सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । गैरआवासीय नेपाली संघ अमेरिका (एनआरएनए एनसीसी अमेरिका) ले नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमणसँग आफ्नो संस्थाको कुनै पनि प्रकारको सम्बन्ध नरहेको स्पष्ट पारेको छ।
संघले जारी गरेको आधिकारिक विज्ञप्तिमा मन्त्री गुप्तालाई अमेरिकामा कुनै पनि कार्यक्रमका लागि आमन्त्रण नगरिएको उल्लेख गरिएको छ। साथै एनआरएनए अमेरिकाको तर्फबाट युवा, खेलकुद वा अन्य कुनै पनि कार्यक्रम आयोजना नगरिएको पनि स्पष्ट गरिएको छ।
हाल मन्त्री गुप्ताको अमेरिका भ्रमण विभिन्न विवादमा तानिएको सन्दर्भमा संघको यस्तो स्पष्टिकरण आएको हो। विज्ञप्तिमा संघको नाम, पहिचान तथा ईआईएन नम्बर दुरुपयोग गरी गरिएका कुनै पनि गतिविधि पूर्ण रूपमा अनधिकृत र अवैध हुने जनाउँदै यस्ता कार्यप्रति सबैलाई सतर्क रहन आग्रह गरिएको छ।
संघले आफ्नो नाम जोडेर गरिएका गतिविधिप्रति आधिकारिक जानकारीबाहेक विश्वास नगर्न पनि अनुरोध गरेको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा