सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षित उज्यालो नेपाल पार्टीबीचको एकता भंग भएको छ। कुलमान पक्षले रास्वपामा वरिष्ठ उपसभापतिको जिम्मेवारीसहित पार्टीको नाम परिवर्तनको प्रस्ताव अघि सारेपछि सहमति टुटेको हो।
ऊर्जा मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङ पछिल्लो समय रास्वपा सभापति रवि लामिछानेसँग पटक–पटक छलफलमा थिए। राजीनामाका क्रममा उनले रास्वपासँग समझदारी भए पनि त्यसको कार्यान्वयन हुन नसकेको बताएका थिए।
यसअघि रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सहमति हुँदा कुलमानलाई समेटेर अघि बढ्ने विषयमा समेत छलफल भएको थियो। तर कुरा नमिल्दा समानुपातिकतर्फको बन्दसूची पेश गर्ने अन्तिम समयमा मात्र कुलमानसँग सहमति भएको थियो।
शनिबारसम्म चलेको दुई पक्षीय छलफल असफल भएपछि उज्यालो नेपाल पार्टीले कुलमान घिसिङलाई अध्यक्ष नियुक्त गरेको छ।
यस विषयमा औपचारिक जानकारी दिन उज्यालो नेपाल पार्टीले आज साँझ ६ बजे पत्रकार सम्मेलन आयोजना गरेको छ। साथै, आजै दिउँसो पार्टीको केन्द्रीय समितिको आकस्मिक बैठक पनि बोलाइएको छ।

युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा