपुरका शैफ हसन र मोइन अलीबीच रहेको छ । हसन र अलीले काठमाडौंकाविरुद्ध तेस्रो विकेटका लागि गरेको ७९ रनको साझेदारी गरेका थिए ।

    नेपाल क्रिकेट संघ(क्यान)को आयोजनामा कात्तिक ९ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल मङ्सिर ५ गते हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    वर्षाका कारण कीर्तिपुर मैदानमा खेल गराउन कठिन, टिकटको रकम फिर्ताबारे छलफल हुने

    अव्यवस्थित सहरीकरणले बढायो विपद्को जोखिम, रोकथाममा लगानी कमजोर

    ५०५ किलोमिटरको कर्णाली करिडोर : २४६ किलोमिटर चार लेन बनाउने प्रस्ताव, पाँच वर्षमा काम सक्ने लक्ष्य

    नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार बन्दै भैरहवा : गाउँदेखि व्यापारिक सहरसम्मको यात्रा

    समाचार कक्षबाट पत्रकार पक्राउ गर्नु प्रेस स्वतन्त्रतामाथिको गम्भीर उल्लङ्घन : शोभराज बराल

    समाचार कक्षमै प्रहरी प्रवेश गरेर पत्रकार पक्राउ, महासंघले भन्यो– राज्य आतंक

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पत्रकारहरुमाथि भएको धरपकड र पक्राउबारे छानविन हुनुपर्छ :…

    वर्षाका कारण कीर्तिपुर मैदानमा खेल गराउन कठिन, टिकटको…

    गण्डकीका अधिकांश स्थानमा वर्षा

    फुसका घर र झाडीबाट उठेको भैरहवा : शहरीकरणको…

    समाचार कक्षबाट पत्रकार पक्राउप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी…

    नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि सन्…

    आईजीपी दानबहादुर कार्कीको राजीनामाबारे फैलिएका समाचारप्रति नेपाल प्रहरीको…

    आफ्नो नाम जोडेर घुससम्बन्धी समाचार प्रकाशित भएपछि प्रधानन्यायाधीश…

    आर्थिक

    डेभलपमेन्ट बैंकर्स एसोसिएसनको अध्यक्षमा कामना सेवा विकास बैंकका सीईओ दिनेश थकाली सर्वसम्मत निर्वाचित

    एनआईसी एसिया बैंकका थप ७ शाखा बन्द हुँदै, कुन शाखा कहाँ गाभिँदैछन् ?

    सुन र चाँदीको मूल्यमा ठूलो गिरावट

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑