सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पदबाट राजीनामा दिएका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिनका लागि उनले आइतबार मेयर पदबाट राजीनामा दिएका हुन्।
मेयर साम्पाङले आफ्नो राजीनामा उपमेयर समक्ष बुझाएका छन्। उनले हस्तलिखित राजीनामा पत्रमार्फत प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न संविधानको व्यवस्था अनुसार नगरप्रमुख पदबाट अलग भएको स्पष्ट गरेका छन्।
राजीनामा पत्रमा उनले उल्लेख गरेका छन्,
‘यही २०८२ साल फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार हुनका लागि संविधानको धारा २१६ को उपधारा (८) (क) बमोजिम नगरप्रमुखको पदबाट राजीनामा दिएको छु।’
मेयर साम्पाङको राजीनामासँगै धरान उपमहानगरपालिकाको नेतृत्व अब उपमेयरमार्फत सञ्चालन हुने भएको छ। साम्पाङले कुन निर्वाचन क्षेत्रबाट र कुन हैसियतमा उम्मेदवारी दिने भन्ने विषयमा भने औपचारिक घोषणा गरेका छैनन्।


युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा