• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ फागुन २४, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • जेनजी आन्दोलनले उठाएका मागहरू आगामी सरकारले पूरा गर्नेछ : गृहमन्त्री

      रोल्पामा वर्षमान पुनको ह्याट्रिक जित

      नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध : नरेन्द्र मोदी

      जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही विजयी, रास्वपाकी विनिताले पाइन् मात्र ४०१ मत

      बाजुरा थप निर्वाचन अपडेट : कांग्रेसका गिरी ४ सय ७० मतले अग्र पंक्तिमा

      ४९ हजार भन्दा बढी मतले ओली पराजित, झापा–५ मा बालेनको अभूतपूर्व जीत

      ४९ हजार भन्दा बढी मतले ओली पराजित, झापा–५ मा बालेनको अभूतपूर्व जीत

      आफ्नो जितपछि तोसिमाले भनिन्, अब नेपाली जनताको सुखको दिन आउँदै छ

      मुगुमा मत गणनाको तयारी हुँदै

      काभ्रे २ मा रास्वपाका भण्डारी विजयी

      क्षमता अनुसार मन्त्री र मन्त्रालयको बाँडफाँट हुन्छ : मनिष झा

      गोरखा–१ को मतगणना सुरु, सुदन गुरुङले लिड गर्दै

      सर्लाही १ र २ मा भारि मतका साथ रास्वपाका उम्मेदवार विजयी, जिल्लाका अन्य क्षेत्रमा पनि रास्वपा नै अगाडि

      प्रधानमन्त्री कार्कीले गरिन् युएईका राष्ट्रपतिसँग टेलिफोन संवाद

      बाजुरामा कांग्रेसका उम्मेदवार जनक गिरीको अग्रता

    होमपेज /  राजनीती

    जेनजी आन्दोलनले एमालेभित्र युवा पुस्ताको प्रतिनिधित्व जरुरी देखियो: पद्यमा अर्याल

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ मंसिर १९, शुक्रबार (३ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २७७ पटक पढिएको
  • सन्तोषी रावल/ काठमाडौं । एमालेको आसन्न राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा पार्टी सचिव पद्मा अर्याल महाधिवेशन तयारी, नेतृत्व चयन र पार्टीभित्रका समसामयिक एजेण्डाहरु समय सापेक्षित हुनुपर्नेमा जोड दिएकी छिन् । उनले महाधिवेशन केवल आन्तरिक संरचना नवीकरणको प्रक्रिया मात्र नभएर, नेपाली राजनीतिको अस्थिरताबीच ‘दिशानिर्देशन’ गर्ने अवसर पनि भएको औंल्याइन् ।

    विधान महाधिवेशनबाट पारित नीतिहरू अनुमोदन गर्नु र पार्टीको भावी नेतृत्वको चयन गर्नु नै राष्ट्रिय महाधिवेशनको केन्द्रबिन्दु भएकाले अब दिर्घकालिन राजनीतिक कोर्ष तयार हुने उनको भनाइ थियो ।

    ‘विधान महाधिवेशनले विधि र नीति सम्बन्धि महत्वपूर्ण एजेन्डा तय गरेको, सोचेअनुसार निष्कर्षमा पुगेकाले अब राष्ट्रिय महाधिवेशन नेतृत्व समायोजन र दीर्घकालीन राजनीतिक कोर्स निर्धारणतर्फ केन्द्रित हुनेछ । महाधिवेशन उद्घाटनपछि नेतृत्व चयन नै प्रत्यक्ष बहसको एजेन्डा बन्ने र मुलुकको वर्तमान चुनौती सम्हाल्न सक्षम, एकीकृत, प्रतिनिधिमूलक नेतृत्व चयन गर्नु नै यसपटकको मुख्य लक्ष्य हो,’ उनले भनिन् ।

    उनले एमालेलाई ‘सबै उमेर, क्षेत्र र समुदायको साझा फूलबारी’को रूपमा व्याख्या गर्दै, युवादेखि परिपक्व पुस्तासम्मको सन्तुलित सहभागिता सुनिश्चित गर्नु नेतृत्व चयनको आधार मानिने बताइन् ।

    मंसिर २३ र २४ गते देखिएको नवयुवा अभियानपछि पार्टीले युवापुस्तालाई अझै निर्णायक रूपमा वा कार्यकारी तहमा ल्याउनुपर्ने आवश्यकता महसुस गरेको उनको भनाइ छ ।

    केही नेताहरूले पदप्रति आकांक्षा प्रकट गरेको र उम्मेदवारी घोषणा भएको सन्दर्भमा अर्याल भन्छिन,‘यो नै लोकतान्त्रिक अभ्यासको सही समय हो । आकांक्षा राख्न पाउनु र खुला बहस गर्नु आन्तरिक लोकतन्त्रको सकारात्मक अभ्यास हो ।’
    उनका अनुसार, महाधिवेशनसम्म पुग्दा पार्टी एकीकृत निष्कर्षमा उभिन्छ र प्रतिस्पर्धा तथा सहमति दुवै विधिलाई सम्मान गर्दै नेतृत्व चयन अघि बढ्छ ।

    गुटबन्दीका सवालमा उनले दसौँ राष्ट्रिय महाधिवेशनपछि एमालेभित्र स्थायी गुटको अस्तित्व नरहेको स्पष्ट पारिन् । विगतमा महाधिवेशनको प्रतिस्पर्धासँग जोडिएका समूहहरू कहिलेकाहीँ गुटका रूपमा सक्रिय हुने अवस्थालाई पार्टीले विगत केही वर्षमा पूर्णरूपमा संस्थागत रुपमा अन्त्य गरेको उनको दाबी छ ।

    अहिले उठिरहेका नेतृत्व सम्बन्धी चासोलाई उनले ‘स्वस्थ बहस’को रूपमा लिएकि छन् । उनका अनुसार एमालेलाई आज आवश्यक नेतृत्व त्यही हो, जो आन्तरिक एकता सुदृढ गर्दै राष्ट्रिय चुनौतीहरू सामना गर्न सक्षम होस् ।

    महिला सहभागिताबारे बोल्दै उनले पार्टीले ३३ प्रतिशत सहभागितालाई व्यवहारिक रूपमा कार्यान्वयनमा ल्याइसकेको र धेरै ठाउँमा महिला नेतृहरू ‘फस्र्टमेन’ वा कार्यकारी नेतृत्वका भूमिकामा सक्रिय रहेको जानकारी दिइन् ।

    सहभागिता बढाउनु मात्रै होइन, महिलाहरूको क्षमता विकास, नेतृत्व पकड र दक्षता अभिवृद्धिलाई पार्टीले निरन्तर प्राथमिकता दिएको उनले बताइन् । ‘हिजो एक जना महिला राखेर मात्र सहभागी गराइएको थियो, आज महिलाहरूबीच नै प्रतिस्पर्धा भइरहेको छ । अब लक्ष्य समानतासहितको नेतृत्व हो,’ उनले भनिन् ।

    पूर्वराष्ट्रपति विद्या भण्डारीको राजनीतिक संलग्नता विषयमा प्रतिक्रिया दिँदै अर्यालले संवैधानिक व्यवस्थाले राष्ट्रपतिलाई पूर्ण तटस्थ हुनुपर्ने भन्दै सक्रिय पार्टी राजनीतिमा फर्किने विषय संवैधानिक मर्यादासँग जोडिएको बताइन् ।

    एमालेले राष्ट्रपतिलाई विवादित भूमिकामा नल्याउने नीति लिएको उल्लेख गर्दै, ‘उहाँले व्यक्तिगत रूपमा व्यक्त गरेको इच्छा छलफलको विषय हुन सक्छ, तर अहिले तत्काल पुनर्विचार गर्ने परिस्थिति देखिँदैन ।’

    राष्ट्रिय राजनीतिक अवस्था र हालको अस्थिरताका बारेमा उनले गम्भीर चिन्ता व्यक्त गरिन् । संसद विघटन, शक्ति सन्तुलनमा आएको अव्यवस्था, आर्थिक मन्दीको संकेत, जनअसन्तुष्टि तथा जेनजी आन्दोलनका मागहरू सम्बोधन नहुँदा मुलुक अनिश्चितताको खाडलमा फसिरहेको उनले टिप्पणी गरिन् ।

    उनले भनिन्,‘आज मुलुक कमजोर छ । राष्ट्रिय स्वाभिमान नै चुनौतीमा परेको छ । यस्तो अवस्थामा एमाले सानो राजनीतिक स्वार्थमा चल्दैन । राष्ट्र, स्वाभिमान र अखण्डता जोगाउनु नै पहिलो दायित्व हो ।’

    उनका अनुसार मुलुकलाई निकास दिन संसद पुनःस्थापना, जेन्सीसमेत समेटिएको राष्ट्रिय सरकार गठन र कानुनी बाटोबाट समाधान खोज्नु नै सही उपाय हो । संसद विघटनले अनावश्यक भागदौड र अनिश्चितता सिर्जना गरेको उल्लेख गर्दै उनले विधि र प्रक्रियाबाट मात्रै मुलुक सही दिशामा जान सक्ने बताइन ।

    आर्थिक संकट र असन्तुष्टि बढ्दै गए राज्यको संरचना नै धराशायी हुने खतरा बढ्ने भन्दै उनले राजनीतिक स्थायित्वलाई अनिवार्य रुपमा प्राथमिकता दिनुपर्नेमा जोड दिइन् ।

    महाधिवेशन, पार्टी एकता, नेतृत्व छनोट र राष्ट्रिय संकट यी सबै मुद्दाहरूमा सचिव अर्यालको प्रष्ट, ठोस र विश्लेषणात्मक अभिव्यक्तिले एमालेभित्र मात्रै होइन, समग्र नेपाली राजनीतिक परिवेशमा पनि महत्वपूर्ण सन्देश प्रवाह गर्न सक्ने अनुमान पनि गरिन्छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    जनताले परिवर्तन र विकासका पक्षमा मतदान गरिरहेका छन् : दीपक बहादुर सिंह

    शंकास्पद बस्तुसहित पर्सा–२ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ

    मौन अवधिमा सामाजिक सञ्जालमार्फत फैलाइँदै आएका भ्रामक समाचारप्रति गगनको आपत्ति

    मौन अवधि उल्लङ्घन गरे के कारवाही हुन्छ ?

    धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

    बहुजन पार्टीका वरिष्ठ नेता पासवानसहित सयौँको संख्या कांग्रेसमा प्रवेश

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जेनजी आन्दोलनले उठाएका मागहरू आगामी सरकारले पूरा गर्नेछ…

    रोल्पामा वर्षमान पुनको ह्याट्रिक जित

    नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध :…

    जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही विजयी, रास्वपाकी विनिताले पाइन्…

    जेनजी आन्दोलनले उठाएका मागहरू आगामी सरकारले पूरा गर्नेछ…

    रोल्पामा वर्षमान पुनको ह्याट्रिक जित

    नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध :…

    जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही विजयी, रास्वपाकी विनिताले पाइन्…

    आर्थिक

    एकैदिन सुनको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

    राष्ट्र बैंकले ६ दिनका लागि बजारबाट १ खर्ब रुपैयाँ निक्षेप खिच्ने

    तोलाको २ लाख २८ हजार ६ सय पुग्यो सुन

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत...  विस्तृतमा

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    किसुनजी’को सम्पत्ति टिनको बाकस, सुराही र छाता : क्षणभरमै भयो खरानी

    सुशीला कार्की : प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म

    अब कसरी बन्छ राष्ट्रिय सरकार ?

    जेनजीको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑