• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ फागुन २४, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • जेनजी आन्दोलनले उठाएका मागहरू आगामी सरकारले पूरा गर्नेछ : गृहमन्त्री

      रोल्पामा वर्षमान पुनको ह्याट्रिक जित

      नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध : नरेन्द्र मोदी

      जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही विजयी, रास्वपाकी विनिताले पाइन् मात्र ४०१ मत

      बाजुरा थप निर्वाचन अपडेट : कांग्रेसका गिरी ४ सय ७० मतले अग्र पंक्तिमा

      ४९ हजार भन्दा बढी मतले ओली पराजित, झापा–५ मा बालेनको अभूतपूर्व जीत

      ४९ हजार भन्दा बढी मतले ओली पराजित, झापा–५ मा बालेनको अभूतपूर्व जीत

      आफ्नो जितपछि तोसिमाले भनिन्, अब नेपाली जनताको सुखको दिन आउँदै छ

      मुगुमा मत गणनाको तयारी हुँदै

      काभ्रे २ मा रास्वपाका भण्डारी विजयी

      क्षमता अनुसार मन्त्री र मन्त्रालयको बाँडफाँट हुन्छ : मनिष झा

      गोरखा–१ को मतगणना सुरु, सुदन गुरुङले लिड गर्दै

      सर्लाही १ र २ मा भारि मतका साथ रास्वपाका उम्मेदवार विजयी, जिल्लाका अन्य क्षेत्रमा पनि रास्वपा नै अगाडि

      प्रधानमन्त्री कार्कीले गरिन् युएईका राष्ट्रपतिसँग टेलिफोन संवाद

      बाजुरामा कांग्रेसका उम्मेदवार जनक गिरीको अग्रता

    होमपेज /  राजनीती

    काठमाडौं–२ बाट युवा ब्यवसायी अनुप बोहराको स्वतन्त्र उम्मेदवारी घोषणा, संविधान संशोधन र राजनीतिक स्थायित्व मुख्य एजेन्डा

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ पौष २६, शनिबार (१ महिना अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • ३७६ पटक पढिएको
  • काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर–२ बाट अनुप बोहराले स्वतन्त्र उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन्। शनिबार काठमाडौंमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै बोहराले देशको वर्तमान राजनीतिक संरचना र निर्वाचन प्रणालीले स्थिर सरकार दिन नसकेको दाबी गर्दै स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएको बताएका हुन्।

    बोहराले संविधान संशोधन र निर्वाचन प्रणाली परिवर्तन नगरी देशले खोजेको राजनीतिक स्थायित्व सम्भव नहुने स्पष्ट धारणा राखे। ‘हाम्रो माग बिल्कुल स्पष्ट छ। जबसम्म संविधान संशोधन हुँदैन र निर्वाचन प्रणाली परिवर्तन हुँदैन, देशले चाहेको प्रत्यक्ष कार्यकारी नेतृत्व सम्भव छैन,’ उनले भने, ‘देशलाई पाँच वर्ष टिक्ने प्रधानमन्त्री चाहिएको छ, तर अहिलेको संविधानले त्यो अनुमति दिँदैन।’

    उनले बारम्बार सरकार परिवर्तन हुने अवस्थाले विकास, सुशासन र आर्थिक स्थायित्वमा गम्भीर असर पारेको उल्लेख गरे। अहिलेको प्रणालीकै कारण अल्पकालीन सरकार बन्ने र नीति–कार्यक्रम कार्यान्वयन हुन नपाउँदै सरकार ढल्ने प्रवृत्ति मौलाएको उनको आरोप छ।

    कार्यक्रममा बोहराले युवापुस्ताको आवाज वर्तमान व्यवस्थाले समेट्न नसकेको बताए। विशेषगरी जेन–जी (Gen Z) पुस्ताका रोजगारी, शिक्षा, प्रविधि, उद्यमशीलता र सहभागिताका मागहरूलाई राज्यले बेवास्ता गरेको उनको भनाइ छ। ‘यो संविधानले जेनजीका मागहरू पूरा गर्दैन,’ उनले भने, ‘युवाको ऊर्जा र सोचलाई राज्य सञ्चालनमा समेट्न सकिएन भने देश अझ पछि पर्छ।’

    राजनीतिमा सीमित कार्यकर्ता र नेतृत्व मात्र सक्रिय रहेको उल्लेख गर्दै बोहराले आम नागरिकलाई सचेत र सक्रिय हुन आह्वान गरे। ‘राजनीतिमा १०–२० लाख कार्यकर्ता मात्र होमिएका छन्, तर दुई करोड जनताले यो यथार्थ बुझ्न जरुरी छ,’ उनले भने। लोकतन्त्र बलियो बनाउन नागरिकको प्रत्यक्ष सहभागिता आवश्यक रहेको उनको जोड थियो।

    बोहराले आफ्नो उम्मेदवारी कुनै दलविरुद्ध मात्र नभई प्रणालीगत परिवर्तनका लागि भएको स्पष्ट पारे। संविधान संशोधन, युवाका मागको सम्बोधन, राजनीतिक स्थिरता, सुशासन र दिगो विकासलाई आफ्नो मुख्य चुनावी एजेन्डा बनाउने उनले बताए। साथै, अस्थिरता सिर्जना गर्ने पुराना र नयाँ दुवै खाले शक्तिलाई पराजित गर्दै वास्तविक परिवर्तन चाहने शक्तिलाई जिताउनुपर्ने उनको धारणा छ।

    काठमाडौं–२ को चुनावी प्रतिस्पर्धामा बोहराको उम्मेदवारीलाई चासोका साथ हेरिएको छ। यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए। उक्त निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम निर्वाचित भएकी थिइन्। यसपटक दलबाट निर्वाचित सांसदले अपेक्षित काम गर्न नसकेको जनगुनासो बढेकाले जनताको आग्रहमा पुनः उम्मेदवार बनेको बोहराले दाबी गरे।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    जनताले परिवर्तन र विकासका पक्षमा मतदान गरिरहेका छन् : दीपक बहादुर सिंह

    शंकास्पद बस्तुसहित पर्सा–२ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ

    मौन अवधिमा सामाजिक सञ्जालमार्फत फैलाइँदै आएका भ्रामक समाचारप्रति गगनको आपत्ति

    मौन अवधि उल्लङ्घन गरे के कारवाही हुन्छ ?

    धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

    बहुजन पार्टीका वरिष्ठ नेता पासवानसहित सयौँको संख्या कांग्रेसमा प्रवेश

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जेनजी आन्दोलनले उठाएका मागहरू आगामी सरकारले पूरा गर्नेछ…

    रोल्पामा वर्षमान पुनको ह्याट्रिक जित

    नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध :…

    जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही विजयी, रास्वपाकी विनिताले पाइन्…

    जेनजी आन्दोलनले उठाएका मागहरू आगामी सरकारले पूरा गर्नेछ…

    रोल्पामा वर्षमान पुनको ह्याट्रिक जित

    नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध :…

    जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही विजयी, रास्वपाकी विनिताले पाइन्…

    आर्थिक

    एकैदिन सुनको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

    राष्ट्र बैंकले ६ दिनका लागि बजारबाट १ खर्ब रुपैयाँ निक्षेप खिच्ने

    तोलाको २ लाख २८ हजार ६ सय पुग्यो सुन

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत...  विस्तृतमा

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    किसुनजी’को सम्पत्ति टिनको बाकस, सुराही र छाता : क्षणभरमै भयो खरानी

    सुशीला कार्की : प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म

    अब कसरी बन्छ राष्ट्रिय सरकार ?

    जेनजीको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑