सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्य गर्दै अघि बढ्ने सैद्धान्तिक सहमति भएको छ।
रास्वपाका पूर्वसांसद असिम शाहको कमलपोखरीस्थित निवासमा सोमबार साँझ ७ बजेदेखि राति १ बजेसम्म करिब ६ घण्टा चलेको म्याराथुन बैठकमा यस्तो सहमति बनेको बताइएको छ। छलफल फागुन २१ मा हुने भनिएको प्रतिनिधिसभा निर्वाचनमा संयुक्त रणनीतिका साथ कसरी अघि बढ्ने भन्ने विषयमा केन्द्रित थियो।
छलफलमा रास्वपाको तर्फबाट सभापति रवि लामिछाने र उपसभापति डीपी अर्याल सहभागी थिए भने बालेन शाहको तर्फबाट बालेन स्वयं र कुमार बेन सहभागी थिए। बैठकको पहल रास्वपाका पूर्वसांसद असिम शाहले गरेका थिए। वैकल्पिक राजनीतिक शक्तिको एकताको वकालत गर्दै आएका कलाकर्मी निश्चल बस्नेत र आसिफ शाहको पनि छलफलमा सहभागिता रहेको बताइएको छ।
छलफल सामूहिक मात्र नभई रवि लामिछाने र बालेन शाहबीच एक्लाएक्लै पनि भएको स्रोतले जनाएको छ। यो रवि–बालेनबीचको दोस्रो चरणको छलफल हो। सहकार्य र एकतालाई ठोस निष्कर्षमा नपुर्याउञ्जेल छलफललाई निरन्तरता दिने सहमति पनि उनीहरूबीच भएको बताइएको छ।
छलफलपछि मध्यराति रवि र बालेन एउटै गाडीमा निस्किएका थिए, जसलाई उनीहरूका समर्थकहरूले सहकार्यको स्पष्ट संकेतका रूपमा व्याख्या गरेका छन्।
यसैबीच, बालेन शाहले यसअघि नै उज्यालो नेपाल पार्टीका नेता कुलमान घिसिङलाई सहयोग गर्ने प्रतिबद्धता जनाइसकेका छन्। रविसँगको छलफलमा पनि बालेनले कुलमानसँगको सहकार्य सुनिश्चित हुनुपर्ने धारणा राखेको बताइएको छ।
रवि र बालेनबीचको सहकार्यको सैद्धान्तिक सहमतिले वैकल्पिक राजनीतिक शक्तिको पक्षमा आवाज उठाइरहेकाहरूमा उत्साह थपेको छ भने कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्रजस्ता परम्परागत दलहरूलाई झस्काएको राजनीतिक विश्लेषकहरू बताउँछन्। विशेषगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि यो घटनाक्रम थप चुनौतीपूर्ण बन्न सक्ने विश्लेषण गरिएको छ।

युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा