• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ कार्तिक १५, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • गण्डकीका अधिकांश स्थानमा वर्षा

      फुसका घर र झाडीबाट उठेको भैरहवा : शहरीकरणको गतिलो नमूना

      डोल्पा कारागारबाट सुरुङ खनेर कैदी भागेपछि सुरक्षा व्यवस्थामाथि प्रश्न

      अव्यवस्थित सहरीकरणले बढायो विपद्को जोखिम, रोकथाममा लगानी कमजोर

      ५०५ किलोमिटरको कर्णाली करिडोर : २४६ किलोमिटर चार लेन बनाउने प्रस्ताव, पाँच वर्षमा काम सक्ने लक्ष्य

      नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार बन्दै भैरहवा : गाउँदेखि व्यापारिक सहरसम्मको यात्रा

      प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार हो : कुलमान घिसिङ

      समाचार कक्षबाट पत्रकार पक्राउ गर्नु प्रेस स्वतन्त्रतामाथिको गम्भीर उल्लङ्घन : शोभराज बराल

      उपत्यकामा २४ घण्टामा ३१४ सवारीसाधनमाथि कारबाही

      आजको मौसम : यी सातै प्रदेशमा भारी वर्षाको सम्भावना

      समाचार कक्षबाट पत्रकार पक्राउप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग

      समाचार कक्षमै प्रहरी प्रवेश गरेर पत्रकार पक्राउ, महासंघले भन्यो– राज्य आतंक

      मिडियामा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ, प्रधानमन्त्रीको सचिवालयले पन्छायो जिम्मेवारी

      दुई पत्रकार प्रहरी नियन्त्रणमा, दुई संचार गृहको कार्यालयमा सादा पोशाकका प्रहरी

      गृह मन्त्रालयले गर्‍यो एनप्याब्सन निलम्बन

    होमपेज /  समाचार

    फुसका घर र झाडीबाट उठेको भैरहवा : शहरीकरणको गतिलो नमूना

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ कार्तिक १५, शनिबार (१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ३ मिनेट
  • १९ पटक पढिएको
  • पन्देही । भैरहवाको पुरानो बजारमा अहिले पनि व्यापारिक इतिहासका अनेक कथा भेटिन्छन् । कुनै समय ढुंगैढुंगाको बाटो, फुसका घर, झाडी र छरिएका बस्तीबीच सीमित रहेको भैरहवा आज उद्योग, व्यापार, स्वास्थ्य सेवा, शिक्षा र पर्यटनको केन्द्र बनेको छ ।

    यहाँका पुराना व्यवसायी नारायणप्रसाद अग्रवाललाई बाल्यकालको भैरहवा सम्झँदा अहिलेको सहरको स्वरुप निकै फरक लाग्छ ।

    ‘त्यतिबेला भैरहवा अरु गाउँभन्दा अलिकति राम्रो गाउँजस्तै थियो,’ वि.सं. २००५ सालमा भैरहवामै जन्मिएका अग्रवाल सम्झन्छन्, ‘बाटोमा ग्राभेल समेत थिएन, ढुंगैढुंगा हुन्थे । अहिलेको भीम अस्पतालभन्दा अगाडि जान पनि डर लाग्थ्यो ।’

    अग्रवालको यो स्मृतिले भैरहवाको रुपान्तरणलाई बुझ्न सघाउँछ । कुनै समय सीमित बस्ती र कृषि उपजको कारोबारमा निर्भर यो ठाउँ आज नेपाल–भारत व्यापारको महत्वपूर्ण प्रवेशद्वार, औद्योगिक क्षेत्र र लुम्बिनीको पर्यटन आधारका रुपमा स्थापित छ । तर यो परिवर्तन एकैपटक भएको होइन । प्रशासनिक केन्द्रको विस्तार, हवाई मैदान निर्माण, सडक सञ्जाल, खाद्यान्न व्यापार र उद्योगको विकास हुँदै भैरहवाले सहरको स्वरूप ग्रहण गरेको हो ।

    आज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बेलहिया–बुटवल व्यापारिक मार्ग, भैरहवा भन्सार, विशेष आर्थिक क्षेत्र (सेज), लुम्बिनी करिडोरका उद्योग र ठूला स्वास्थ्य संस्थाले यस क्षेत्रको आर्थिक सम्भावना बढाएका छन् । यद्यपि पूर्वाधार निर्माणअनुसार आर्थिक लाभ र रोजगारी विस्तार हुन नसकेको प्रश्न पनि उत्तिकै महत्वपूर्ण छ ।

    गाउँ, झाडी र छरिएका बस्ती–भैरहवा

    भैरहवाको पुरानो इतिहास खोतल्दा आजको बजार क्षेत्रभन्दा बाहिर रहेका बस्तीहरुको महत्व देखिन्छ । कचरिहवा, पक्लिहवा, मेउडिहवा, नौडिहवा, बहडिलवा, मतखोलवा, दोगहरा, शंकरपुर, पिपरहिया र कठौतियाजस्ता बस्तीहरु यस क्षेत्रको पुरानो बसोबाससँग जोडिएका छन् । स्थानीय जनश्रुति र इतिहासका विवरणअनुसार त्यतिबेला यहाँ खेतीयोग्य जमिन, झाडी, जंगल र छरिएका बस्ती थिए । थारु, बोटे तथा अन्य स्थानीय समुदायको बसोबास रहेको यस भूभागमा कृषि र परम्परागत पेसा जीविकाका प्रमुख आधार थिए ।

    भैरहवा नामकरणबारे पनि विभिन्न धारणा छन् । इतिहासकार विजय सागरका अनुसार, पाल्पाका राजा मणिमुकुन्द सेनसँग सम्बन्धित भैरवको गुठीबाट यस ठाउँको नाम विकसित भएको हुन सक्ने मत छ ।

    उनका अनुसार भैरवको गुठी रहेको स्थानलाई ‘भैरव हवा’ भनिँदै जाँदा ‘भैरहवा’ नाम बनेको हुनसक्छ । तर यो व्याख्यालाई स्थापित ऐतिहासिक तथ्य मान्न थप प्रमाण र अनुसन्धान आवश्यक छ ।

    वि.सं. १९९० आसपाससम्म यहाँको बस्ती सीमित थियो । प्रशासनिक गतिविधि विस्तार हुन थालेपछि भने यसको महत्व बढ्दै गयो । इतिहासकार सागरका अनुसार, भैरहवालाई प्रशासनिक केन्द्रका रुपमा विकास गर्ने प्रक्रिया सुरु भएसँगै सरकारी कार्यालयहरू स्थापना हुन थाले र बाहिरबाट मानिसहरु बसाइँ सर्ने क्रम बढ्यो ।

    अग्रवालका अनुसार, त्यतिबेला केही प्रमुख प्रशासनिक अधिकारी भैरहवामै बस्ने भए पनि सरकारी अड्डाहरु बेथरीमा थिए । पछि ती कार्यालयहरु भैरहवा सर्न थाले । सरकारी कार्यालय, कर्मचारी र सेवाग्राहीको आवागमन बढेपछि बजार पनि विस्तार हुन थाल्यो । गाउँका मानिसहरु किनमेल र प्रशासनिक कामका लागि भैरहवा आउन थाले ।

    यसरी प्रशासनिक गतिविधिले भैरहवालाई गाउँबाट बजारतर्फ लैजाने आधार तयार ग¥यो ।

    हवाई मैदानदेखि नगरपालिकासम्म

    भैरहवाको विकासमा हवाई मैदानको भूमिका महत्वपूर्ण रह्यो । शान्तिनगर क्षेत्रमा सुरुमा कच्ची हवाई मैदान थियो । अग्रवालको स्मृतिमा त्यस क्षेत्रको विकाससँगै पसलहरु खुल्न थालेका थिए । हवाई आवागमनले यस क्षेत्रको चहलपहल बढाउनुका साथै भैरहवाको पहिचानलाई फराकिलो बनाउन सहयोग ग¥यो ।

    इतिहासकार विजय सागरका अनुसार, वि.सं. २०१७ सालतिर भैरहवा आउँदा बजारमा एकाध फुसका घर र सडकमा ढुंगाका बोल्डर मात्र देखिन्थे । बुटवल पुग्न चारदेखि पाँच घण्टा लाग्थ्यो । अहिलेका व्यवस्थित सडक र यातायात सुविधासँग तुलना गर्दा त्यतिबेलाको अवस्था निकै कठिन थियो ।

    अग्रवालले शान्तिनगरको पुरानो हवाई मैदानमा भएको एउटा विमान दुर्घटना पनि सम्झन्छन् । बाल्यकालमा गाउँबाट बैलगाडामा फर्किंदै गर्दा विमान खसेको देखेको उनको स्मृति छ । त्यतिबेला उपचारका लागि पर्याप्त अस्पताल र स्वास्थ्य सुविधा नहुँदा घाइतेको उपचार कठिन हुने गरेको उनी बताउँछन् । यो सम्झनाले भैरहवाको पुरानो भौतिक अवस्थासँगै स्वास्थ्य सेवाको सीमिततालाई पनि उजागर गर्छ ।

    वि.सं. २०२४ सालमा भैरहवा नगर पञ्चायतका रुपमा औपचारिक नगर घोषणा भयो । वि.सं. २०३३ सालदेखि यसको नाम सिद्धार्थनगर राखियो । भगवान् गौतम बुद्धको बाल्यकालको नाम सिद्धार्थसँग जोडिएको यो नामले लुम्बिनी क्षेत्रको सांस्कृतिक पहिचानलाई पनि प्रतिनिधित्व गर्छ ।

    आज सिद्धार्थनगर नगरपालिका १३ वडामा विभाजित छ । उपलब्ध नगरपालिकाको विवरणअनुसार यहाँ ७४ हजार ४३६ जनसंख्या र १५ हजार ८७१ घरधुरी छन् । जनघनत्व प्रतिवर्ग किलोमिटर २ हजार ६६ जना छ । साक्षरता दर ८६.१ प्रतिशत पुगेको सिद्धार्थनगर नगर पालिकाका सूचना अधिकारी देव ज्ञवालीले जानकारी दिए ।

    यी तथ्यांकले भैरहवा अब सानो गाउँ रहेन, बढ्दो जनसंख्या र आर्थिक गतिविधि व्यवस्थापन गर्नुपर्ने सहरी केन्द्र बनिसकेको पुष्टि गर्छन् ।

    सडकले बदलेको व्यापारको दिशा

    भैरहवाको आर्थिक इतिहासमा सडक विकास एउटा निर्णायक मोड हो । कुनै समय सुनौलीबाट बुटवल पुग्ने बाटो सहज थिएन । हालको पक्लिहवाबाट मैत्रीपथ, नारायणपथ हुदै बुटवल पुगिन्थ्यो । ढुंगैढुंगा, धुलाम्मे र खाल्डाखुल्डी सडकमा यात्रा गर्न घण्टौँ लाग्थ्यो । मालसामान ढुवानीका लागि साइकल, घोडा र बयलगाडाको प्रयोग हुन्थ्यो ।

    ‘हामी साइकलमा कपडा र अन्य सामान राखेर परासी, लुम्बिनी, कक्रहवा र आसपासका गाउँसम्म पु¥याउँथ्यौँ,’ अग्रवाल सम्झन्छन्, ‘कतिपय ठाउँमा घोडाबाट सामान जान्थ्यो, कतै बयलगाडाबाट ।’

    त्यतिबेला भैरहवा र भारतीय बजार नौतनवाबीचको व्यापारिक सम्बन्ध निकै बलियो थियो । अग्रवालका बुबा व्यापारका लागि नौतनवामा बस्ने र दैनिक भैरहवा आउने–जाने गर्थे ।

    भैरहवामा भन्सारको कामसमेत हालको राधाकृष्ण मन्दिर नजिकै भाडामा लिइएको भवनबाट हुने गरेको उनी बताउँछन् । भारतबाट आएका कपडा तथा अन्य सामानको जाँच र छाप लगाएपछि व्यापारीले आफ्नो कारोबार अघि बढाउँथे ।

    सुनौली–बुटवल सडकको विकास र पछि सिद्धार्थ राजमार्गको विस्तारले भैरहवाको व्यापारलाई नयाँ गति दियो । तराईको सीमावर्ती बजार बुटवल हुँदै पहाडी क्षेत्रसँग जोडिएपछि सामान ढुवानी सहज हुन थाल्यो । यसले व्यापारको पुरानो केन्द्र परिवर्तन गर्ने आधार तयार ग¥यो ।

    पहिले गल्ला र घ्यूको कारोबारमा बुटवलको प्रभाव बढी थियो । किसानले धान–चामल बिक्री गर्न बुटवल पुग्नुपथ्र्यो । सडक र व्यापारिक सम्पर्क विस्तारसँगै भैरहवामा गल्ला कारोबार बढ्यो । कृषि उपज यहीँ संकलन हुन थाल्यो र यहाँबाट अन्य सहर तथा भारततर्फ पठाउन थालियो ।

    सडकले यातायात मात्र सहज बनाएन, बजारको भूगोलसमेत बदल्यो । सामानको कारोबार बढेसँगै गोदाम, पसल, ढुवानी सेवा र आवासीय बस्ती विस्तार भए । भैरहवा क्षेत्रीय व्यापारिक केन्द्रका रुपमा स्थापित हुने प्रक्रिया यहीँबाट तीव्र बन्यो ।

    तोरीको तेलदेखि चामल निर्यातसम्म

    भैरहवाको औद्योगिक पहिचानको जग कृषि उपजको प्रशोधनमा थियो । यस क्षेत्रमा धान, तोरी र आलसको उत्पादन राम्रो हुने भएकाले तेल र चामल उद्योग विस्तारको सम्भावना थियो ।

    पुराना व्यवसायी अग्रवालका अनुसार, वि.सं. २०११ सालमा गौरी आयल मिल स्थापना भएपछि भैरहवामा तोरीको तेल उत्पादनले गति लियो । पहिले यहाँको तोरी नौतनवा लगेर प्रशोधन गरिन्थ्यो र तेल फेरि नेपाल ल्याइन्थ्यो । स्थानीयस्तरमै मिल सञ्चालन भएपछि उत्पादन लागत घटाउने र भारततर्फ तेल पठाउने सम्भावना बढ्यो ।

    त्यसपछि चामल मिल र प्लास्टिक उद्योग पनि थपिँदै गए । धान–चामलको कारोबार विस्तार भएपछि भैरहवा निर्यात व्यापारको केन्द्र बन्यो । यहाँबाट ट्रकमा चामल नौतनवाको रेलवे मालगोदामसम्म पुर्याइन्थ्यो । त्यहाँबाट रेलमार्फत भारतका विभिन्न सहरसम्म सामान पठाइन्थ्यो ।

    ‘त्यतिबेला यहाँबाट चामल भारतका टाढाटाढाका बजारसम्म जान्थ्यो,’ अग्रवाल भन्छन्, ‘ट्रकमा सामान पु¥याएर रेलका डिब्बामा लोड गरिन्थ्यो । व्यापार राम्रो थियो ।’

    उनका अनुसार, धान–चामलसँगै तोरीको तेल र घ्यूको कारोबार पनि उल्लेख्य थियो । दाङ, तुलसीपुर, नवलपुरलगायत क्षेत्रबाट तोरी ल्याइन्थ्यो । स्थानीय उद्योगमा प्रशोधन गरेर बजारमा पठाइन्थ्यो । बुटवल घ्यूको कारोबारको केन्द्र थियो र त्यहाँबाट भारतीय बजारमा घ्यू जाने गथ्र्यो ।

    इतिहासकार विजय सागरका अनुसार, भैरहवामा धान–चामल निर्यात कम्पनी, चिनी मिल र कपडा उद्योगजस्ता उद्योग सञ्चालनमा थिए । कृषि उपजमा आधारित उत्पादन नेपालभित्र मात्र सीमित नभई बंगलादेश, श्रीलंका, मलेसिया र अमेरिकासम्म पुगेको उनको भनाइ छ ।

    भैरहवाको त्यो आर्थिक इतिहासले स्थानीय उत्पादन र प्रशोधन उद्योगको महत्व देखाउँछ । किसानले उत्पादन गर्ने, उद्योगले प्रशोधन गर्ने र व्यापारिक सञ्जालले बजारसम्म पु¥याउने चक्रले रोजगारी र आम्दानी सिर्जना गरेको थियो । तर यो चक्र लामो समय टिक्न सकेन ।

    नीतिगत परिवर्तनसँगै खुम्चिएको उत्पादन

    अग्रवालका अनुसार, सरकारी नीतिमा बारम्बार हुने परिवर्तन, कच्चा पदार्थको अभाव र आयातमा बढ्दो निर्भरताले स्थानीय उद्योगलाई कमजोर बनाउँदै लग्यो । कृषि उत्पादन घट्दै गएपछि उद्योगलाई आवश्यक धान, तोरी र अन्य कच्चा पदार्थको आपूर्ति कठिन भयो । विदेशबाट सस्तो सामान आउन थालेपछि स्थानीय उत्पादनले बजारमा प्रतिस्पर्धा गर्न सकेन ।

    “पहिले हामी यहाँ उत्पादन गरेर भारत पठाउँथ्यौँ । अहिले बाहिरबाट सामान ल्याएर यहीँ बेच्ने अवस्था आयो,” उनी भन्छन्, “यहाँको उत्पादन बढाउन सकेनौँ भने उद्योगले कसरी निर्यात गर्छ ?”

    उनको अनुभवमा आयातमा आधारित बजारले स्थानीय किसानलाई समेत असर पारेको छ । विदेशबाट सस्तो कच्चा पदार्थ ल्याएर प्रशोधन गर्ने प्रवृत्ति बढ्दा स्वदेशी कृषि उत्पादनको माग कमजोर भएको छ । यसले किसानको उत्पादन बढाउने उत्साह घटाएको र स्थानीय उद्योगको निर्यात सम्भावना खुम्च्याएको उनको तर्क छ ।

    इतिहासकार सागरले पनि राजनीतिक खिचातानी, द्वन्द्व र नीतिगत अस्थिरताले उद्योगधन्दाको विकासमा असर पारेको बताउँछन् ।

    यद्यपि भैरहवाको औद्योगिक विकास पूर्ण रुपमा रोकिएको छैन । पछिल्लो समय सिमेन्ट, स्टिल, जस्तापाता र अन्य निर्माण सामग्री उत्पादन गर्ने उद्योगहरु विस्तार भएका छन् । कुनै समय भारतबाट आयात हुने कतिपय वस्तु अहिले नेपालमै उत्पादन भएर भारतीय बजारसम्म पुग्न थालेका छन् ।

    शिक्षा, स्वास्थ्य र सेवाको केन्द्र

    भैरहवाको विकास व्यापार र उद्योगमा मात्र सीमित रहेन । शिक्षा तथा स्वास्थ्य सेवाको विस्तारले पनि यसलाई क्षेत्रीय केन्द्रका रुपमा स्थापित ग¥यो ।

    अग्रवालका अनुसार, उनका दाजुहरु पढ्न नौतनवा जानुपथ्र्यो, किनकि त्यसबेला भैरहवामा विद्यालयको सुविधा थिएन । स्थानीय विद्यार्थीले भारत जानुपर्ने बाध्यता हटाउन उनका बुबा नथमल अग्रवालले वि.सं. २००९ सालमा चार–पाँच कोठाको भवन बनाएर भैरहवा हाइस्कुल स्थापना गर्न सहयोग गरेका थिए । प्राथमिक तहबाट सुरु भएको विद्यालय क्रमशः माध्यमिक तहसम्म विस्तार भयो ।

    यो प्रसंगले भैरहवाको सामाजिक विकासमा स्थानीय व्यवसायी र समुदायको योगदान देखाउँछ । व्यापारबाट आम्दानी गर्ने परिवारले शिक्षा र सार्वजनिक संस्थाको विकासमा लगानी गर्दा सहरको सामाजिक आधार पनि बलियो हुँदै गयो । अहिले भैरहवाको साक्षरता दर ८६.१ प्रतिशतर पुगेकोछ ।

    स्वास्थ्य क्षेत्रमा रण अम्बिका आँखा अस्पताल र युनिभर्सल मेडिकल कलेज, सिद्धार्थनगर सिटी अस्पताल जस्ता संस्थाले भैरहवालाई उपचारको गन्तव्य बनाउन सहयोग गरेका छन् । रुपन्देहीसहित आसपासका जिल्लाबाट बिरामी आउँदा स्वास्थ्य सेवा मात्र होइन, होटल, भोजनालय, यातायात, औषधि पसल र अन्य व्यवसायमा पनि आर्थिक गतिविधि बढेको छ ।

    शिक्षा र स्वास्थ्य सेवाको विस्तारले भैरहवाको अर्थतन्त्रलाई कृषि व्यापार र उद्योगभन्दा बाहिर विविधीकरण गरेको छ । यही विविधीकरणले यसलाई आसपासका गाउँ तथा बस्तीका लागि सेवा केन्द्र बनाएको छ ।

    अन्तर्राष्ट्रिय विमानस्थल : सम्भावना ठूलो, लाभको प्रतीक्षा

    भैरहवाको आधुनिक विकासमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सबैभन्दा महत्वपूर्ण पूर्वाधारमध्ये एक हो । लुम्बिनी आउने अन्तर्राष्ट्रिय पर्यटकलाई सीधै यस क्षेत्रमा ल्याउने, पर्यटन व्यवसाय विस्तार गर्ने र विदेशी लगानी आकर्षित गर्ने अपेक्षासहित विमानस्थल निर्माण गरिएको हो ।

    यससँगै बेलहिया–बुटवल छ लेनको व्यापारिक मार्ग, भैरहवा–लुम्बिनी सडक, विशेष आर्थिक क्षेत्र र लुम्बिनी करिडोरका उद्योगले आर्थिक गतिविधि बढाउने आधार तयार गरेका छन् ।

    तर अग्रवालको बुझाइमा विमानस्थलले अपेक्षित लाभ जनतासम्म पु¥याउन सकेको छैन । ठूलो लगानीमा बनेको पूर्वाधार सञ्चालन र उपयोगमा प्रभावकारी योजना आवश्यक रहेको उनी बताउँछन् ।

    ‘अन्तर्राष्ट्रिय विमानस्थल बन्यो, सरकारले धेरै लगानी ग¥यो । तर त्यसको लाभ जनताले पाउन सकेका छैनन्,’ उनी भन्छन् ।

    विमानस्थललाई आर्थिक विकाससँग जोड्न नियमित अन्तर्राष्ट्रिय उडान, पर्यटकको आगमन, होटल तथा यातायात सेवाको विस्तार र लुम्बिनीसहित आसपासका गन्तव्यको प्रभावकारी प्रचार आवश्यक छ । विमानस्थल सञ्चालन हुनु मात्र पर्याप्त हुँदैन; त्यसबाट सिर्जना हुने अवसर स्थानीय व्यवसायी, श्रमिक र समुदायसम्म पुग्नुपर्छ ।

    भैरहवाको सीमावर्ती अवस्थिति पनि यसको विशेष आर्थिक शक्ति हो । बेलहिया नाकाबाट हुने आयात–निर्यातले भन्सार, ढुवानी, गोदाम, बैंकिङ, बीमा र अन्य सेवा व्यवसायलाई आधार दिएको छ ।

    विकासका तथ्यांक र सहरी सेवाको चुनौती

    भैरहवाको विकासलाई सडक र ठूला भवनका आधारमा मात्र हेर्न मिल्दैन । बढ्दो जनसंख्यालाई खानेपानी, ढल निकास, फोहोर व्यवस्थापन, सार्वजनिक खुला क्षेत्र र व्यवस्थित आवास उपलब्ध गराउनु पनि उत्तिकै महत्वपूर्ण छ ।

    नगरपालिकाको उपलब्ध प्रगति विवरणमा आर्थिक वर्ष २०८१÷८२ सम्म सडक कालोपत्रे तथा ढलान १६.६५४ किलोमिटर, ग्राभेल सडक १९.०३७ किलोमिटर र ढल तथा नाला निर्माण १५.१७९ किलोमिटर उल्लेख छ । आर्थिक वर्ष २०८२÷८३ को विवरणमा क्रमशः २ किलोमिटर, ४.९ किलोमिटर र २.०५ किलोमिटर प्रगति देखाइएको छ ।

    त्यस्तै, खानेपानी सेवाबाट लाभान्वित घरपरिवारको संख्या १५५ उल्लेख छ । विद्यालय भवन निर्माण २५, सामुदायिक भवन १२ तथा पार्क निर्माण ५ वटा भएको नगरपालिकाको तथ्यांक छ ।

    नगरपालिकामा १९ वटा सार्वजनिक शौचालय, १ वटा ज्येष्ठ नागरिक गृह, कान्जी हाउस १ वटा, १ वटा खेलकुद मैदान १ वटा कभर्ड हल। मनोरञ्जन पार्क २ वटा शिशु क्रिडास्थल १ वटा र पर्यापर्यटन स्थल २ वटा रहेको तथ्यांकमा उल्लेख छ ।

    तथ्यांकले एउटा महत्त्वपूर्ण प्रश्न उठाउँछ-व्यापारिक र औद्योगिक गतिविधि बढ्दै गएको सहरमा आधारभूत सहरी सेवा पनि सोही गतिमा विस्तार भएका छन् कि छैनन् ?

    बढ्दो सवारी चाप, अव्यवस्थित पार्किङ, ढल निकास, फोहोर व्यवस्थापन र सार्वजनिक स्थलको अभावलाई योजनाबद्ध रुपमा सम्बोधन गर्न आवश्यक छ । सडक विस्तारसँगै पैदलयात्रीको सुरक्षा, साइकलमैत्री पूर्वाधार र हरियाली क्षेत्रको संरक्षणलाई नगरपालिकाले प्राथमिकता दिनुपर्छ।

    पुराना बस्तीको इतिहास, स्थानीय संस्कृति र सम्पदाको अभिलेखीकरणले भैरहवाको पहिचान जोगाउन सहयोग पु¥याउन सक्छ । आधुनिक सहर बन्ने क्रममा पुराना बस्ती र तिनको सामाजिक इतिहास हराउनु हुँदैन ।

    अबको भैरहवा : व्यापारभन्दा माथि विकास

    आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ । एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ; अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य सेवा र पर्यटनको सम्भावना छ ।

    नारायणप्रसाद अग्रवालका लागि भैरहवाको भविष्य उज्यालो छ, तर त्यो भविष्य स्थानीय उत्पादन र रोजगारीसँग जोडिनुपर्छ । किसानले उत्पादन बढाउन सक्ने वातावरण, उद्योगले प्रतिस्पर्धी लागतमा उत्पादन गर्न पाउने नीति र स्थानीय श्रमिकले रोजगारी पाउने अवस्था आवश्यक रहेको उनको भनाइ छ ।

    ‘देशका मानिसले उन्नति गरे देशको विकास आफैँ हुन्छ,’ उनी भन्छन्, ‘देशको पैसा बाहिर जानेभन्दा बाहिरबाट पैसा भित्रिने वातावरण बनाउनुपर्छ ।’

    उनको यो भनाइ भैरहवाको आर्थिक विकासका लागि महत्वपूर्ण सन्देश हो । उद्योग स्थापना, सडक निर्माण र विमानस्थल सञ्चालनको अन्तिम उद्देश्य स्थानीय अर्थतन्त्र बलियो बनाउनु, रोजगारी सिर्जना गर्नु र नागरिकको जीवनस्तर सुधार्नु हुनुपर्छ ।

    विश्व शहरीकरण दिवसको सन्दर्भमा भैरहवाको यात्राले एउटा स्पष्ट पाठ दिन्छ-सहरको विकास भनेको जनसंख्या र भवनको संख्या बढ्नु मात्र होइन । त्यसले उत्पादन बढाउनुपर्छ, अवसर सिर्जना गर्नुपर्छ र नागरिकलाई सुरक्षित तथा सम्मानजनक जीवन दिनुपर्छ ।

    कुनै समय ढुंगैढुंगाको बाटो, झाडी र छरिएका बस्तीबीच सीमित रहेको भैरहवा आज नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार बन्ने सम्भावनासहित अघि बढिरहेको छ । अबको चुनौती त्यसलाई व्यवस्थित, समावेशी र उत्पादनमुखी सहर बनाउनु हो ।

    लुम्बिनीको प्रवेशद्वार र नेपाल–भारत व्यापारको केन्द्रका रुपमा रहेको भैरहवाले आफ्नो ऐतिहासिक विरासतलाई आधुनिक आर्थिक अवसरसँग जोड्न सक्यो भने यसको विकास स्थानीय उपलब्धिमा मात्र सीमित रहने छैन, यसले समग्र नेपालको अर्थतन्त्रलाई समेत बलियो बनाउन योगदान पुर्याउनेछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    गण्डकीका अधिकांश स्थानमा वर्षा

    डोल्पा कारागारबाट सुरुङ खनेर कैदी भागेपछि सुरक्षा व्यवस्थामाथि प्रश्न

    प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार हो : कुलमान घिसिङ

    उपत्यकामा २४ घण्टामा ३१४ सवारीसाधनमाथि कारबाही

    आजको मौसम : यी सातै प्रदेशमा भारी वर्षाको सम्भावना

    दशैँ बिदा सकियो, हुम्लाका सरकारी कार्यालय प्रमुखविहीन 

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गण्डकीका अधिकांश स्थानमा वर्षा

    फुसका घर र झाडीबाट उठेको भैरहवा : शहरीकरणको…

    डोल्पा कारागारबाट सुरुङ खनेर कैदी भागेपछि सुरक्षा व्यवस्थामाथि…

    अव्यवस्थित सहरीकरणले बढायो विपद्को जोखिम, रोकथाममा लगानी कमजोर

    समाचार कक्षबाट पत्रकार पक्राउप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी…

    नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि सन्…

    आईजीपी दानबहादुर कार्कीको राजीनामाबारे फैलिएका समाचारप्रति नेपाल प्रहरीको…

    आफ्नो नाम जोडेर घुससम्बन्धी समाचार प्रकाशित भएपछि प्रधानन्यायाधीश…

    आर्थिक

    डेभलपमेन्ट बैंकर्स एसोसिएसनको अध्यक्षमा कामना सेवा विकास बैंकका सीईओ दिनेश थकाली सर्वसम्मत निर्वाचित

    एनआईसी एसिया बैंकका थप ७ शाखा बन्द हुँदै, कुन शाखा कहाँ गाभिँदैछन् ?

    सुन र चाँदीको मूल्यमा ठूलो गिरावट

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑